२२ मंसिर २०८०, शुक्रबार

नवकान्तिपुर सहकारीको २६औं साधारण सभा तथा वार्षिकोत्सव सम्पन्न, कुल पूँजीकोष ३० करोड नाघ्यो

७ आश्विन २०८०, आईतवार
नवकान्तिपुर सहकारीको २६औं साधारण सभा तथा वार्षिकोत्सव सम्पन्न, कुल पूँजीकोष ३० करोड नाघ्यो

काठमाडौं : प्रधान कार्यालय बत्तिसपुतली र सदस्य सेवा केन्द्र इन्द्रचोकमा रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले २६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाको सभापतित्व एवं राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालको प्रमुख अतिथ्यतामा आईतबार सभा सम्पन्न गरेको छ । साथै संस्था आजबाट २७ औं वर्षमा समेत प्रवेश गरेको छ । २०५४ साल भाद्र २४ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई आश्विन ७ गतेबाट संस्थाले कारोबार सुरु गरेको थियो ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष सिटौलाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सिटौलाले विभिन्न आरोह अवरोह र विभिन्न चुनौतीपूर्ण परिस्थितीको बाबजुद पनि सदस्यलाई उत्कृष्ठ सेवा प्रदान गर्दै आएको बताए । त्यस्तै लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक साईमन महर्जनले लेखापरिक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभाको अवसरमा संस्थाले आफ्नै भवन बनाउने घोषणा गरेको छ । काठमाडौंको जयबागेश्वरीमा १३ आना क्षेत्रफलमा संस्थाले चार तलाको भवन बनाउने भएको हो । आर्थिक वर्ष २०७९८० सम्ममा संस्थाको शेयर पुँजी ९ करोड ७७ लाख १५ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोष तथा अन्य कोषहरुमा २० करोड ८२ लाख रुपैयाँ ५५ हजार रुपैयाँ रहेको छ । संस्थाले यस अवधिमा २ अर्ब ४४ करोड ४४ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ करोड १६ लाख ३१ हजार लगानी गरेको छ । संस्थाको कुल सम्पत्ती २ अर्ब ८३ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

आव २०७९८० मा संस्थाको कुल पूँजीकोष रकममा अघिल्लो आवको तुलनामा २.९१ प्रतिशतले वृद्धि भई ३० करोड ५९ लाख रुपैयाँ पुगेको छ । संस्थाको पूँजीकोष निक्षेप अनुपात १२.५४ प्रतिशत कायम भएको छ । जुन अघिल्लो आवमा १०.५७ प्रतिशत थियो । यस वर्ष संस्थाले ४३ लाख ८५ हजार शेयर लाभांश कोषमा र १९ लाख ६३ हजार रुपैयाँ संरक्षित पूँजी फिर्ता कोषमा रकम व्यवस्था गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि बडालले विषम परिस्थितीमा पनि संस्थाको वित्तीय सुचक सबल रहेको बताए । साधारण सभाको अवसरमा संस्थाले विभिन्न विधामा सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।

अभिलेख

लोकप्रिय