
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलका सचिव डा. दामोदर रेग्मीले असल सहकारीलाई प्रोत्साहन गर्ने र गलत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्न राष्ट्रिय सहकारी महासंघलाई आग्रह गरेका छन्। महासंघका अध्यक्ष मीनराज कडेल र पदाधिकारीहरुलाई सचिव रेग्मीले सबै जिल्ला संघहरुले जिल्ला जिल्लामा यस्तो भूमिका निभाउन समेत आग्रह गरे।
सहकारी महासंघका अध्यक्ष मीनराज कडेलले गलत कार्य गर्ने सहकारीलाई कुनै पनि जिल्लाका पदाधिकारीहरुले प्रोत्साहन नगर्न र यसमा सचेत हुन सबै सञ्चालकहरुलाई आग्रह गरिने बताए।
केही सहकारी संस्थाहरुमा आएको समस्याबाट सहकारीको मूल्य र मान्यतामा चल्ने सहकारी संस्थाहरुलाई शंकाको दृष्टिले हेर्न नहुने कुरामा सहकारी अभियन्ताहरु सहमत देखिएका छन् । खासगरी केही बचत तथा ऋण सहकारीमा देखिएको समस्यालाई समाधान गर्ने तर्फ मन्त्रालयले पहल सुरु गरिरहेको सचिव रेग्मीले बताए ।
रेग्मीले समस्याग्रस्त सहकारी समाधान समितिलाई समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाहरुबाट बचतकर्ताको रकम शीघ्र फिर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । हालसमम समितिले बचतकर्ताहरुको ४५ करोड रकम फिर्ता गराएको छ ।
सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले पिडित सदस्यहरुमा आशाको सञ्चार विस्तार भएको बताए । समस्यामा परेका बचतकर्ताको कुरा सुनिदिने र समस्या समाधान गरिदिने निकाय देशमा रहेको समेत बताए ।
सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले गलत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउन विभाग सक्रिय रहेको बताए ।
मन्त्रालयमा भएको छलफलका सहभागीहरुले सहकारी अभियान गलत नभएको तर केही संचालकहरुको गलत क्रियाकलापवाट समस्या आएको बताए । सहकारीका समस्या समाधान गर्न सबै सरोकारवालाहरुको सामूहिक प्रतिबध्दता आवश्यक भएको समेत बताएका छन्।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी दिवसमा काठमाडौं उपत्यका भित्र संयुक्त र्याली र सभा हुने
१५ चैत्र २०७९, बुधबार
केवल आश्वासनकै भरमा आन्दोलन मत्थर !
१४ चैत्र २०७९, मंगलवार
हाम्रो सहकारीका ज्येष्ठ सदस्यलाई तीर्थाटन
१४ चैत्र २०७९, मंगलवार