२४ कात्तिक २०८१, शनिवार

कतिको सुरक्षित छ मीरा इआरपी ?

२०८१ असोज ७, सोमबार
कतिको सुरक्षित छ मीरा इआरपी ?

सफ्टवेयर सुरक्षाको पाटोमा दुई मुख्य विषय पर्दछन् । एउटा साइबर सुरक्षा अर्को कानूनी प्रत्याभूति । दुबै विषय अत्यन्त संवदेशनशील छन् । मीरा इआरपी अत्यन्त संवेदनशील भएको नियोसीस टेक्नोलोजी प्रा.लि.को दाबी छ । मीरा इआरपीलाई नियोसीस टेक्नोलोजी प्रा.लि.ले विकास गरेको हो । यो कम्पनीमा नेफ्स्कूनको ६० प्रतिशत र रारा डिजिटल ल्याब्स प्रा.लि.को ४० प्रतिशत लगानी छ ।

प्राविधिक पूर्वाधारमा बैंकहरु जता र जसरी अघि बढिरहेका छन् यो पनि त्यही दिशामा त्यसरी नै अघि बढिरहेको कम्पनीको भनाइ छ । सर्भर इन्फास्टक्चरमा यसले राम्रै खर्च गरेको छ । त्यसैले सर्भर, एप्लीकेसनमा कुनै समस्या आउँदैन ।

रारा डिजिटल ल्याब्सका अध्यक्ष मनोज घिमिरे भन्छन्, ‘आर्किटेक्चर वाइज हामी वाणिज्य बैंकहरुको बाटोमा छौं । अर्को सुरक्षामा पनि आजको दिनमा बैंकिङ रिफ्रेरेन्सन लिएर थ्रि लेयर अफ सेक्युरिटी कायम गरेका छौं । यस्तो चिजमा आज पनि सबै बाणिज्य बैंकले लगानी गरिसकेका छैनन् । तर, हामीले सुरुदेखि नै लगानी गरिसकेका छौं । एकपटक लाइभ गएर सिस्टम सुरु भएपछि यस्ता परिवर्तन गर्न ग्राहो हुन्छ भनेर पहिल्यै ठूलो लगानी गरेका छौं’, उनले अगाडि भने, ‘धेरै वटा सहकारीहरु जोडेपछि बाणिज्य बैंकको भन्दा ठूलो कारोबार हुने भएकाले सुरक्षाको पाटोमा पनि बाणिज्य बैंक सरह नै हुनुपर्छ भन्ने हो । मीरा इआरपीमा संचालन गर्न धेरै इन्टरनेट पनि खर्च हुँदैन । न्यूनतम इन्टरनेट मात्र भए पुग्छ । दार्चुला, अछाम जस्ता आइएसपी नपुगेको ठाउँमा सहकारीहरुले फोरजीबाट काम गरिहनु भएको छ ।’

मिरा ISO 27001:2013 certification बाट अध्यावधिक भइ ISO 27001:2022 Certified समेत भैसकेको छ। कम्पनीले दिंदै आएको SaaS based ERP (Myra ERP) Information Security को उच्चतम मापदण्डप्रतिको प्रतिबद्धता समेत यसले पुष्टि गर्दछ । कम्पनिले भनेको छ, ‘तपाईंको डाटाको सुरक्षा हाम्रो जिम्मेवारी ।’

त्यस्तै, कानूनी सुरक्षाको अर्को उत्तिकै गहन विषय छ । नेफ्स्कूनका महासचिव घनश्याम अधिकारी भन्छन्, ‘नेपालको सहकारी संस्थाहरुलाई व्यवसायिकतातर्फ जानका लागि कानुनले केही निर्देशन गरेको छ । कानुनमा भएको विशिष्टकृत संघको मोडल पनि हेरिरहेका छौं । त्यसमा २५ ओटा संस्थाहरु मिलेर काम गर्न सक्ने भएपनि त्यसभित्र लगानीका लागि केही अप्ठ्यारा पाटो पनि छन् ।

सहकारी क्षेत्र व्यवसायिकतामा नलाग्ने त ? खाली बचत उठाउने र ऋण लगानीको मात्र काम गर्ने हो त ? अहिले मीरा इआरपीमा लगानी गर्न कानुनी हिसावले पनि अध्ययन गरेका छौं । यसको अपनत्व केन्द्रीय संघले लिन चाहन्छ, भोली तलमाथि भयो भने संघले जिम्मा लिन्छ ।’

अर्को महत्वपूर्ण विषय भनेको अन्य सदस्य संघ संस्थामा लानु अघि नेफ्स्कून आफैले यसको पाइलटिङ गरेको छ । २ आर्थिक वर्षदेखि नेफ्स्कून केन्द्रीय कार्यालयदेखि देशै भरका शाखा कार्यालयहरुले मिरा इआरपीनै प्रयोग गर्दै आएका छन् । महासचिव अधिकारी प्रश्न गर्छन्, ‘सुरक्षा र विश्वसनीयताको दृष्टिकोणले यो भन्दा अर्को प्रत्याभूति के हुन सक्छ र ?’

