११ बैशाख २०८१, मंगलवार

जनसचेतन बचतको सेवा अब काठमाडौंबाट पनि

७ फाल्गुन २०७९, आईतवार
जनसचेतन बचतको सेवा अब काठमाडौंबाट पनि

काठमाडौं : जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंमा सेवा केन्द्र स्थापना गरेको छ । दोलखाको बैतेश्वर गाउँपालिका–५ काब्रेमा मुख्य कार्यालय रहेको संस्थाले काठमाडौंको जडीबुटी चोकमा सेवा केन्द्र स्थापना गरेको हो ।

काठमाडौं बस्ने सेयर सदस्यहरुको माग अनुसार सेवा केन्द्र स्थापना गरिएको संस्थाले जनाएको छ । संस्थाका १५ हजारभन्दा बढी सदस्यहरु काठमाडौंमा विभिन्न पेशा तथा व्यवसाय गर्दछन् । शनिबार एक कार्यक्रमको बीच राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले कार्यालयको उद्घाटन गरे ।

संस्थाका अध्यक्ष हेमन्त चौलागाईले सदस्यहरुको निकै लामो समयदेखिको मागलाई पूरा गर्न सफल भएको बताए । ‘अब काठमाडौं बस्ने सदस्यहरुले वित्तीय कारोबार गर्न पाउने कुरा सार्वजनिक गर्न पाउँदा खुशी लागेको छ’, उनले भने ।

कार्यक्रममा बागमती प्रोस्कूनका महासचिव जीवसराज खड्का, संस्थाका संस्थापक अध्यक्ष यज्ञराज ढुंगेल, पूर्व सिईओ कृष्ण कुमार श्रेष्ठ लगायतको आथिथ्यता रहेको थियो ।

२०७९ माघ मसान्तसम्म संस्थाको सेयर पुँजी १६ करोड ५३ लाख २३ हजार रुपैयाँ रहेको छ। त्यस्तै जगेडा कोषमा १७ करोड १४ लाख रुपैयाँ, कुल बचत १ अर्ब ५४ करोड, संस्थागत पुँजी १७ करोड ३१ लाख, विभिन्न कोषहरु १० करोड २१ लाख रुपैयाँ रहेको छ । त्यस्तै संस्थाले १ अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको छ । संस्थामा २७ हजार ५ सय ३२ जना आवद्ध छन् । संस्थामा १३.७६ प्रतिशत तरलता रहेको छ ।

 

अभिलेख

लोकप्रिय