३१ जेष्ठ २०७८, सोमबार

संकट, महामारी र सहकारी

२८ असार २०७७, आईतवार
संकट, महामारी र सहकारी

केशवप्रसाद बडाल
पूर्व मन्त्री

कोरोना भाइरस (कोभिड १९)को विश्वव्यापी महामारीले विश्वका अधिकांश देशमा झै नेपालमा पनि २०७६ चैत ११ गतेदेखि लगातार लकडाउन गरिएको छ । लकडाउनले गर्दा सबै खाले सेवा तथा उत्पादनका कार्यहरु आंशिकबाहेक सबै ठप्प भए । कोरोनाको त्रास र बन्दाबन्दीका कारण सिंगै पृथ्वी शान्त भयो । सडकमा कुनै सवारीसाधन चलेको थिएनन् । आकासमा चिल उडेजस्तै गरि उड्ने हवाइजहाज र हेलिकप्टरहरु पनि चलेका थिएनन् । एक दिन अघिको रिमझिम बर्षाले वातावरण खुला भएकाले सारा सहर, डाँडाकाँडा र गणेश हिमाल काठमाडौंबाट टलक्क टल्केर मुसुक्क मुस्कुराएको देखिएको थियो । काठमाडौं वरिपरिका डाँडाहरु झन सुन्दर र स्पष्ट देखिएका थिए । घर वरिपरी नास्पातिको रुखहरु अरु दिनभन्दा बढि मुसुक्क मुस्कुराएको भान भइरहेको थियो । चराचुरुङ्गी पनि हर्ष विभोर भएर खुसीका गीत गाइरहेको आभास भइरहेको थियो । घरको कौसीबाट यस्तै यस्तै दृश्यमा रमाइरहेको बेला कान्छो नाति प्राँजल दौड्दै आएर भन्यो, ‘को नोराले मान्छे म¥यो रे, हाम्रो देशमा पनि मर्छन् ? कसरी मर्छन् ? बृद्धबृद्धा धेरै मर्छन रे हो ? अब नेपालमा के हुन्छ ? भन्नुस् न बुबा ।’
म प्रकृतिसँग तरंगित भइरहेको थिए, नातीले झल्यास बनाइदियो । बालसुलभ स्वभाव र हाउभाउ देखाउँदै उस्ले एकैचोटी अनेक प्रश्न ग¥यो । उस्को त्यो सुन्दर अनुहार निश्चल र सुन्दर आँखा जिज्ञासु हाउभाउबाट म तन्द्राबाट व्युँझिए । वास्तवमा कोरोना भाइरसको महामारीले बालक, किशोर, जवान, बृद्ध सबै समूहलाई प्रभाव पारेको छ । संसारका राजा, महाराजा, प्रधानमन्त्री, मन्त्री, विश्वप्रसिद्ध साहित्यकार, कलाकार, प्रसिद्ध खेलाडी, अर्थशास्त्री, बैज्ञानिकदेखि सबै आम मानिसलाई प्रभावित पारेको छ । मेरो सानो चुलबुले नातिलाई कति समवेनशिल बनाएको रहेछ भन्ने कुरा उसका प्रश्नले छलर्ङ बनाएको थियो । यो अबोध बालकका अनेक प्रश्नले मलाई केहि लेख्ने, संसारको इतिहासमा देखा परेका महामारी त्यस्ले पारेको प्रभाव, त्यस्ता अवस्थालाई सामना गर्न हामीले खेल्नुपर्ने र खेल्न सकिने भूमिका, अझ खास गरी सहकारी र सहकारी क्षेत्रका अगुवाहरुले खेल्नुपर्ने भूमिकाका बारेमा केहि लेख्न प्रेरित ग¥यो ।

वास्तवमा यो कोरोना भाइरसले संसारको मै हुँ भन्ने शक्तिलाई पनि थला पार्दो रहेछ । हात हतियार, एटमबम, हाइड्रोजन बम, गोलाबारुदकै भण्डार लिएर बसेकालाई पनि यसले छोडेन । संसारकै ठूलो सून चाँदी, हिरा मणी, माणिक्य र धन दौलतको भण्डार समाएर बसेकालाई पनि यो आँखाले देख्न नसकिने साना कोरोना भाइरस (कोभिड १९) ले थला पारिदियो । कमिलाले हात्ति,अजिंगरलाई मार्छ भन्थे यो त कमिलाभन्दा कति हो कति गुणा सानो भाइरसले संसारका ७ अर्ब ८० करोड जनतालाई हाउस क्वारेनटाइनमा लकडाउन गराइदियो । संसारकै शक्तिशाली देश अमेरिका र त्यसको पनि विश्व वित्तिय बजारको हेडक्वाटर न्युयोर्कमा लास गाड्ने ठाँउ सकियो । यसले पनि यो महामारी विश्वका लागि कति ठूलो संकटका रुपमा देखा परेको छ भन्ने प्रष्ट पार्दछ ।

सहकारीको जन्म र संकट

हरेक देश र महादेशमा संकटकै बेलामा सहकारी सामाजिक व्यवसायको जन्म भएको पाइन्छ । सहकारीबारे विभिन्न विचारकका आ–आफ्ना खाले अभिव्यक्ती व्यक्त भएका छन् । यथार्थमा जानुभन्दा कतिपय विचारकले हरेक सहकार्यलाई नै सहकारी भन्ने गरेका पनि छन् । त्यस्तो होइन । हरेक सहकार्य सहकारी होइन । तर, सहकार्य विना सहकारीको जन्म हुन सक्दैन । त्यस कारण सहकारी यस्तो सामाजिक व्यवसाय हो, जो आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय क्षेत्रको विकास सदस्यहरुद्वारा, सदस्यहरुकै हितका लागि सामाजिक उत्तरदायित्व पुरा गर्ने ध्येयका साथ संगठित भएर गरिने सहकार्य हो । यस्तो कार्य मानव विकासको प्रारम्भिक कालदेखि हुँदै आएको भए पनि निश्चित रुपमा दर्शन र सिद्धान्त ग्रहण गरेर संगठित रुपमा सुरु भएको सन् १८४४ मा नै हो । सन् १८४० को दशकमा सिंगै युरोपमा भयानक सुख्खा खडेरी प¥यो । यस्ले उत्पन्न गरेको गरिवी र भोकमरीको सामना गर्न, रर्वट ओवेन , डा विलियम किङ्ग, विलियम थमसनको प्रेरणामा बेलायतको मेनचेस्टरका २८ जना श्रमिकहरु मिलेर विश्वकै पहिलो सहकारी संस्था स्थापना गरे । महा गरिवी, भोकमरी र श्रमिकमाथिको शोषणका कारण जन्म भएको पहिलो सहकारीकै हारहारिमा १८४९ मा जर्मन जनताले चर्काे ब्याज र ऋण का कारण थिचिएका जनताको भावनालाई समेटेर बचत तथा ऋण सहकारीको गठन गरे ।

 दक्षिण एसियामा खासगरि त्यस बेलाको ब्रिटिस इण्डियामा पनि १८९० को दशकमा भएको सुख्खा खडेरी, भोकमरीबाट मुक्तिका लागि भारतमा सहकारी संस्थाको गठन हुन थाल्यो र १९०४ मा सहकारी ऐन नै बन्यो ।

 चीनमा पनि १९१० को दशकमा भयानक सुख्खा खडेरीका कारण उत्पन्न समस्या समाधान गर्न डा सनयात सेनकै शासनकालमा सहकारीको जन्म भयो । छरिएको पुँजी, श्रम, सिप र क्षमतालाई परिचालन गर्न सहकारीको आवश्यकता महसुस गरिएको थियो ।

 सन् १९५४ मा भएको भयानक बाढि पहिरो, डुवान, कटानले सिंगै नेपाललाई तवाह बनाएको थियो । यहि बेला पहिलो सहकारी सन् २०१३ साल चैत २० गते गठन भयो ।

 प्रा.डा.अमत्र्य सेन भन्छन्,‘भारतमा १९४१ मा भयानक भोकमरी भयो । खाद्य गोदामको कम्पाउन्ड बाहिर खान नपाएर मरेका जनताको लासको लस्कर देखेको छु ।’ यस्ले उत्पादन, वितरण र भण्डारण समूदायको स्वामित्वमा भएन भने खाद्य गोदामकै कम्पाउन्डबाहिर भोकका कारण मरेका मानिसको लासको लस्कर देखिन्छ ।

 डेनमार्कले अमेरिकी कृषि उपजले आफ्नो उत्पादनलाई विस्थापन गरेकाले व्यापार घाटाका कारण देशले संकट व्यहोर्नुपर्ने भएपछि कृषि सहकारीको विकास र विस्तारबाट राष्ट्रिय अर्थतन्त्रलाई संकटबाट जोगाउन सफल भयो ।

यसरी हरेक संकटका बेला समाधानका लागि गरिएको व्यवहारिक अनुभवबाट सृजित सामाजिक व्यवसाय सहकारी भएको कुराको विषयमा हामी धेरै उदाहरण दिनसक्छौं । आजको जर्मन १८४९ तिर यस्तो थिएन । देशमा ९० प्रतिशत जनता ऋणमा डुबेका थिए । यस्तो अवस्थाबाट उकास्न बचत तथा ऋण सहकारीको स्थापना गरि ‘एकका लागि सबै र सबैका लागि एक’ भनेर एफ डब्लु राइफाइसनले गति दिएको सहकारीले आजको जर्मन हुनमा ठूलो योगदान गरेको छ ।

रवर्ट ओवेन, डा. विलियमन किङ्ग, विलियम थमसन र एफ डब्ुल राइफाइसनले उठाएको सहकारी अभियामा आज संसारका १ अर्ब ३० करोड मानिस सदस्य भएका छन् । सबै खाले समस्या र संकटलाई सामना गर्न सक्षम सहकारीकर्मीलाई संगठित भएर काम गर्न प्रेरित गरेका छन् ।

विश्वमा भएका द्वन्द र त्यसको समाधानमा सहकारी

संसारमा जति पनि द्वन्द भए त्यो द्वन्दका पछाडी धार्मिक असहिष्णुता, जातिय असहिष्णुता, वर्गिय असमानता, साँस्कृतिक विविधताका कारण रहेका छन् । विश्वमा जति पनि क्षति भएको छ, रोगव्याधी, महामरीभन्दा पनि उक्त कारणले मानविय र भौतिक क्षति भएको इतिहास छ । सहकारीको दर्शन, सिद्धान्त र मूल्य मान्यतामा कुनै पनि सहकारी सदस्य र त्यसका अगुवाहरुले जात, भाषा, धर्म, क्षेत्र, लिङ्ग, रुपरंग र वर्गका आधारमा विभेद गर्न पाइदैन, त्यति मात्र होइन राजनीतिक आस्थाका आधारमा विभेद गर्न पाइदैन । यसले गर्दा सहकारी सामाजिक व्यवसायको विकासको क्रमसँगै शान्ति, समानता र विकासको गतिलाई अघि बढाउन भूमिका निभाउने क्षेत्र पनि हो । त्यस्तै प्राकृतिक विपत्ति, सुख्खा, खडेरी, महामारी, महाभूकम्प, रोगव्याधीबाट सृर्जित विषम परिस्थितिमा सम्पूर्ण सहकारीले आफ्नो सामाजिक उत्तरदायित्वकै रुपमा रोगव्याधी र विपत्तिका विरुद्धमा सबै प्रकारबाट सहयोगी भूमिका निभाउँछन र निभाउनु पर्छ ।

प्रथम विश्वयुद्धको बेला र त्यसपछि दोस्रो विश्वयुद्ध र त्यसपछि पनि अनेकताकाबिच एकता गर्न प्रेरित गरेकै कारण युरोपियन युनियन गठन गर्ने आधार सहकारीले बनाएको हो भन्दा फरक पर्दैन । अहिले पनि महामारी र विपत्तिमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण छ ।
संसारका विभिन्न देशमा यस्ता उदाहरण छन् । रुवान्डामा शान्ति स्थापना र त्यसपछि एक अर्का समुदायप्रतिको सद्भाव निर्माण गर्न, वोस्नीया हर्जगोविनामा भएको द्वन्द न्युनिकरण गर्न र द्वन्द समाधान पछि पारस्परिक सद्भाव निर्माण गर्न, सहकारीको भूमिका अति नै महत्वपूर्ण छ । यसैगरी कोलम्बिया द्वन्द्व समाधान पछि आपसी सद्भाव निर्माण गर्न सहकारीको भुमिका अत्यन्त ऊर्जावान छ ।
रोगव्याधी, बाढिपहिरो, भूकम्प, सुनामीका बेला सम्बन्धित स्थानका सहकारीले महत्वपूर्ण भूमिका निभाएका छन् । अहिले कोरोना भाइरसको महामारीबाट नागरिक हितका लागि पनि उल्लेखनीय योगदान पु¥याएको छ । सचेतना अभियानमा, अप्ठ्यारोमा परेकाहरुलाई सहयोग पु¥याँउन महत्वपूर्ण योगदान गरेका छ । (यसबारे सहकारी स्वायत्तता र स्वतन्त्रता पुस्तककको ३५ देखि ४१ पृष्ठमा विशेष छ ।)

विश्वमा घटेका महामारिका घटनाहरु :

विश्व महामारिका अनेक शृखला छन् । यस्ता महामारीका विषयमा विश्व प्रसिद्ध टायम पत्रिकाका पत्रकार जो प्रसिद्ध दार्शनिक, इतिहासकार अनेक पुस्तकका लेखकसमेत रहेका युभल नेह हरारीका भनाइबाट सूरु गर्नु उपयुक्त मानेको छु । हरारी भन्छन्,‘अहिलेको विश्व व्यापीकरण हुनुभन्दा पहिले पनि यस्ता महामारी फैलिएको थियो । जस्ले विश्वका धेरै देशलाई यो महामारीले लपेटेको थियो । सन् १३४७ बाट दश बर्षभन्दा लामो समय महामारीका कारण विश्वका झन्डै २५ प्रतिशत मानिसको ज्यान लिएको थियो । इटालीबाट सुरु भएको ब्लाक डेथ नामको महामारीले आमरुपमा विश्वभरि र खास रुपमा इपिसेन्टर युरोप भएको यो ब्लाक डेथले २० करोडभन्दा बढि मानिसको ज्यान लिएको थियो । यसैगरि उनीभन्छन, ‘सन १५२० मार्चमा युरोपबाट फ्रांसिस युत्रिया नाम गरेका विफर लागेका मानिस मेक्सिको पुगेका थिए । ति विफर पिडित व्यक्तिबाट मेक्सिको पुगेका व्यक्तिबाट विफर रोग सरेर मध्य अमेरिकी देशका कुल जनसंख्याको एक तिहाई जनता विफरबाट मृत्युको मुखमा पुगेका थिए ।’

उनी थप्छन्, ‘सन १९१८ मा फैलिएको स्पानिस ल्फुबाट विश्वका ५० प्रतिशत मानिस संक्रमित भएका थिए र एक बर्षमा करिब १० करोडको ज्यान गएको थियो ।’ यो स्पानिस प्लुबाट हाम्रो छिमेकी भारतमा पनि ५ प्रतिशत मानिसको ज्यान लिएको थियो ।

त्यसबेला अहिले जस्तो यातायात सुविधा थिएन । संचार व्यवस्था पनि थिएन । अहिलेको जस्तो २४ घन्टामा विश्वको कुनै पनि भागमा पुग्न सकिने अवस्था थिएन । केहि घन्टामै न्युजिल्यान्ड देखि क्यामरुन अलास्का देखि न्युजिलेन्ड पुग्ने अवस्था थिएन । तर त्यसबेला पनि रोग फैलिएको थियो । अहिले कसैलाई दोष लगाएर पन्छन मिल्दैन । यो विश्वव्यापी समस्या हो मिलेर समाधान गर्नुपर्छ । कोरोना महामारी रौनक विकसित युरोपियन देश र संयुक्त राज्य अमेरिकाले समयमा प्रयाप्त ध्यान दिएन । अमेरिकी राष्ट्र लकडाउन गर्न जन्मेको होइन, भनेर घमण्ड गरे । तर शक्ति सम्पत्ति र दम्भले रोक्न नसकिने कोरोना भाइरसले संसारमै सबैभन्दा बढि क्षति अमेरिका र विकसित युरोपियन देशमा भयो । वेवास्ताले ठूलो क्षति भयो । यति धेरे क्षति हुनुको मुख्य कारण विभिन्न देशबीचको आपसी विश्वासको कमीले नै हो ।
यो महामारीलाई परास्त गर्न वैज्ञानिक विज्ञ र सरकारको कामलाई विश्वास गनुपर्छ । एक राष्ट्रले अर्काे राष्ट्रलाई विश्वास गर्नुपर्छ । अमेरिकाले किनारामा बसेर रमिता हे¥यो । त्यस्को क्षति अमेरिका र विश्वले व्यहोर्नु प¥यो ।
यो कोरोना लगायतका महामारी यस्को उस्को होइन सिंगै मानव सव्यताको समस्या हो । कोरोना विरुद्धको लडाइमा कस्ले जित्ने भन्ने होइन । यसविरुद्ध सम्पूर्ण मानवताले जित्नुपर्छ । त्यसका लागि सिँगै विश्व एक भएर लड्नु पर्छ ।
सन् १६६५ मा लन्डन बाट शुरु भएको ल्लेग युरोप, उत्तर अफ्रिका पश्चिम एसियाका अरेवियन देश सबैतिर फैलियो । यो प्लेगको महामारीले लगभग ५ करोड मानिसको ज्यान लियो ।
विगतका महामारीहरु ब्लाक डेथ, प्लेग स्पानिस फ्लु, विफर, हैजा, सबको कारण भगवान रिसाएर लागेको रोगको महामारी भनिथ्यो । भर्खरै भनौ सन् १९६७ मा पनि विफरका कारण विश्वका करोडा भन्दा बढि पिडित भएका थिए । २० लाख जतिको त ज्यान नै गएको थियो । नेपालमा पनि धेरेको ज्यान लिएको थियो । हाम्रै गाउँ बस्ती र नातागोताको समेत ज्यान लिएको थियो । यस्तो महामारीको रुपमा फैलिएको विफर सन् १९७९ बाट विफर विरुद्धको लडाइनमा वैज्ञानिकहरुको अथक प्रयासबाट विश्वबाटै विफर उन्मुलन गर्न सफलता प्राप्त भएको छ ।
वर्तमान शताब्दीमा पनि एड्स, इबोला, स्वायन फ्लु र अहिले कोरोनाले महामारीको रुप लिएको छ । मलाई विश्वास छ । विज्ञान र वैज्ञानिकले यसलाई पनि परास्त गर्ने छन् ।
चौथो शताब्दीदेखि माथि उल्लेखित महामारीले भयानक क्षति पु¥याउँदै आएको छ । जति जति महामारीले क्षति पु¥याउँदै गयो । उति उति राज्य मासिनको घर घरमा पुग्दै गयो । व्यक्तिगत स्वतन्त्रता राज्य मातहत हुँदै गयो । महामारी रोकथामका क्रममा जनतालाई महामारीलाई रोक्ने उपायको जनचेतना दिने क्रममा शिक्षा, स्वास्थ्य, रोजगार आवासको व्यवस्थामा राज्यले भूमिका खेल्दै गयो । पूवार्धार विकास, खानेपानी आदिको व्यवस्था लानेक्रम सँगै राज्य जनताको घर घरमा पुग्यो ।
महामारीले काठमाडौंलाई पनि लपेटामा लिएको कुरा भोटबाट काठमाडौं क्रिश्चियन धर्म प्रचार गर्न आएका इमानियल फेयरले आफ्नो आत्म बृत्तान्तमा लेखेका छन् । उनी सन् १७७२ मा काठमाडांैं आएका थिए । पोर्चुगलका यी कृश्यिचन धर्म प्रचारक, काठमाडौमा ५ महिना बसेर अध्ययन गरेर लेखेको कुरा बताएका छन् । उनी भन्छन् ‘१७७२ मा काठमाडौंमा ठूलो महामारी भयो । १७७२ देखि १७७९ सम्म भएको महामारीकै कारण राजा भाश्कर मल्लको निधन भएको थियो । भाश्कर मल्लमात्र होइन काठमाडौंमा ज्युँदा देवीको रुपमा पुजिने ३ जना कुमारी समेत १८७१४ जनाले महामारीका कारण ज्यान गुमाएका थिए । त्यति बेला काठमाडौंमा १८००० घर थिए । त्यो महामारीका क्रममा पहिले मुसाहरु भटाभट मरे त्यसपछि चरा चुरुङ्गी मरे , त्यसपछि मान्छे मर्न थाले । यहाँ १८७१४ मान्छे मर्नु भनेको घरैपिच्छे मान्छे मरेको बुझिन्छ । यो कुरा डा. महेश राज पन्तले लेख्नु भएको थियो ।
महामारीकै सन्दर्भमा मासाच्युसेट इन्स्टुच्युट अफ टेक्नोलोजीका प्रोफेसर एवं एरिजोना विश्व विद्यालयका लारियट प्रोफेसर १२० भन्दा बढी पुस्तकका लेखक विश्व प्रसिद्ध दार्शनिक लेखक र विश्लेषक श्री नोम चोमसस्की भन्छन्, ‘अहिले संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारीले उग्ररुप लिएको छ । यस्तो उग्ररुपले विश्वकै कोरोना भाइरसको इपिसेन्टर हुनुमा त्यहाँका राष्ट्रपति डोनाल्ट ट्रम्पले समयमा होसियारी नअपनाएर हो । समयमा होशियारी अपनाएको भए यति ठूलो क्षति हुने थिएन । अरुलाई दोष दिएर बस्ने नवउदारवादी कट्टरपन्थी दृष्टिकोणले देखाएको छ । हरेक विषयमा नाफाबारे मात्र तत्परता देखाउने चिन्तनको परिणाम हो यो घटना । विश्वको शक्तिशाली आर्थिक हैसियत, विज्ञान प्रविधिको हैसियत भएको देशमा रोग परिक्षण उपकरण समेतको व्यवस्था हुन नसक्नु दुःखद हो । स्वास्थ्य शिक्षा र राष्ट्रिय सुरक्षा जस्ता विषयमा पनि राज्यको हस्तक्षेप हुनु हुँदैन भन्ने सबै कुरा निजी क्षेत्रमा भर पर्ने दृष्टिकोणकै कारण ट्रम्पले हस्तक्षेप गर्न हिचकिचाएकोले कोरोनाको महामारीले उग्ररुप लिएको हो । स्वास्थ्य क्षेत्रमा पनि राज्यको भूमिका कमजोर भएकाले ५० वटै राज्यमा कोरोना महामारीले उग्ररुप लियो ।’
यस विषयमा नोमचोम्स्की भन्छन्, ‘पूँजीपति वर्गलाई फाइदा हुने भए, औषधी कम्पनीलाई फाइदा हुने भएमात्र तिनले तत्परता देखाउँछन । अहिलेको अमेरिका जस्तो शक्तिशाली देशमा प्रयाप्त मात्रामा भ्यान्टिलेटर र परिक्षण उपकरणको व्यवस्था नहुँदा धेरैको ज्यान जाने अवस्था आयो । यस्ता नागरिक सुरक्षा र सार्वजनिक सुरक्षाका विषयमा अमेरिकी जनताले विकराल रुप व्यहोर्नु प¥यो । यो सबै असफलताको कारण नवउदारवादी आर्थिक नीति जिम्मेवार छ ।’
यसै गरी भारतीय चर्चित अभिनेता अनुपम खेर भन्छन्,‘कोरोना भाइरसले मानिसको औकात देखाइदियो । बल्ल मान्छेले जिवनको मुल्य बुझ्न थालेका छन् । हतियार धन दौलत, हैसियत गाडि बंगला सम्पत्ति, शक्ति सबैलाई आँखाले देख्न पनि नसकिने भाइरसले निस्तेज, शिथिल र निरिह बनाइदियो ।’

कोरोनाले कसैलाई छोडेन

संसारका उच्च ओहदामा रहेका धन, दौलतले भरिपूर्ण भएका देखि लिएर सर्वसाधारण व्यक्ति झुपडीमा बसेका अत्यन्त कमेजार वर्गका सिमान्तकृत समुदायमा कोरोनाले आक्रमण गर्न विभेद गरेको छैन । उपचार र सुविधाको उपलब्धतामा फरक अवस्था छ । त्यसैले जीवन गुमाउनेमा सिमान्तकृत समुदायका बढि छन् । यसका लागि केहि उदाहरणको संकेत गर्न आवश्यक मानेको छु ।

 साउदी अरबका राजा सल्लमान, उनका छोरा राजकुमार कोरोना पिडित भए ।

 लिवियाका पूर्व प्रधानमन्त्रीको कोरोनाकै कारण मृत्यु भएको छ ।

 वेलायतकी महारानी एलिजावेथ र त्यहाँका राजकुमार र प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोनाका कारण आइसीयूमा बसेर उपचार गराए । कोरोनाले विकसित र अविकसित देश भनेन । धनि देश र गरिव देश भनेन । सबै वर्ग तह समूदाय र देशमा यो महामारीले आफ्नो लपेटामा लियो । विश्वका २१२ देशका लाखौं लाखलाई आफ्नो लपेटामा लियो । लाखौं लाख संक्रमित भए । लाखौं निको भएर घर पनि फर्के । केहि लाख मानिसले ज्यान गुमाए ।

ज्यान गुमाउनेमा झुपडीमा बस्ने देखि लिएर ठूला महलमा बस्ने पनि छन् । संसार थर्काउने युद्धवीरहरु पनि ज्यान गुमाउन बाध्य भए । यसै क्रममा शिक्षाविद् रामप्रसाद अधिकारले लेख्नुभएको छ ।

‘घमन्ड खोक्रो रहेछ
अन्तिममा परिवार नै नजिकको साथी रहेछ
पैसा र धन दौलतको धाक बेकार रहेछ
मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वार, चर्च होइन
अस्पताल र डाक्टरकै खाँचो हुने रहेछ
जीवनका लागि प्लटिङ्ग होइन, खेति गर्नुपर्ने रहेछ
रिस, राग, क्रोध, छलकपट, ईस्या, दुस्मनी
फगत बेकार रहेछ ।’

विश्व प्रसिद्ध व्यक्तिहरुले यो महामारीको विषयमा पस्केका विचारलाई पनि यहाँ चर्चा गर्न उपयुक्त ठानेको छु ।

महामारी विज्ञ लि. डब्लु रिले, रोवर्ट स्नोइडर, इमाराफेल, यी तिनै जनाले आफ्नो विचार न्यूयोर्क टाइम्स मार्फत भनेका छन् :–
‘हवाइजहाज र क्रुज जहाजमा यात्रा गर्ने क्षमता भएका व्यक्तिहरुबाट नै कोरोना विश्वव्यापी रुपमा सार्न भूमिका खेलिएको भए पनि अहिले सबैभन्दा बढि जोखिममा भने सिमान्तकृत समुदाय परेका छन् ।घनावस्तीमा बस्ने, झुपडीमा बस्ने, सुकुम्बासी बढी मारमा परेका छन् । विश्वभरिमा १ अर्ब भन्दा बढि मानिस सुकुम्बासी बस्तीमा बस्ने गर्छन् । स्वच्छ पिउने पानी नभएको सरसफाइ नभएको, गुणस्तरीय घरबास नभएको भीडभाडयुक्त असुरक्षित बसोबास भएका नियमित आयस्रोत नभएका बस्तीलाई सुकुम्बासी बस्ती भनिन्छ । यस्तै स्थानमा महामारीले पनि बस्तीमा बढि आक्रमण गर्ने खतरा हुन्छ ।’

विश्वका ठूला ठूला सुकुम्बासी बस्तीहरुमा
 भारतको बम्बे शहर नजिकैको धारावी

 पाकिस्तानको कराँची नजिककै ओरंगी टाउन

 फिलिपिन्सको मनिलाको शरणार्थी क्याम्पमा पनि कोरोना भेटिएको छ ।

यसैगरी सुकुम्बासी बस्ती केवल विकासोन्मुख देशमा मात्र सिमित छैन । विकसित देशमा पनि छन् ।

 सियाटल, न्युर्योक, लस एन्जल्स, ओकल्यान्ड, क्यालिफोर्निया नजिकै पनि यस्ता बस्ती छन् ।

 लन्डन शहर नजिकमा पनि सुकुम्बासी बस्तीहरु छन् । यी बस्तीमा माहामारीको खतरा बढी हुन्छ । यस्ता झुपडीमा खुला हावाको लागि झ्याल हुँदैन । धुवायुक्त चुलोमा खाना पकाउने गर्दछन् । पौस्टिक आहार र स्वास्थकर खाना उपलब्ध हुँदैन । यस्ता भुपडीका सिमान्तकृत जनता शासकको नजरमा परेका हुँदैनन् । रोग लागेपछि उपचारमा पनि नजर पुग्दैन । यस्ता वस्तीका विरामीले आइसीयू, भ्यान्टिलेटरको सुविधा पाउँदैनन् । यहाँ असंगठित दैनिक ज्यालादारी मजदुर बस्ने हुँनाले बढी असुरक्षित हुन्छन् । अहिलेको लकडाउनका बेला यीनीहरु झन् झन् समस्याग्रस्त छन् । अहिलको कोरोनाको महामारीका कारण उक्त बस्ती, क्षेत्र र यस्तै यस्तै वस्तीका जनताको समस्या गम्भिर भएकोछ । घर छाडेर टाढा गएर ज्यालादारी श्रम गर्नेहरुको समस्या परेको विश्वका अर्बभन्दा बढि श्रमिकको अवस्था नाजुक भएको छ ।
नेपालबाट केहि हप्ता अध्ययन भ्रमणका लागि अमेरिका गएका बद्री विनोद प्रतिक अमेरिकामै लकडाउनमा फसे । अमेरिकामा लकडाउनमा रोकिनु परेका प्रतिकले कोरोना भाइरस प्रभावित अवस्थामा अमेरिकी जनताले कस्तो अनुभव गरिरहेका छन् भन्ने बारे लेखका छन् । उनी भन्छन्,
‘म यतिबेला न्यूयोर्कसँग जोडिएको न्युजर्सीमा छु । म २÷३ महिना अध्ययन र घुमघाम गरेर नेपाल फर्कने गरी यता आएको थिए । तर, अहिले भिडबाट बच्न कोठामै थुनिएकोछु । म अहिले महाशक्ति भनिएको अमेरिकाको हविगत देखेर छक्क छु । ग्रोसरीमा पाउरोटी, मासु र ट्वाइलेट पेपर किन्न गएकोहरु त्यो किन्न नपाएर रुदै रुदै फर्किएको लस्कर मैले देखे । संसारको सानाभन्दा साना देशहरु कोरोना विरुद्धको लडाइको योजना बनाएर सफल भएका छन् । तर अमेरिका जस्तो देश भने कोरोनाको सिरानी हालेर सुतिरहेको जस्तो लाग्यो । जब म नेपालबाट अमेरिका आइपुगे । त्यति बेला मलाई लागेको थियो । म सुरक्षित र सुव्यवस्थित ठाउँमा छु । तर अमेरिकाको सुरक्षा कवज हेर्दा हेदेै कोरोनाले खोसेर लग्यो । अहिले सिमित साधन स्रोतका बिच नेपाल सुरक्षित साथ रहेको समाचारले मलाई गौरव बोध भएको छ । अमेरिकाको अस्तव्यस्ता र राज्यको नागरिक प्रतिको गैरजिम्मेवार रवैया देखेर त्यस्तो मामिलामा अमेरिका भन्दा नेपाल निक्कै अगाडि रहेछ भन्ने लाग्यो । जीवनको मूल्य नेपाल जस्तो अमेरिकामा रहेनछ । यहि हविगत हेरेर एउटा घरमा विना कसुरको बन्दी भएर बसिरेको छु । यहाँ मैले नेपालमा जस्तो सुरक्षित महसुस गर्न सकिरहेको छैन ।’

कोरोनाले विश्व व्यवस्थामा कस्तो प्रभाव पार्ला ?
भारतीय प्रसिद्ध अर्थशास्त्री दार्शनिक र नोवेल पुरस्कार विजेता अमत्र्य सेनले फिनायन्सियल टाइम्समा भनेका छन्,‘यो महामरी पछिको विश्व कस्तो होला ?असमानता र विभेद व्याप्त छ, थियो, संयुक्त राज्य अमेरिका मै दशौं लाख उपचारबाट बंचित थिए । युरोपियन युनियन भित्रका देशहरुमा पनि गरिव र सिमान्तकृत जनताहरुमा सार्वजनिक सेवा पु¥याउ सकेन । अहिले युरोपियन युनियन भित्रका प्राय सबै देशमा दक्षिणपन्थी अप्रजातान्त्रिक शक्ति राजनीतिमा हावी हुँदै छन् । यो कोरोना माहामारी पछि उक्त अवस्थामा परिवर्तन ल्याउँला ? आशा छ, यो कोरोना माहामरी पछि अब सार्वजनिक सेवामा राज्यको भूमिका बड्ने छ । दोस्रो विश्वयुद्ध पछि संयुक्त राष्ट्र संघ जन्मियो र विश्व बैंक पनि जन्मियो । मेरालिनले ‘हामी फेरी भेट्नै छौं’ भन्ने गीत गाएजस्तै हामी फेरी उठ्ने छौं । जित्ने छौं । दोस्रो विश्वयुद्ध अघि बेलायतमा पनि कुपोषणको समस्या थियो । दोस्रो विश्वयुद्ध पछि सिमान्तकृत जनताले पहिले भन्दा राम्रो खाद्यान्न सुविधा पाए । लोककल्याणकारी अवधारणाले स्थान पाउन थाल्यो । १९४८ पछि ब्रिटेनमा पहिलोपटक राष्ट्रिय सेवा दिने पार्क हस्पिटल मेनचेस्टरमा स्थापना भयो । अहिलेको कोरोना महामारीले अमेरिकामा अश्वेतहरु सबै भन्दा बढि सिकार भएका छन् । सिकागोमा कुल जनसख्याको ३३ प्रतिशत मात्र अश्वेत छन् तर कोरोनाले मर्नेमा अश्वेतहरु ७० प्रतिशत छन् । भारत लगायत अन्य देशमा पनि सिमान्तकृत जनता धेरै सिकार भएका छन् । यो कोरोना माहामारी पछि धेरै खाले विभेदलाई सम्बोधन गर्ने कोसिस गरिएला?’

अमत्र्य सेनले विश्वव्यवस्थामा परिवर्तन ल्याउन आर्थिक, सामाजिक, साँस्कृतिक विभेदलाई न्युन गर्न नयाँ कदमको अपेक्षा गरेको छन् ।
अमेरिकाका अग्रणी र चर्चित कुटनितिज्ञ हेनरी किसिंजरले द वालस्ट्रिट जर्नलमा भनेका छन्,‘ कोरोना महामारीले सदाका लागि विश्वव्यवस्था परिवर्तन गर्ने छ । कोरोना जस्तो महाव्याधि विरुद्ध एक भएर लड्नुपर्ने बेलामा साँधुरो घेरामा अल्झिएर बस्नु गलत हुन्छ ।’
विगतमा भएका व्लाकडेथ जस्ता महामारीले क्षति पु¥याएर लाखौं लाखको मृत्यु भएपछि जमिनदारी शोषण, बेगारी (सित्तैमा काम लगाउने प्रचलन) लगाउने प्रथा विरुद्ध १३८१ मा ठूलो किसान विद्रोह भयो । विद्रोह पछि सारा जमिनको स्वामित्वमा भएको भूमि किसानको स्वामित्वमा गयो । यसरी सामन्ती भूमि व्यवस्थामा महत्वपूर्ण परिवर्तन भयो । यसै गरी अहिलेको कोरोना माहामारी पछि पनि विश्व व्यवस्थामा महत्वपूर्ण परिवर्तनको सम्भावना छ ।

यतिखेर अमेरिकाका धनाढ्य विलगेट, चीनका धनाढ्य ज्याक मा, भारतका धनाढ्य रतन टाटा जस्ता अरबपतिहरुले नै धन होइन, जीवन रक्षा प्रमुख हो भनेर उदारतापूर्वक महामारी विरुद्धका लागि ठूलो धन राशी सहयोग गरेका छन् । उक्त ३ जना छाडेर संसारका अरु धनाढ्य त्यति उदार देखिएनन् । नेपालकै पनि शेष घले बाहेक अरुले दिल खोलेर सहयोग गरेको देखिएन । वास्तवमा विश्व व्यवस्था र सोचमा ठूलो परिवर्तन आवश्यक छ । अब अस्पताल, औषधी उत्पादन लगायत अत्यावश्यक वस्तु उत्पादन र वितरणमा राज्यको भूमिका र सहकारीको भूमिका अपरिहार्य देखियो । राजकीय र सहकारी सामाजिक व्यवसायको आवश्यकता औचित्य र महत्वबोध भएको छ । केहिलाई छोड्ने हो भने निजी क्षेत्र मुनाफाकै लागि मात्र सक्रिय भएको देखियो । अब हाम्रो जस्तो देशमा सार्वजनिक संस्थानहरुको थप आवश्यकता महसुस भएको छ । देशका योजनाविद्, अर्थशास्त्री र नीति निर्माताले यसबारे गम्भिर हुन जरुरी छ । टोलैपिच्छे निजी अस्पताल भए पनि महामारीको बेला सरकारी अस्पतालकै आवश्यक परेको छ ।

यस्तो अवस्थामा विश्व महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ट ट्रम्पको व्यवहार सकारात्मक देखिएन । विश्व स्वास्थ्य संगठनलाई दिदै गरेको सहयोग बन्द गर्ने घोषणा गरेका छन् । विश्व स्वास्थ्य संगठनका निर्देशक जनरल टोडरेस आधानिभ विएसले भने,‘कोरोना महामारी रोग हो । विश्वका सबै मिलेर रोग विरुद्धको सामना गर्नुपर्छ । कोरोना रोगमा राजनीतिकरण गर्नु हुँदैन ।’ त्यस्तो नगर्न सबैलाई अनुरोध गर्नु भयो । वहाँको त्यो विचार प्रस्तुत गरेको भोलिपल्ट महानिर्देशकले कोरोना फैलिएको १०० दिन पुगेको सन्दर्भमा पत्रकार सम्मेलन आयोजना गरेर, आफूलाई हत्या गर्ने धम्की आएको छ भन्दै स्थितिको गम्भिरतालाई दर्शाएका थिए । यो घटना सामान्य होइन । विश्व व्यवस्थालाई नै चुनौती दिने उद्देश्य अन्तरनिहित देखिन्छ । यसरी विश्व व्यवस्थालाई जनमुखी बनाउन विश्वका ४ अर्बभन्दा बढि गरिवीको रेखामुखी रहेका जनता र १ अर्ब भन्दा बढि स्लममा बस्ने जनताको जीवनमा परिवर्तन ल्याउन महत्वपूर्ण परिवर्तनको आवश्यकता छ । हरेक महामारीले सबैलाई प्रभावित गर्ने भएता पनि सबैभन्दा पिडा तल्लो बर्ग, श्रम्रिक वर्ग र असंगठित क्षेत्रमा काम गर्ने ज्यालादारी मजदुरले व्यहोर्नु परेको हुन्छ । सबैभन्दा पहिले रोजगारी गुमाउने र न्युनतम आधारभुत आवश्यकताको पहँुच बाहिर रहनु पर्ने तिनै वर्ग हुन् । यो कोरोनाले पनि तिनै वर्गलाई बढि आक्रान्त गरेको छ । यस्तो अवस्थामा सामाजिक न्याय उत्पादन बृद्धि र समतामुलक वितरण प्रणाली सहितको लोककल्याणकारी राज्य व्यवस्था, राज्य, सहकारी र निजी सहितको तीन खम्बे अर्थ नीतिको आवश्यकता टड्कारो देखिएको छ ।

कोरोना महामारीले आर्थिक सामाजिक क्षेत्रमा पारेको प्रभाव

आर्थिक, सामाजिक क्षेत्र अत्यन्त सम्वेदनशिल क्षेत्र हो । महामन्दीलगायतका संकट आउनु कुनै प्राकृतिक र कुनै मानव निर्मित हुने गर्छ । भुकम्प जानु, सुनामी आउनु, ज्वालामुखि फुट्नु , पृथ्वीमा तापमान बृद्धि हुँदै जानु, ओजन पत्र पातलिदै जानु र प्वाल पनु, ब्लाकडेथ, प्लेग , स्पानिस फ्लु, कोरोना भाइरस, प्रथम विश्वयुद्ध दोस्रो विश्व युद्ध लगायतका कतिपय प्राकृतिक र कतिपय मानव सिर्जित ढंगले संकट समस्या र मन्दीहरु आउने गर्छन् । मानव सिर्जित समस्यालाई शिक्षा, सम्वाद र सुधारात्मक कदमबाट न्युन गर्न सकिएला तर प्राकृतिक र महामारीलाई जस्तोसुकै शक्ति राष्ट्रले पनि रोक्न सक्दो रहेन छ ।

महामारीहरु आइसकेपछि त्यस्को दुस्प्रभाव केवल मानव जीवनमा मात्र होइन सिगै अर्थ व्यवस्थामा निकै नकारात्मक प्रभाव छाडेर जाने गर्छ । सन् १८२५–१८२९ को महामन्दीले पनि ठूलै क्षति पु¥यायो । यो महामन्दीले ग्रेटव्रिटेन लगायत युरोपका धेरै कम्पनीहरु टाट पल्टिएर यसै गरि सन् १९२९–१९३५को महामन्दीले पनि विश्वका ठूला अर्थतन्त्रमा ठूलो संकट ल्यायो । बेरोजगारी, गरिवी, भोकमरी, मुद्रास्फुर्तीले महा संकट ल्यायो । सन् १९१४देखि १९१७ को प्रथम विश्वयुद्ध, १९२९ देखि १९३५ को महामन्दी, १९३९ देखि १९४५ को दोस्रो विश्वयुद्धलगायतबाट उत्पन्न महामन्दी र आर्थिक संकटभन्दा अहिलेको कोभिड १९, कोरोना महामारीले त्योभन्दा ठूलो महामन्दी र आर्थिक सामाजिक संकट हुने देखिएको छ । कोरोना महामारी पछि विश्वको ७ अर्ब ८० करोड जनतामा सकृय श्रमशक्ति ४ अर्ब छन् । त्यसमा ३ अर्ब ३० करोड श्रमशक्ति लकडाउनका कारण निस्कृय भएर बस्न विवश छन् । सकृय श्रमशक्तिको दैनिक न्युनतम पारिश्रमिकको हिसाबले गर्दा हरेक दिन २०० अर्ब डलर बराबरको श्रम लकडाउनमा थन्किएका छन् । यसै कारण अब लकडाउन खुलेपछि पनि करोडौंको रोजगारी खोसिदैछ । विभिन्न क्षेत्रका रोजगारदाताले आफ्नो कामदार कर्मचारीलाई हटाउन थालिसकेका छन् । पर्यटन, हवाइ क्षेत्र, होटल तथा रेष्टुराँ, खेलाडीहरु, विभिन्न उत्पादक कम्पनीहरुले आफ्नो स्थायी कर्मचारीलाई नै हटाउने घोषणा गरिरहेका छन् । अनौपचारीक क्षेत्रका श्रमिकहरु जो सबैभन्दा धेरे छन् तिनको रोजीरोटी गुमेर बेहाल भैसकेका छन् । गत शताब्दी यता मात्र होइन सिंगै विश्व मानव इतिहामै बन्दाबन्दीको अवस्था अर्थात लकडाउनका कारण सक्रिय श्रमशक्तिको ८० प्रतिशत भन्दा बढि निस्कृय होम क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था इतिहास मै पहिलो पटक हो । विगतका माहामारी र विश्वयुद्धले सिंगै पृथ्वीमा प्रभाव पारेको थिएन । एक भागमा प्रभाव पर्दा अर्काे भागमा उत्पादन कार्य भैरहने अवस्था थियो । अहिले यो कोरोना माहामारीले विश्वका २१२ देशमै प्रभाव परेको छ । यसरी सिंगै विश्वमा आर्थिक सामाजिक, साँस्कृतिक क्षेत्रमा सबै खाले उत्पादन तथा वितरण कार्यमा पनि ठप्प हुने गरी प्रभाव पारेको यो पहिलो पटक हो । १९२९ देखि १९३५ को महामन्दीले विश्वको उत्पादन १४ प्रतिशतले घटेको थियो । अहिले त्यो भन्दा धेरे घट्ने कुरा विभिन्न अध्ययनले र इन्डिकेटरले देखाइरहेको छ ।

अब विश्व व्यवस्थामा व्यापक परिवर्तन हुन्छ र हुनुपर्छ भनेर विश्वका विभिन्न विद्धान, चिन्तकहरुले भन्न थालेका छन् । यसरी कोरोना भाइरसको माहामारी फैलिदै गएपछि र यस्ले विश्वको कुनै देशलाई नछोडेपछि विश्वका विद्धान चिन्तकहरुले वर्तमान विश्व व्यवस्थामा परिवर्तनको सम्भावना र आवश्यकताबारे विचार प्रस्तुत गर्न थालेका छन् । यसरी विचार व्यक्त गर्नेहरुमा हेनरी किंसिजर, जोसेफ थोमस, फिडम्यान जस्ता विश्वमा प्रभाव दिन सक्ने व्यक्तित्वहरुले खुलेरै भन्न थालेका छन् । ‘कोरोना माहामारीले विश्व व्यवस्थाा र शक्ति सन्तुलनमा उथलपुथल ल्याउँछ ।’

यसैगरि रेनमिन विश्वविद्यालयका प्राध्यापक वाङ वेनले भनेका छन्,‘महामारीको इतिहासले भन्छ अबको विश्व उस्तै रहन्न । विगत ५ हजार बर्षको मानव इतिहासमा माहामारीकै कारण ठूला ठूला साम्राज्य पतन भएको इतिहास छ । प्लेगको महामारीले धेरै साम्राज्यको सामाजिक उथल पुथल भोकमरी, लुटपाटलगायका अनपेक्षित पतनको सामना गर्र्नुुपरेको थियो । सन् १९१८ को प्रकृति र मावन बिचको विश्व व्यापी द्वन्दका कारण उत्पन्न समस्या समाधान गर्न वैज्ञानिकहरुले माहामारीसँग लड्न आधुनिक चिकित्सा प्रविधिको विकास गरेर त्यसभन्दा यता अमेरिकी चिकित्सकहरुले तिनका संयन्त्र र त्यस क्षेत्रले उल्लेखनीय उपलब्धी हासिल गरेका थिए । चिनियाहरुले अमेरिकी प्रगतिबाट सिक्नु पर्छ । यसैगरी अहिले कोरोना माहामारी नियन्त्रण गर्न चिनिया चिकित्सक र वैज्ञानिकहरुले अग्रणी भूमिका निभाएर जुन उपलब्धी हासिल गरेका छन् । यसबाट विश्वले सिक्नु पर्छ ।

सन् १२७९ देखि १३६८ सम्मको भिषण युद्ध र प्लेग माहामारीका कारण चीनको युआन साम्राज्य तहस नहस भएको थियो । यो माहामारी पछि पनि चीनमा जमिन्दारी प्रथा हट्न सकेन कायमै रह्यो । तर त्यसबेला युरोप र पश्चिमी राज्यमा जमिन्दारी प्रथामा परिवर्तन गरेर अघि बढेका कारण ज्ञान र विज्ञानको माध्यमबाट पश्चिमा राज्यले विश्वको नेतृत्व लिन सफल भए ।

यो कोरोना माहामारीले विश्वको आर्थिक, सामाजिक व्यवस्थामा महत्वपूर्ण परिवर्तनको अपरिहार्यता देखाएको छ । विगत ४ दशकदेखिको नवउदारवादी आर्थिक व्यवस्थाले समाजका बहुसंख्यक श्रमजिवी जनताको हकहित र इज्जतका लागि राम्रो नतिजा दिन सकेन ।
अनियन्त्रीत बजार अर्थ व्यवस्थाले नाफा जति निजीको र घाटाजति सामाजिक दायित्वभित्र पारिने परिपाटी भयो । यसमा व्यापक परिवर्तका लागि यो कोरोना माहामारीले आधार निर्माण गरेको छ । नवउदारवादी अर्थतन्त्रले क्रमशः क्यापिटललिजतर्फ घचेठ्दै लगयो । सिमित व्यक्तिमा राज्यको सम्पत्ति केन्द्रीकृत हुँदै जाने सार्वजनकी क्षेत्र दिन–प्रतिदिन कमजोर हुँदै जाने अवस्थाका सृजना भयो । स्रोत–साधान, अवसर र शक्ति केन्द्रीकृत हुँदै जाने र यसका कारण गरिवीका रेखामुनीका जनता र अझ सिमान्तकृत जनताको संख्या बड्दै जाने देखियो । अब राज्य, सहकारी र निजी तिनै क्षेत्र प्रभावकारी हुने सिमान्तकृत र गरिवीको रेखामुखीका जनताको विकास र उत्थानका लागि राज्यको क्षमता बृद्धि गर्ने, छरिएको पुँजी, श्रम, सिप र क्षमताको विकासमा सहकारीको भूमिका सशक्त र सक्षम बनाउने पुर्वाधारमा राज्यले लगानी गर्ने संयुक्त राष्ट्रका तत्कालिन महासचिव कोफी आननको प्रस्तावनामा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रले हस्ताक्षर गरेर स्विकार गरेको दिगो विकास लक्ष्यका सबै बुँदालाई विश्वव्यापी कार्यन्वयन गर्न जरुरी छ । यस्का लागि संकट पर्दा राज्यको भूमिका कति आवश्यक रहन्छ भन्ने कुरा संसारका सबै धनी, गरिव र साना, ठूला सबै देशले महसुस गरेको हुनुपर्छ ।
यो कोरोना माहामारीका क्रममा ऐतिहासिक कमाई गर्ने पनि देखिए । अमेकिराको इन्टिच्युट फर पोलिसी स्टडीको अध्यापन अनुसार अमेजनका संस्थापक र संसारकै धनी मध्येका एक जेफ बेजोसले सन् २०२० को जनवरीदेखि अप्रिल १५ सम्मको अवधिमा मात्र २५ अर्ब डलर मुनाफा कमाएका छन् । त्यस्तै टेस्लाका कार्यकारी प्रमुख एलन मस्कले पनि यहि अवधीमा ५ अर्ब डलर कमाएको कुरा उक्त अध्ययनले बताएको छ । यसै गरी कमाउनेमा एरिक युआन, माइक्रो सामटरिम, स्काइपका स्टेभ वल्भरलगायतका ३४ अर्बपतिहरुले प्रसस्त कमाएका छन् ।

कोरोना भाइरसको सांस्कृतिक क्षेत्रमा प्रभाव
इतिहासमा नै पहिलो पटक विश्वभरिका सबैखाले धार्मिक तथा सांस्कृतिक कार्यक्रम स्थागित भए । बेलायतकी महारानीको ९३ औं बर्षको इतिहासमा पहिलो पटक जन्मोत्सव मनाइएन । यस बिचमा आइपर्ने हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चियनलगायत कुनै पनि धर्मालम्बीहरुको धार्मिक कार्यक्रम मनाइएन । नेपालमा मनाइने ऐतिहासिक महत्वका मेला, जात्रा, उत्सव सबै स्थगित भए । यसबिचमा विवाह, ब्रतबन्द, क्षेवरलगायतका कर्मकाण्ड पनि धुमधामसाथ गरिएन । यदि गर्नैपर्ने कार्यहरुमा आफ्नै घरपरिवारका सदस्यमात्र उपस्थित भएर अत्यन्त छरितो तरिकाले गरियो । यतिसम्मकी मृत्यु संस्कारमा पनि घरपरिवारका सदस्य र नगै नहुने केहिबाहेकको उपस्थिति भएन । यो अवस्था नेपालको मात्र होइन, संसारैभरि यहि नियम लागु भयो । समग्रमा कारोना माहामारीका कारण आर्थिक, सामाजिक, सांस्कृतिक गतविधि स्थगित भए । जापानको टोकियोमा हुने ओलम्पिकसहित विश्वका प्रतिष्ठित खेलकुदका सबै कार्यक्रम स्थगित भएकाले लाखौं खेलाडी बेरोजगार भएर अरबौं डलरको कारोबार स्थगित भयो । अन्तर्राष्ट्रिय सहकारी महासंघ, आइसीए एपीका असंख्य कार्यक्रम स्थगित भए । नेपालमा चैत २० गते मनाइने ६३ औं राष्ट्रिय सहकारी दिवसलगायतका धेरै औपचारिक कार्यक्रम स्थगित गरी सबै सहकारीकर्मी राहत वितरण देखि अन्य रोकथामका गतिविधिमा केन्द्रीत भए ।

सयौं बर्षपछि बुद्ध जयन्ती कार्यक्रम पनि स्थगित भयो । रमजान पनि स्थगित भयो । मछिन्द्रनाथ र विस्केट जात्रा लगायत सबै स्थानिय जात्रा स्थगित भए । यो सिंगैं नेपालको इतिहासमै पहिलो पटक घटेको घटना हो । हवाईजहाज, रेल्वेसेवा, बस सेवा, ट्राम सेवा सबै बन्द भएका छन् । अत्यावश्यक बाहेक सबै खाले उद्योगधन्दा बन्द छन् । अत्यावश्यक सामाग्री ओसारपसार गर्ने साधन बाहेक सबै बन्द छन् । यसकारण सिगैं पृथ्वीमा कार्वन उत्सर्जन अत्यन्त न्यून भएकोछ । जसका कारण सहर, गाउँ स्वच्छ भएको छ । सुन्दर हराभरामात्र होइन सास फेर्न निकै सहज भएको अनुभव भएको छ ।

