असोज २५ र २६ गते लेखा समितिको राष्ट्रिय गोष्ठी गर्दै सहकारी बैंक, रजिस्ट्रेसन खुला

ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा असोज २५ र २६ गते हुने लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी-२०८० को रजिस्ट्रेसन खुला भएको छ ।
“दिगो, पारदर्शी र जोखिम रहित सहकारीः लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी” भन्ने थिमसहित काठमाडौंको याक एण्ड यती होटलमा हुने गोष्ठीमा सहभागिता जनाउन अनलाइन पोर्टल https://events.ncbl.coop मार्फत फारम भर्न सकिने बैंकले जनाएको छ ।
गोष्ठिमा सहकारी संघ/संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, सहकारी र सहकारीका सरोकारवाला निकायहरुका प्रतिनिधिहरु र इच्छुक व्यक्ति तथा संघ/संस्थाका प्रतिनिधीहरू गरि ५ सय जना भन्दा बढीको सहभागिता रहने छ ।
सहकारी संघ/संस्थाहरुको आर्थिक अवस्था, संस्थागत विकास र सन्तुलित वित्तीय कारोबारमा लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पु¥याउने उद्देश्यले गोष्ठी सञ्चालन गर्न लागेको बैंकका अध्यक्ष के.बी उप्रेतीले बताए ।
उनका अनुसार गोष्ठीमा लेखा सुपरीवेक्षण समितिले तयार गर्ने प्रतिवेदनको ढाँचा र प्रतिवेदनमा समावेश गर्ने विषयहरुमा छलफल हुनेछ । सहकारीमा स्वनियमन र संस्थागत सुशासन अभिवृद्धिका लागि लेखा सुपरीवेक्षण समितिको सक्रिय भूमिकाको बारेमा स्पष्ट मार्गदर्शन प्रदान गरि सहकारीमा जोखिम व्यवस्थापन र वित्तीय अनुशासनका लागि लेखा सुपरीवेक्षण समितिको स्पष्ट कार्यदिशा तय गर्न गोष्ठिले सहयोग पुग्ने अध्यक्ष उप्रेतीले बताए ।
बैंकले पहिलो पटक गर्न लागेको गोष्ठीमा सहकारी संघ/संस्थाहरुको आन्तरिक नियन्त्रणका लागि प्रभावकारी औजार तथा प्रणाली विकासका सम्बन्धमा बहस र छलफल हुने छ । दुई दिन सम्म सञ्चालन हुन गइरहेको राष्ट्रिय गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरुद्वारा ८ वटा विषयहरुमा कार्यपत्र प्रस्तुत हुने बैंकको लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले बताए ।
सहकारीको आन्तरिक नियन्त्रण प्रणाली, वित्तीय क्षेत्रको नियामक र सहकारीका विज्ञहरुबाट सञ्चालन गरिने गोष्ठीबाट सहकारीको मूल्य, सिद्धान्त र सहकारीको दर्शन र स्वनियमनमा आधारित भएर सहकारी संस्थाहरु सञ्चालित हुने र लेखा सुपरिवेक्षण समितिको कार्यक्षेत्रभित्र रहेका सहकारी संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउनको लागि नीतिगत विषयमा दक्षता अभिवृद्धि हुनेछ । त्यसैगरी विद्यमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका चुनौति पहिचान गरी समाधानको लागि संस्थागत तयारी गर्न मद्दत पुग्ने अपेक्षा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

नेफ्स्कूनको निर्वाचन कार्यतालिका सार्वजनिक
२२ मंसिर २०८०, शुक्रबार
सूर्यदर्शन सहकारी झापाको अध्यक्षमा टिकाराज सापकोटा
२२ मंसिर २०८०, शुक्रबार
लालुपाते सहकारी प्रकरण: ऋणीसहित ४ थुनामा, ५ जनालाई धरौटीमा छाड्न आदेश
२२ मंसिर २०८०, शुक्रबार