सहकारी ‘हब’मा पुग्यो मिलिजुली कालिञ्चोक, मैनापोखरीमा खोल्यो ११औं सेवा केन्द्र

दोलखा : चरिकाेटमा मुख्य कार्यालय रहेकाे मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वैतेश्वर गाउँपालिकाको मैनापोखरी बजारमा सेवा केन्द्र बिस्तार गरेको छ ।
मिलिजुली कालिञ्चोकले बिहीबारदेखि मैनापोखरी बजारमा पनि सेवा केन्द्र संचालनमा ल्याएको हो । सेवा केन्द्रको वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, सहकारी अभियान्ताहरु भीमप्रसाद दाहाल, जिवशराज खड्का लगायतले सामुहिकरुपमा उद्घाटन गरे।
मिलिजुली कालिञ्चोक साकोसले यसअघि पनि वैतेश्वरको नाम्दुमा २०७५ सालदेखि सेवा केन्द्र संचालन गर्दै आएको छ । मैनापोखरीमा नयाँ सेवा केन्द्र खुलेसँगै मिलिजुलीका देशभर ११ वटा सेवा केन्द्र भएका छन् । यसअघि दोलखामा ८, सिन्धुपाल्चोकमा एक र काठमाडौंमा एउटा सेवा केन्द्रवाट कारोवार हुँदै आएको थियो ।
मिलिजुली कालिञ्चोक साकोसका अध्यक्ष नारायणवहादुर श्रेष्ठले बैतेश्वर सहकारीको हब रहेको र शेयर सदस्यको संख्या समेत उत्साहप्रदरुपमा बृद्धि भएपछि सेवामा सरलता ल्याउन मैनापोखरीमा पनि सेवा केन्द्र बिस्तार गरिएको जानकारी दिए ।
मिलिजुली कालिञ्चोकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ईश्वर न्यौपानेका अनुसार गत असार मसान्तसम्म संस्थामा ३४ हजार २ सय ३४ जना शेयर सदस्य रहेका छन् भने कुल पूँजि १ अर्ब २७ करोड रहेको छ ।
मिलिजुली कालिञ्चोकले सेवा केन्द्र स्थापना गरेको वैतेश्वरको काब्रेलाई सहकारीको ‘हब’ मानिन्छ । राष्ट्रिय रुपमा ख्यातिप्राप्त जनसचेतनदेखि जनमुखी र अन्य धेरै सहकारी संस्थाहरु सो क्षेत्रमा सक्रिय छन्।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

नेफ्स्कूनको निर्वाचन कार्यतालिका सार्वजनिक
२२ मंसिर २०८०, शुक्रबार
सूर्यदर्शन सहकारी झापाको अध्यक्षमा टिकाराज सापकोटा
२२ मंसिर २०८०, शुक्रबार
लालुपाते सहकारी प्रकरण: ऋणीसहित ४ थुनामा, ५ जनालाई धरौटीमा छाड्न आदेश
२२ मंसिर २०८०, शुक्रबार