१५ चैत्र २०७९, बुधबार

इटहरीको पेशागत र किसान कल्याण बीच एकिकरण हुने, स्थानीय सरकारले दियो सहमति

३ चैत्र २०७९, शुक्रबार
इटहरीको पेशागत र किसान कल्याण बीच एकिकरण हुने, स्थानीय सरकारले दियो सहमति

प्रकाश बन्जारा

सुनसरी : इटहरी उपमहानगरपालिका-६, स्थित पेशागत बचत तथा ऋण सहकारी संस्था लिमिटेड र १६ स्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच एकीकरण हुने भएका छन्।

इटहरी उपमहानगरपालिकाले किसान कल्याणसँग एकीकरण हुन पेशागत साकोसलाई सैद्धान्तिक सहमती दिएसँगै एकीकरण प्रक्रिया अघि बढेको हो। इटहरी उपमहानगरपालिकाको फागुन २६ गते बसेको १२८औं कार्यपालिका वैठकले पेशागतलाई सैद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेको हो।

दुई संस्था बीच गत वर्ष नै एकीकरण गर्ने सहमती भएको थियो । किसान कल्याण साकोसको कुल कारोबार १ अर्ब माथी छ । त्यस्तै पेशागत साकोसको सेयर पुँजी ४१ लाख हाराहारी छ । त्यस्तै कुल कारोबार १ करोड ४० लाख बराबर रहेको संस्थाका अध्यक्ष मातृका प्रसाद बजगाई बताए।

गत वर्ष नै एकीकरणमा जाने सहमती भए पनि पालिकाबाट सहमती पाउन ढिलाई भएको किसान कल्याणका अध्यक्ष शालिकराम ढकालले जानकारी दिए । अब कोशी प्रदेशबाट स्विकृती पाएपछि दुई संस्थाबीच एकीकृत कारोबार हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले बताए । एकीकरणपछि संस्थाको नाम किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कायम हुनेछ।

अभिलेख

लोकप्रिय