१५ चैत्र २०७९, बुधबार

पार्टीगत भन्दा पनि सबैको प्रतिनिधित्व हुनुपर्छ : बाँस्कोटा,पहिलो प्रयास सर्वसम्मत हो : बडाल

२१ श्रावण २०७१, बुधबार
पार्टीगत भन्दा पनि सबैको प्रतिनिधित्व हुनुपर्छ :  बाँस्कोटा,पहिलो प्रयास सर्वसम्मत  हो :  बडाल

दिपक प्रकाश बाँस्कोटा, अध्यक्षका प्रत्यासी

राष्ट्रिय सहकारी संघको नेतृत्वलाई कसरी सर्वसम्बत गर्ने भन्ने विषयमा लागि रहेका छौं । हाम्रो मुख्य एजेण्डा पनि यही हो । म यहि एजेन्डाको पछि लाग्दै छु । हुन सक्छ कत्तिको गाली मैले खाएँको होला ।

कतिले कमजोरी ठानेका होलान् । कसैले चुनाव लड्दा हार्छ त्यस कारणले भनेका होलान् । कसले के भन्छ त्यसमा मेरो मतलब छैन । म के गर्छु संग धेरै मतलब रहन्छ । त्यसकारण मैले जे गरे त्यसको निरन्तरता हुनुपर्छ भनेर वर्तमान अध्यक्ष केशव प्रसाद वडाललाई पनि भनिरहेको छु । साधारणसभाको मुख्य एजेण्डा यही हुनु पर्छ भनेर प्रतिनिधिहरुलाई पनि राख्दै छु । रेगुलर एजेण्डा त छदै छ । सबै निकायको प्रतिनिधित्व गर्ने काम संघको हो । त्यसका लागि नीति तथा कार्यक्रम घोषणा गर्दै छौं । सर्वसम्मत रुपमा माथील्लो निकाय देखि तल्लो निकाय सम्म जाने प्रक्रियालाई साधारणसभा मार्फत जनचेतना फैलाउने काम गर्छौै । यसलाई लागि गर्ने कुरामा पनि प्रयास गर्छौ ।

नेतृत्वको सवालमा मैले नेतृत्व गरेर आएकै हुँ । अब पनि उहाँहरुले गर भन्नु भयो भने नसक्ने अवस्थामा म छैन । अरुलाई सधाउन पनि सक्छु । पहिला पनि सघाएकै हो । सबै साथीहरुले तपाई बस्नु पर्यो भन्नु भयो भने म नाई भन्दिन । तर मेरो यस्तो दाबी छैन बस्नै पर्छ, हुनै पर्छ भन्ने । अहिले घोषित अघोषित रुपमा राजनीतिक गन्ध आएको छ । हामीले लुकाएर लुक्दैन । अब कुन कुन पार्टीका कति कति मत छन् भनेर हिसाब गर्ने कुराहरु चलिरहेको छ । कांग्रेस निकट, एमाले निकट, माओबादी निकट मानिने सहकारीकर्मीहरु को संग के सहकार्य गर्ने भनेर सम्बाद चलिरहेको छ ।

यसलाई एकै ढिक्का बनाएर, सहकार्य गरे जानु पर्छ भनेर बैठक बसीरहेका छौं । हामी हिजो जसरी एक भयौं अब त्यसरीनै एक हुनु पर्छ । पार्टी गत भन्दा पनि सबैको प्रतिनिधित्व हुनेगरी जानु पर्छ । आफ्नो उपस्थिती गराउनु पर्छ भन्ने दबाब पार्टीबाट हामीलाई पनि आएको छ । म अझै चाहन्छु सहकार्य गर्न ।

सहकार्य हुन सकेन भने एक हातले तालि बज्दैन रहेछ, त्यस हुनाले मलाई सहकार्य गर्नु पर्छ भन्ने आधिकारीक प्रस्ताव दुबै थरिका साथीहरुले राख्नु भएको छैन । उहाँहरुले राख्नु भएन भने मैले एक्लै सहकार्य गरेर हुँदैन । भएन भने आफ्नो उपस्थिती कायम राख्नु पर्ने बाध्यता हामी कहाँ आइपुगेको छ ।

केशव प्रसाद बडाल, अध्यक्षका प्रत्यासी

ससर्वसम्मत हुन सक्दैन भने त्यहाँ निर्वाचन हुन्छ । यो चाँही लोकतन्त्रको आधारभूत सिद्धान्त हो । सर्वसम्मतको प्रयास हदै सम्म गर्नुपर्दछ । सर्वसम्मत गर्दा राम्रो पनि हुन्छ ।

कथम कथाचित त्यो सफलता प्राप्त गरेन भने निर्वाचन हुन्छ । म अध्यक्ष भएर आउँदा १ सय २५ सदस्य संस्था रहेको थियो भने अहिले ३ सय १४ जना मतदान अधिकार सहितको प्रतिनिधि हुनुहुन्छ । उहाँहरुले गर्ने निर्णयनै अन्तिम निर्णय हुनेछ । संघहरुको मात्र प्रतिनिधित्व हुने भएकाले माथिल्लो तहका प्रतिनिधि आएका हुन्छन् ।

उहाँहरु सके सम्म हामीले गरेका प्रयत्नलाई साथ दिनुहुनेछ र हामी सफलता हासिल गर्न सकू । लोकतन्त्रमा सर्वसम्मत र निर्वाचन दुवै विधि हुन् । पहिलो प्रयास सर्वसम्मत नै हुनेछ ।

अभिलेख

लोकप्रिय