७ बैशाख २०८१, शुक्रबार

मिलिजुली साकोसको एक्सेस ब्राण्ड रद्द र सिइओलाई निलम्बन गर्न अक्कुको पत्राचार

२६ कार्तिक २०७७, बुधबार
मिलिजुली साकोसको एक्सेस ब्राण्ड रद्द र सिइओलाई निलम्बन गर्न अक्कुको पत्राचार

काठमाडौं, २६ कार्तिक

एसियाली ऋण महासंघ (अक्कु) ले मिलिजुली कालिञ्चोक साकोसका सिइओलाई निलम्बन वा एक महिना बिदामा राखेर निष्पक्ष छानबिन गर्न पत्राचार गरेको छ ।

अक्कुकी प्रमुख कार्यकारी अधिकृत एलेनिता भि।सानरोक्युले मंगलबार नेफस्कूनका कायम मुकायम सिइओ प्रकाश पोखरेललाई पत्राचार गरेको हो ।

एक्सेस ब्राण्ड वितरणमा आर्थिक चलखेल भएको समाचार सार्वजनिक भएसँगै अक्कुले नेफ्स्कूनलाई पत्र लेखेको हो । पत्रमा अक्कुले मिलिजुली साकोसले पाएको एक्सेस ब्राण्ड रद्द गर्न नेफ्स्कून भनेको छ । ब्राण्ड रद्द गरेको औपचारिक रुपमा घोषणा गरेको जानकारी संस्थालाई दिन भनिएको छ । नेफ्स्कूनले ब्राण्ड रद्द गरेको घोषणा गरेपछि संस्थाले पाएको ब्राण्ड अनुसन्धान रिपोर्ट नआएसम्म अक्कुले खारेज गर्ने पत्रमा भनिएको छ ।

कर्मचारी खटाएर अनुसन्धान गर्न पनि अक्कुले नेफ्स्कूनलाई अनुरोध गरेको छ । त्यस्तै एक्सेस ब्राण्ड कोअडिनेटरलाई परिवर्तन गर्न पनि अक्कुले नेफ्स्कूनलाई अनुरोध गरेको छ ।

नेफस्कूनका कायम मुकायम सिइओ प्रकाश पोखरेलले यस विषयमा अनुसन्धान सुरु भैसकेको जानकारी दिनुभयो । नेफ्स्कूनका अधिकृतद्धय बल्लभ तिमल्लसिना र दिपक अर्याललाई नेफ्स्कूनले अनुसन्धानको लागि खटाएको छ । यस अघि संस्थामा प्रत्यक्ष संलग्न नभएको व्यक्ति अनुसन्धानमा खटाएको पोखरेलले जानकारी दिनुभयो ।

‘अक्कुले पत्राचार नगर्दै अनुसन्धानका लागि कर्मचारी खटाएका छौं’, उहाँले भन्नुभयो, ‘निष्पक्ष छानविन गरेर सत्य तथ्य बाहिर ल्याउँछौं ।’ गल्ती भेटिए कारबाही हुने उहाँको भनाई छ ।

अभिलेख

लोकप्रिय