हिजो अस्तिसम्म सहकारीले कसरी एटिएम चलाउँछ भन्थे, आज आएर ६०–७० ओटा संस्थाहरुले एटिएम संचालन गर्छन् । सफ्टवेयरका क्षेत्रमा सहकारीलाई कम्प्लिट सोलुसन आवश्यक छ । यसका लागि बैधानिक कानुनी प्रक्रिया पुरा गरेर काम गरेको नेफ्स्कून र नियोसिस दुबैको दाबी छ ।

अर्को भनेको, अघिल्लो आर्थिक वर्षको नेफ्स्कूनको बाह्य लेखापरिक्षण प्रतिवेदनमा संघको मिरा इआरपीको लगानी जोखिममा रहेको देखाइएको थियो । यसले पनि सदस्य संघ संस्थाहरुलाई यो सुरक्षित, भरपर्दो र विश्वसनीय छैन भन्ने आशंका भयो । अघिल्लो साधारण सभामा सदस्यहरुले प्रश्नहरु बर्षाए । सञ्चारमाध्यमहरुले पनि यो विषय उठाए । तर, कुरो त्यसो नभएको दाबी नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल गर्छन ।
उनी भन्छन्, ‘नेफ्स्कूनले २०८० जेठ १३ गतेदेखि आफ्नो कारोबार मीरा इआरपीमा माइग्रेसन गरेको हो । यो प्लेटफर्म ‘अनगोइङ डेभलमपेन्ट प्रोसेस’ मा भएकाले असारमा खाताबन्दी गर्न केही प्राविधिक समस्या देखिएको थियो । पहिला यसलाई आफै प्रयोग गरौं अनिमात्र बाहिर लैजाने योजना साथ प्रयोग गर्यौं ।’

तर, त्यसबेला देखिएका त्रुटिका आधारमा लेखा सुपरिवेक्षण समिति र लेखापरिक्षकले उठाएका कतिपय कैफियतलाई अस्विकार गर्ने अवस्था पनि छैन । त्यति बेला सामान्य कोर बैंकिङ सिस्टम पनि पुरा भएको थिएन । त्यसैले लेखापरिक्षणमा जे देखियो त्यही लेखियो । अहिले यो बन्दैन कि, लगानी डुब्छ कि भन्ने अवस्था छैन । साढे ३ सयको हाराहारीमा संस्थाहरु यसमा आइसकेपछि यसले आम्दानी गर्ने अवस्था भइसकेको छ । ‘हामीले पनि लगानीमा हुने क्षतिको बारेमा पल–पल ख्याल गरेका छौं । हामीले सदस्यको पैसा परिचालन गरेका छौं यसबाट नेफ्स्कूनलाई थप ब्ययभार पर्छ कि भनेर ख्याल गरिरहेका छौं’, उनले थपे ।

नेपालको दृष्टिकोणमा सहकारी अभियान भित्र यो युगान्तकारी मोडल पनि बन्ने नेफ्स्कूनका महासचिव अधिकारीले दाबी गरे । उनले आशा जगाए, ‘यो मोडलमा इआरपी मात्र होइन, भोली विश्वविद्यालय पनि चलाउन सकिन्छ । वित्तीय क्षेत्र व्यवस्थित रुपमा कसरी अघि बढाउने भनेर सरकारलाई सुझाव दिन सक्छौं । त्यसका लागि हाम्रा डकुमेन्ट केन्द्रीय रुपमा एकै ठाउँबाट विकास गर्न सकिन्छ ।’

किन मिरा इआरपी नै ?
बजारमा धेरै सफ्टवेयर भएपनि संस्थाहरुमा कस्तो सफ्टवेयर प्रयोग गर्ने भन्ने अलमल छ । सफ्ट्वेयरका ससाना समस्याले पनि सहकारी संस्थाहरुले हैरानी खेपिरहेका छन् । त्यसैले अबको आवश्यकता भनेको सास (सफ्टवेयर एज अ सर्भिस) मोडेलको इआरपी सफ्टवेयर नै हो । सहकारीहरु सास मोडलकै सफ्टवेयरहरुमा जानुपर्ने निष्कर्षमा पुगेका छन् । आधारभूत प्राविधिक ज्ञान, सामान्य उपकरणको प्रयोग र थोरै समय खर्चेर यो सफ्टवेयर प्रयोग गर्न सकिन्छ । यसले समय र लागत पनि घटाउछ र सहकारीको सेवा प्रवाहलाई चुस्त बनाउँछ । सहकारीहरुको लक्ष्य प्राप्तिका लागि पनि यो सहयोगी हुन्छ ।

कति पुग्यो प्रयोगकर्ता?
हाल ‘मिरा इआरपी’ सफ्टवेयर ३५१ सहकारी संस्थाहरुले चलाइरहेका छन् । भाग्र महिनामा मात्रै २७ सहकारी मिरामा जोडिएको छ । अहिलेसम्म मीराको सेवा ६० जिल्लामा विस्तार भइसकेको छ । क्रमशः सेवाग्राही संस्थाहरु बढ्दै गएको उसले दाबी गरेको छ ।

चालु आर्थिक वर्षभित्र एक हजार सदस्य बनाउने लक्ष्य नियोसिसले लिएको छ । नियोसिसका व्यवस्थापन प्रमुख कवि न्यौपाने भन्छन्, ‘यही रफ्तारले जाने हो भने हामी हाम्रो यो वर्षको लक्ष्यभन्दा निक्कै धेरै उपलब्धि हासिल गर्छौं । अघिल्लो आर्थिक वर्षबाट ग्राफले उकालो बाटो समातेको छ । हाम्रो ग्रोथको ग्राफ पनि इन्क्रिजिङ अर्डर मा छ । अघिल्लो वर्ष सबैभन्दा राम्रो देखिएको थियो अबको वर्षको ग्राफ त्यो भन्दा निक्कै माथि उक्नलेमा हामी विश्वस्त छौं’ उनले भने ।

अभिलेख

लोकप्रिय