१४ माघ २०७७, बुधबार

५.५ तले व्यवसायिक भवन बनाउँदै नमस्ते साकोस

१६ मंसिर २०७७, मंगलवार
५.५ तले व्यवसायिक भवन बनाउँदै नमस्ते साकोस

नेपालगञ्ज : नमस्ते बचत तथा ऋण सहकारीले बेसमेन्ट सहितको ५.५ तले व्यवसायिक भवन निर्माण गर्ने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित संस्थाको आफ्नै स्वामित्वमा रहेको जमिनमा कार्यालय भवन निमार्ण गर्न लागेको हो । सोमबार एक कार्यक्रम बीच ‘नमस्ते भवन’को शिलान्यास गरेको हो ।

संस्था अध्यक्ष बिष्णुबहादुर रिमाल र सचिव प्रकाश ज्ञवालीले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा संस्थाका उपाध्यक्ष जीवकला अधिकारी, सञ्चालक सदस्य बाबुलाल श्रेष्ठ लगायत लेखासुपरिवेक्षण समितिका सदस्य, उपसमितिका सदस्य, कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । सदस्यहरुको अपार माया, अटुट विश्वासको प्रतिफल स्वरुप भवन निमार्ण प्रारम्भ गरिएको संस्थाका अध्यक्ष रिमालले बताउनुभयो ।

अभिलेख

लोकप्रिय