१५ चैत्र २०७९, बुधबार

२४ सहकारीलाई ३५ दिन भित्र सम्पर्कमा आउन नियामकको ताकेता

५ चैत्र २०७९, आईतवार
२४ सहकारीलाई ३५ दिन भित्र सम्पर्कमा आउन नियामकको ताकेता

उदयपुर : कटारी नगरपालिकाले २४ सहकारीलाई ३५ दिन भित्र सम्पर्कमा आउन ताकेता गरेको छ।

नगरपालिकाको क्षेत्राधिकारभित्र ५४ सहकारी संस्था रहेको छन् । ५४ सहकारी मध्ये २४ सहकारी सम्पर्कमा नआएपछि ३५ दिनभित्र सम्पर्कमा आउन आईतबार सूचना जारी गरेको हो।

ती सहकारी हालसम्म पनि सम्पर्कमा नआएको, नगरपालिकाले विगतका वर्षहरुमा माग गरेको विवरणहरु उपलब्ध नगराएको, अनुगमनमा पनि सहकारी संस्थाहरुको कार्यालय, सम्पर्क र ताकेता गर्दा पनि संस्थाहरुले कुनै पनि तत्परता नदेखाएको, केही संस्थाहरुसँग सम्पर्क स्थापित गर्न नसकिएको र कानूनले दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नु पर्ने भनी निर्दिष्ट गरेको कुनै पनि किसिमका विवरणहरु उपलब्ध नगराएको भन्दै सम्पर्कमा आउन सूचना जारी गरेको हो ।

तोकिएको समयसीमा भित्र कार्यलयमा उपस्थित हुन नसकेमा कानून बमोजिम कारबाही प्रकृया अगाडि बढाउने नगरपालिकाले जनाएको छ ।

 

अभिलेख

लोकप्रिय