१५ चैत्र २०७९, बुधबार

सदस्यसँग निरन्तर किसान साकोस, सदस्य केन्द्रित ९० कार्यक्रम तय

३० फाल्गुन २०७९, मंगलवार
सदस्यसँग निरन्तर किसान साकोस, सदस्य केन्द्रित ९० कार्यक्रम तय

गैंडाकोट : किसान बचत तथा ऋण सहकारी संस्था, गैंडाकोटले २६ वटै सेवा केन्द्रमा विस्तारित भेला सम्पन्न गरेको छ। शिक्षा उपसमितिको संयोजनमा ‘सदस्यसँग निरन्तर किसान साकोस’ कार्यक्रम अन्तर्गत एक महिनाको अवधिमा ४० वटा विस्तारित भेला सम्पन्न गरेको छ।

विस्तारित भेलामा वित्तीय साक्षरता, सहकारी शिक्षाका साथै संस्थाको वर्तमान वित्तीय अवस्था, सदस्य केन्द्रित कार्यक्रम योजना र सदस्यहरुका सुझाव संकलन गरेको छ ।

कार्यक्रममा सहकारी प्रतिको दृष्टीकोणमा किसान सहकारीको विश्लेषणात्मक जानाकारी एवं छलफल समेत गरिएको संस्थाका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिए। कार्यक्रममा संस्थामा सदस्यको भूमिका विषयमा समेत जानकारी गराईएको थियो ।

कार्यक्रममा सदस्यहरुबाट सदस्य सामिप्यताका थप कार्यक्रम गर्नुपर्ने, सिपमुलक तालिमको आयोजना गर्नुपर्ने, थप सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, नेतृत्व विकास कार्यक्रम, टोल टोलमा सदस्य शिक्षा कार्यक्रम गर्नुपर्ने, सामाजिक उत्तरदायित्वका थप कार्यक्रम ल्याउनु पर्ने लगायतका सुझाव संकलन भएको अध्यक्ष चालिसेले बताए ।

सदस्यबाट आएका सुझावहरु सञ्चालक समितिको बैठकमा पेश गरी कार्यान्वयन गरिने अध्यक्ष चालिसेले प्रतिवद्धता जनाए। चैत र बैशाख महिनामा संस्थाले सदस्य केन्द्रित ९० वटा कार्यक्रम गर्ने योजना बनाएको पूर्व अध्यक्ष एवं शिक्षा उपसमिति संयोजक तिलक प्रसाद पराजुलीले बताए ।

माघ मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी ३३ करोड ६७ लाख ८२ हजार ४ सय रुपैयाँ रहेको छ। संस्थाको जगेडा कोषमा १७ करोड ३९ लाख, अन्य कोषमा ३ करोड ३० लाख, संस्थागत पुँजी १९ करोड १५ लाख, कुल बचत २ अर्ब ७० करोड ५० लाख रहेको छ । संस्थासँग २४.४३ प्रतिशत अर्थात ६६ करोड ८ लाख रुपैयाँ रहेको छ।

संस्थाको कुल सम्पत्ती ३ अर्ब ४५ करोड ८८ लाख रपैयाँ रहेको छ । संस्थामा ८४ हजार १ सय ४७ जना सदस्य आवद्ध भएका छन् ।

अभिलेख

लोकप्रिय