७ बैशाख २०८१, शुक्रबार

३६ सहकारी संस्थाको खोजी सुरु

२३ फाल्गुन २०७९, मंगलवार
३६ सहकारी संस्थाको खोजी सुरु

धनकुटा : धनकुटा नगरपालिकाले ३६ सहकारी संस्थाको खोजी सुरु गरेको छ। पालिका अन्तर्गत ७६ सहकारी संस्था छन्।

ती मध्ये ३६ सहकारी संस्थाले विगत तीन वर्षदेखि आवश्यक विवरण पालिकामा बुझाएका छैनन्।
पालिकाले सार्वजनिक सूचना नै जारी गरी विवरण बुझाउन निर्देशन दिएको छ। ती संस्थाहरुले साधारण सभा समेत गरे नगरेको जानकारी पालिकामा आएको छैन।

त्यस्ता सहकारीलाई एक महिनाभित्र आवश्यक कागजात पेस गर्न भनेको छ। एक महिनाको अवधिमा पनि सम्पर्कमा नआउने सहकारीलाई नगरपालिकाको सहकारी ऐनको दफा ६६ को उपदफा (३) बमोजिम संस्था दर्ता खारेजीको आवश्यक प्रक्रियामा लगिने जनाएको छ।

 

अभिलेख

लोकप्रिय