१६ चैत्र २०८०, शुक्रबार

अखण्ड सहकारीको सदस्य भेटघाट तथा अन्तरक्रिया सम्पन्न

२० फाल्गुन २०७९, शनिबार
अखण्ड सहकारीको सदस्य भेटघाट तथा अन्तरक्रिया सम्पन्न

काठमाडौं : काठमाडौं महानगरपालिका-१४, स्थित अखण्ड बचत तथा ऋण सहकारी संस्थाले सदस्य भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा संस्थाका ४८ जना सदस्यहरुको उपस्थिति रहेको थियो।

संस्थाका व्यवस्थपक नवराज लामिछानेले संस्थाको वित्तीय प्रगति विवरण प्रस्तुत गर्दै संस्थाको कुल सम्पती, सेयर, बचत र ऋणको अवस्था बारे जानकारी गराएका थिए।

त्यस्तै संस्थाका सहायक व्यवस्थापक बिष्णु अधिकारीले सहकारीको संक्षिप्त चिनारी प्रस्तुत गरेका थिए । सहकारीको इतिहास, सिद्धान्त, महत्व प्रस्ट्याउँदै बचत र ऋणको उपयोगिता बारे समेत सदस्यहरुलाई जानकारी गराईएको थियो।

साथै अखण्ड बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यको बचत भए नभएको सूचना एसएमएसमार्फत गराउने, संस्थाकै मोबाईन एप मार्फत बिजुली, खोनेपानी, इन्टरनेटको बिल भूक्तानी साथै बैंकिङ्ग कारोबार समेत गर्न सकिने जानकारी अधिकारीले गराएका थिए।

पिनाकल एकेडेमी, कलंकीमा संचालित उक्त कार्यक्रममा संचालक समितिका अध्यक्ष दामोदर लम्सालको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष प्रमोद अधिकारी, निवर्तमान अध्यक्ष शम्भुप्रसाद अधिकारीका साथै अन्य सञ्चालकहरुको पनि उपस्थिती रहेको थियो।

अभिलेख

लोकप्रिय