२० मंसिर २०७८, सोमबार

पोखरामा युवाहरु मिलेर खोले मित्रता बहुउद्देश्यीय सहकारी

२१ आश्विन २०७८, बिहीबार
पोखरामा युवाहरु मिलेर खोले मित्रता बहुउद्देश्यीय सहकारी

कास्की : श्री मित्रता बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा आएको छ । पोखराका युवाहरु मिलेर स्थापना गरिएको उक्त सहकारी आज एक कार्यक्रमको बीच उद्घाटन गरिएको छ ।

संस्थाका अध्यक्ष जयन्ती मोक्तानको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेज नारायण अधिकारी रहनुभएको थियो । त्यस्तै पोखरा महानगरपालिका संघका अध्यक्ष बलराम गौतम, युनाईटेड क्लब पोखराका अध्यक्ष राजु श्रेष्ठ लगायतको विशेष आतिथ्यता रहेको थियो ।

संस्था उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै संस्थाका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठले संस्था दर्ताको लागि डेढ वर्षको दौडधुम गर्नुपरेको र सहयोग गर्नु हुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा युनाईटेड क्लब पोखराका अध्यक्ष राजु श्रेष्ठले पोखरामा धेरै सहकारीहरु सञ्चालनमा रहेको भए पनि मित्रता बहुउद्देश्यीय सहकारीले फरक छाप छोड्न र केही फरक तबरबाट काम गर्न शुभकामना दिनुभयो । त्यस्तै पोखरा महानगरपालिकाका सहकारी संघका अध्यक्ष बलराम गौतमले युवाहरुले मिलेर नयाँ सोचका साथ स्थापित सहकारीलाई दिर्घकालिन लक्ष्का साथ अघि बढ्न सुझाव दिनुभयो ।

त्यस्तै प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले युवाहरुले फरक सोचका साथ अघि बढ्न कै लागि संस्था दर्ता अघि बढाएको र संस्था दर्तापछि दीर्घकालिन र सकारात्मक सोचका साथ अघि बढ्दै लक्ष्य प्राप्तीका लागि निरन्तर लाग्नु पर्नेमा जोड दिनुभयो । युवाहरुको जोसलाई थप उर्जावान बनाई संस्थालाई सञ्चालन र अघि बढाउन महानगरपालिकाले हरेक समयमा साथ दिने प्रतिवद्धता जनाउनुभयो ।

संस्थाका अध्यक्ष मोक्तानले संस्था दर्ता गर्दा धेरै नै संघर्ष गर्नुपरेको बताउनुभयो । विदेशबाट फर्किएर नेपालमा नै केही गर्ने जोस भएका युवालाई सहकारीमा समेटिएको अध्यक्ष मोक्तानले बताउनुभयो । कार्यक्रममा ६० भन्दा बढी युवाहरुको उपस्थिति रहेको थियो ।

सहकारीको कार्यालय पोखरा–१०, बुद्धचोकमा स्थापना गरिएको छ । सम्पूर्ण युवा व्यवसायीलाई समेटेर अघि बढ्ने संस्थाको उद्देश्य रहेको छ ।

कार्यक्रम सञ्चालन सहकारीका का. सचिव नवीन श्रेष्ठले गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय