सहकारी बोर्डको सञ्चालक बन्न शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा तिमल्सिना पक्राउ

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको आरोपमा सहकारीकर्मी माधवप्रसाद तिमल्सिनालाई पक्राउ गरेको छ ।
सीआईबीले ललितपुको साविक ईकुडोल गाविस हाल ललितपुर महानगरपालिका–१३ कुसुन्तीका ५३ वर्षीय माधवप्रसाद तिमल्सिनालाई शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ गरेको हो ।
उनलाई मंगलबार ललितपुरको थसीखेलबाट पक्राउ गरी लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याई लिई अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने तिमल्सिनालाइ ब्युरोले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।
रजिष्ट्रेसन नं. १४९१५-८९ भएको पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीर्ण गरेका तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र त्रिवि दर्ता नं. १४९१५-८९, पाटन मल्पिटपल क्याम्पसको ब्यचलर डिग्री इन ह्युम्यनिटिज एण्ड सोसियल साइन्सको ट्रान्स्कृप्ट कीर्ते गरेको प्रहरीको भनाइ छ ।
तिमल्सिना ललितपुर स्थित प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् ।
चैत २२ गते भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट तिमल्सिना कार्यकारी समितिको विशेषज्ञ पदमा मनोनित हुनुभएको थियो । शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको उजुरी सीआईबी परेलगत्तै तिमल्सिनाले बोर्ड सदस्यबाट राजिनामा दिएका थिए ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

‘कमजोर सहकारीलाई बलपूर्वक नै एकीकरणमा लैजानुपर्छ’
२ भाद्र २०७९, बिहीबार
एक साता भित्र सबै सहकारीले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने
१ भाद्र २०७९, बुधबार
नेफ्स्कून पत्रकारिता पुरस्कार नेपालपत्रन्यूजका सम्पादक खड्कालाई
१ भाद्र २०७९, बुधबार