२ भाद्र २०७९, बिहीबार

एमबैंकलाई अर्को सफलता, सहकारीलाई प्रविधिमा जोड्ने एमबैंक आइएसओ २७००१:२०१३ प्रमाणित

१५ असार २०७९, बुधबार
एमबैंकलाई अर्को सफलता, सहकारीलाई प्रविधिमा जोड्ने एमबैंक आइएसओ २७००१:२०१३ प्रमाणित

काठमाडौं : मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी एमबैंक टेक्नोलोजी आइएसओ २७००१:२०१३ बाट प्रमाणित भएको छ ।

सहकारी क्षेत्रमा काम गर्ने मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी मध्ये आइएसओ २७००१:२०१३ प्रमाणित हुने एमबैंक पहिलो कम्पनी भएको छ ।

कम्पनीले आफ्ना ग्राहकलाई उच्च गुणस्तरको सूचना सुरक्षा व्यवस्थापन प्रणाली प्रदान गरेको कारणले आइएसओ २७००१:२०१३ बाट प्रमाणित भएको हो ।

एमबैंकले यसअघि पनि आइएसओ ९००१:२०१५ प्रमाणिकरण प्राप्त गरिसकेको छ ।

‘एम बैंक एप एक, सुविधा अनेक’ भन्ने नारा सहित नेपालका सहकारी संस्थाहरुलाई डिजिटाइजेसन जोड्ने एमबैंक अत्याधुनिक मोबाइल बैंकिङ सेवा प्रदायक अग्रणी सफ्टवेयर कम्पनी हो ।

आइएसओ २७००१ः२०१३ बाट प्रमाणिकरण हुनु भनेको सुरक्षित तवरले काम गर्न सक्ने एउटा बिश्वासको आधार हो । यस प्रमाणिकरणले एमबैंक प्लेटफर्म अन्तर्गत ग्राहकहरुका हरेक डाटा तथा कारोबारहरु सुरक्षित रहेका छन् र त्यसमा कम्पनी प्रतिवद्ध छ भन्ने कुराको थप प्रमाणित गर्दछ ।

एमबैंकले विगत ७ बर्षदेखि निरन्तर आफ्नो आईटी पूर्वाधार तथा सिस्टममा लगानी गर्दै आएको छ र आगामी दिनहरुमा पनि ग्राहकको सुरक्षामा केन्द्रित रही आफ्नो सेवाहरु बढाउँदै लैजाने कम्पनीको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले जानकारी दिनुभयो । आइएसओ ९००१ः२०१५ प्रमाणिकरणले इन्फोरमेसन सेच्युरिटि कम्प्लायांस प्रदर्शन गर्ने एउटा माध्यम भएको बताउँदै उहाँले यसले ग्राहक तथा प्रयोगकर्ताको विश्वासलाई बढाउने काम गर्ने बताउनुभयो ।

मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी एमबैंकले हालसम्म देशभरका करिब ६ सय सहकारी संस्थालाई प्रविधिमा जोडेको छ । जुनसुकै सफ्टवेयर चलाएका सहकारीले पनि एमबैंकको मोबाईल बैंकिङ सेवा सुचारु गर्न सक्छन् ।

सहकारीका सदस्यले घरमै बसेर मोबाईल सेवा उपभोग गरी खानेपानी, विजुली, डिस होम, ईन्टरनेट, हवाई टिकट, राजश्व भुक्तानी, मोवाईल रिचार्ज, सहकारीबाट बैंकमा तथा बैंकबाट सहकारीमा पैसा ट्रान्सफर, स्टेटमेन्ट, खातामा रकम ट्रान्सफर, वालेट लोड, अनलाइन रेमिटान्स लगायत अन्य थुप्रै सेवाहरू सजिलै उपभोग गर्न सक्छन् ।

सहकारी संस्थाले पनि आफ्नै क्यूआर भुक्तानी सेवा प्रयोग गरी सहकारीका सदस्यहरुलाई आफ्नो पसल तथा व्यवसायमा क्यूआर कोड मार्फत भुक्तानी गर्न र गराउने सुबिधा पनि एम बैंकले प्रदान गरेको छ ।

एउटै एपबाट धेरै सुविधा सदस्यहरुलाई दिन सकिने भएकै कारण सहकारीहरु एमबैंकको सेवामा आर्कषित भएको एमबैंकका सञ्चालक तथा मुख्य व्यवसाय प्रमुख संजय महासेठ बताउनुहुन्छ । सदस्यहरुले घरमै बसेर बचतदेखि सरकारी भुक्तनी, बैंक ट्रान्सफर, सहकारी ट्रान्सफर, युटिलिटी पेमेन्ट लगायत मोबाईलबाटै गर्न सक्ने उहाँको भनाई छ ।

‘एपमा हरेक दिन केही न केही नयाँ बिशेषता (फिचर) थपिएको हुन्छ’, प्रमुख संजयले भन्नुभयो, ‘ब्यालेन्स इन्क्वायरीदेखि युटिलीटी बिल भुक्तानी, बैंक ट्रान्सफर, सहकारी ट्रान्सफर, एटीएम बैंकिङ, सरकारी भुक्तानी लगायत एम बैंकका धेरै सेवाहरुमा उपलब्ध छन् । कुनै पनि बैंकले प्रदान गर्ने भन्दा कम नभई बढी नै सुविधा यसमार्फत उपलब्ध हुन्छन् । कुनै पनि प्राविधिक जनशक्ति विना नै सहकारीलाई सजिलै प्रविधिमैत्री बनाई हामी सेवा प्रदान गर्न सक्छौं ।’

जुनसुकै सहकारी सफ्टवेयरमा जडान गर्न सकिने एक मात्र मोबाइल बैंकिङ एप भएको उहाँको दाबी छ । यसमार्फत आफ्नो संस्थालाई सजहै प्रविधिमैत्री बनाउन सकिने उहाँको भनाई छ ।

अभिलेख

लोकप्रिय

x