नेचुरल सहकारीको १२ औं साधारण सभा जारी, ३७.४२ प्रतिशतले बढ्यो आम्दानी

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा मुख्य कार्यालय र सेवा केन्द्रहरुमा जारी रहेको छ । १४ गतेबाट सुरु भएको साधारण सभा १९ गतेसम्म जारी रहने संस्थाले जनाएको छ ।
साधारण सभामा संस्थाका सदस्यहरु आफुलाई पायक पर्ने कार्यालयमा गएर सहभागिता जनाउन सकिने संस्थाले जनाएको छ । कार्यालय समय भित्र जुनसुकै समयमा उपस्थित भई साधारण सभामा सहभागिता जनाउन सकिने व्यवस्था संस्थाले मिलाएको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिनुभयो ।
संस्थाको कार्यालयबाट प्रतिवेदन लिन सकिने र अध्ययन गरी सल्लाह सुझाव समेत दिन सकिने पाठकले जानकारी दिनुभयो । एक हप्तासम्म साधारणसभाको समय भएको हुँदा प्रतिवेदन अध्ययन गरी सल्लाह सुझाव दिन समेत सहज हुने उहाँले बताउनुभयो । यस बीचमा सदस्यहरुको सहभागिता उल्लेख्य रुपमा रहेको प्रतिक्रिया उहाँले दिनुभयो ।
संस्थाले भर्चुअल रुपमा पनि प्रतिवेदन तयार गरेको छ । संस्थाको फेसबुक पेजमा रहेको भिडियोमार्फत पनि प्रतिवेदन सुन्न सकिने व्यवस्था मिलाएको छ ।
आर्थिक वर्ष २०७५/७५ को तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा संस्थाको सेयर पूँजी २९.२८ प्रतिशतले बढेर ११ करोड १४ लाख पुगेको छ । संस्थाले यस अवधिमा १ अर्ब ३१ करोड ५ लाख रुपैयाँ बचत संकलन गरी १ अर्ब ४२ करोड ७२ लाख कर्जा प्रवाह गरेको संस्थाले जनाएको छ ।
संस्थाको कुल आम्दानी २४ करोड ३० लाख रहेको छ । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ३७.४२ प्रतिशतले बढी हो । संस्थाले यस वर्ष २ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।
संस्थाको मुख्य कार्यालय जोरपाटी रहेको छ । त्यस्तै साँखु, नयाँ बजार, कालीमाटी र काँडाघारीमा सदस्य सेवा केन्द्रहरु रहेका छन् ।
संस्थाको १२ औं साधारण सभा उद्घाटन समारोह
अभिलेख
लोकप्रिय

नेपाल सहकारी बैंक स्थापनाको सन्दर्भमा उठेका प्रश्न र जवाफ
१२ माघ २०७७, सोमबार
जेष्ट साकोस र ज्योती लाईफबीच सहकार्य, अब सबै सदस्य र कर्मचारीको बिमा
९ माघ २०७७, शुक्रबार
आवास विशिष्टीकृत सहकारी संघको तर्दथ समिति गठन, सेयर पूँजी १ अर्ब
१३ पुष २०७७, सोमबार
नाम अनुसारको काम गर्नुहोस्, यदी गर्न सक्नुहुन्न भने नाम परिवर्तन गर्नुहोस् : केबी उप्रेती
१ कार्तिक २०७७, शनिबारRecent Posts

ग्लोबल बैंकले सहकारीका सदस्यलाई कृषि अनुदान कर्जा प्रवाह गर्ने
१३ माघ २०७७, मंगलवार
नेपाल सहकारी बैंक स्थापनाको सन्दर्भमा उठेका प्रश्न र जवाफ
१२ माघ २०७७, सोमबार
जनहित बहुउद्देश्यीयको स्थापना दिवसमा बालबालिकालाई पौष्टिक आहार वितरण
१२ माघ २०७७, सोमबार