अहिलेको स्वच्छ वातावरणका बारेमा क्यालिफोर्निया युर्निभरिसिटीका प्रोफेसर र ग्लोबल कार्वन प्रोजेक्टका प्रमुख राव ज्याकसन भन्छन्,‘कोरोना महामारीका कारण प्रायः विश्व नै लकडाउन भएकोछ । विश्व नै लकडाउन भएका कारण दोस्रो विश्व युद्धको ७५ बर्षपछि सिंगै पृथ्वी स्वच्छ भएको छ । प्रदुषण सुन्य प्रायः भएकोले ओजनतहको प्वाल टालिदै जाने सम्भावना बढेको छ । यसरी जुनसुकै वादलमा चाँदीको घेरा हुन्छ भने जस्तै यो कोरोना भाइरसका कारण विश्व लकडाउन हुँदा पृथ्वीले आफ्नो मुहार सफा पार्न सफल भएको छ ।
लकडाउन पछिको अवस्थामा वातावरण मात्र सफा भएको होइन । काठमाडौंको सामाजिक विकृतिमा पनि नियन्त्रण भएको देखिन्छ । एसएसपी टेकबहादुर रार्ई, एसपी सविन प्रधान, डिएसपी होविन्द्र वोगटीका अनुसार लकडाउन पछि चोरी, डकैती, बैंकिङ्ग कसुर, सवारी दुर्घटना, कर्तव्यज्यान ठगी सम्बन्धी अपराध लगभग सुन्यमा झेरको छ । हनुमानढोका थुनुवा कोठा ६० बर्षपछि पहिलो पटक खाली छ । आर्यघाट, स्वयम्भु घाट, टेकु घाट, हनुमन्ते घाटामा ५६ प्रतिशतले दाससंसकार कार्य घटेको तथ्यांक रहेको छ । यो पनि ऐतिहासिक न्यून मृत्युदर हो ।

विश्वव्यापी रुपमा इ–कमर्स उद्योग फस्टाएको छ । पिपिइ, मास्क, ग्लोब्स, स्यानिटाइजर, ट्वाइलेट पेपर, घरायसी उपकरणको माग बढेको छ । होटल, रेष्टुँरा बन्द भएकाले आफ्नै घरमा खाना पकाउनेक्रम बढेकोले उपकरण व्यापार बढेको छ । सबैभन्दा बढि त कम्युनिकसेन व्यापार लकडाउनपछि निकै बृद्धि भएकाले यस क्षेत्रको व्यापारीले अरबौं डलर कमाएका छन् विश्वभरि नै ।

महामारीका कारण व्यहोर्नु परेको क्षति
सेन्ट्रल डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को अनुसार कडा इन्फुएन्जाबाट सन् २०१० मा मात्रै अमेरिकामा ९० लाख भन्दा बढि मान्छे विरामी भए । तिमध्ये १२ देखि ६० हजारसम्मको मृत्यु भएको बताइएको छ । तर त्यसलाई महामारी भनिएन । सामान्य रुघाखोकीको रुपमा लिइन्छ तर कोरोना भाइस (कोभिड १९) को महामारीले सिगैं विश्वलाई लपेटेको छ । यो अरुसँग दाज्न मिल्दैन । कोरोनाका कारण विश्व आक्रान्त भएको छ । दैनिक ज्यालादारी श्रमिक भूमिहिन किसान र घरवार विहिन श्रमिकहरु भयानक मारमा परेका छन् । टुर, ट्रेकिङ्ग, होमस्टेका श्रमिकहरु होटल रेस्टुराँका श्रमिक, हवाइसेवा र मदजुरीहरु, ठेलागाडा चलाउने, भारी बोक्ने महजदुरहरु, सबै क्षेत्रका महिलाहरु सबैभन्दा पिडामा परेका छन् । आम रुपमा महिला तथा बृद्धबृद्धा, अपाङ्गगता भएका रोगी नागरिकले ठूलो पिडा भोग्नु परेको छ ।
कोरोनाका कारण अभाव, गरिवी, मुद्ध्रास्फिती बढेको छ । बड्ने क्रममा छ । विश्वका धैरै उद्योगधन्दा ठूला साना कम्पनी, कृषि उद्योग, सेवा व्यवसायमा ठूलो क्षति भएको छ । विश्वको कुल उत्पादनमा ठूलो मात्रमा घट्ने अवस्था छ । यहि अवस्था अरु केहि महिना रहे २० प्रतिशतसम्म उत्पादनमा ह्रास आउने विश्लेषण हुन थालेको छ । यसका कारण मानसिक समस्या बढ्ने, निरासा, हतासका कारण डिप्रेसन र आत्महत्या बढ्ने खतरा छ । यस्ले अशान्ति, अन्योल र अस्तव्यस्तता हुने खतरा छ । अमेरिका जस्तो शक्तिशाली र धनाढ्य देशले पनि आफ्ना नागरिकको राम्रो उपचार गर्न सकेको छैन । अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्प भन्छन्, ‘सन् १९४१ मा पर्लहारवरमा जापानी आक्रमण पछि अहिलेको कोरोना माहामारीले ठूलो क्षति पु¥यायो । विश्व आर्थिक र सैन्य शक्ति भएको अमेरिकाको अर्थतन्त्र ठूलो मात्रामा खुम्चिदैछ भने अतकिम विकशित र विकासोन्मुख देशको अर्थतन्त्रमा झन् ठूलो संकट आइपर्ने निश्चित छ । अन्तर्राष्ट्रिय वित्तिय संस्था र धनी राष्ट्रको गरी दुइ पक्षिय ऋण लिएका राष्ट्रका लागि ऋण तिर्न कठिन हुने छ ।

महामारी पछिको आर्थिक व्यवस्था र सहकारी
विश्व व्यवस्था कस्तो छ ? कस्को हितमा छ ? विश्व आर्थिक सामाजिक व्यवस्था कस्तो दर्शन सिद्धान्त मुल्य मान्यताबाट परिचालित छ ? संकट र महामारीबाट समाजलाई कसरी हेर्न गरिएको छ ? त्यसै आधारमा क्षति कम गर्न सकिने÷नसकिने विषयको निर्धारण हुने गर्छ । प्रमथ विश्व युद्धका क्रममा विश्वका ठूला पुँजीवादी शक्ति राष्ट्रमा संयुक्त राज्य अमेरिका र युनाटेड किङडम थिए । उनीहरुले निर्देशित आर्थिक सामाजिक व्यवस्था मात्र र पुर्तिको स्वतन्त्र अभ्यासलाई अवलम्बन गरेका थिए । यस्ले यस्तो नीतिले सामाजिक न्यायलाई समेट्न नसक्ने हुँदा त्यस्तो माग र पुर्तिको अभ्यासलाई स्थगन गरेर आवश्यक सामाग्री अभावग्रस्त देशमा पु¥याउने अभ्यासलाई सहमत गराउन बाँकी विश्व सफल भएको थियो ।

उक्त सकारात्मक सोचाईकै जगमा प्रथम विश्वयुद्ध पछि लिग अफ नेसन्स गठन भएको थियो । यस्ले ठिकै काम गर्न थालेको थियो । पछि क्रमशः शक्ति राष्ट्रका आफ्ना इच्छा अनुसार विश्व संचालन गर्न सहयोगी नभएको देखेर सन् १९३० तिर पुग्दा लिग अफ नेसन्स लगभग विघटन जस्तै भयो । यसै क्रममा विश्वको भयानक महामन्दी व्यहोर्दै आएको विश्वले सन् १९३९ मा दोस्रो विश्व युद्ध भोग्न पुग्यो । यसबाट विश्वको मानवीय, भौतिक, मनोवैज्ञानिक क्षति अकल्पनीय भयो । खास गरी दोस्रो विश्व युद्ध पछि शक्तिशाली विश्व संस्था केवल कमजोर राष्ट्रका लागि मात्र होइन, शक्तिशाली राष्ट्रकै हितमा पनि आवश्यक रहेछ, भन्ने निस्कर्षमा पुगेर संयुक्त राष्ट्र संघ गठन भयो । जस्ले गर्दा आजसम्म कमसेकम तेस्रो विश्वयुद्ध हुनबाट जोगिएको छ । यस्तो विश्व संस्था जस्ले सन्तुलनकारी भुमिका सहित संसारका अति कम विकशित, विकासोन्मुख राष्ट्रको हित सहित विश्व शान्तिमा महत्वपूर्ण भूमिका निभाउँदै आएकोछ ।

पछिल्लो १०/२० बर्ष यता आएर केहि शक्तिशाली राष्ट्रले संयुक्त राष्ट्र संघको भूमिकालाई आफू अनुकुल संचालन गर्न खोज्ने, त्यसो नहुँदा आर्थिक नाकावन्दी गर्नेक्रम बढेको छ । अहिले कोरोना भाइसरको महामारीका कारण विश्वनै आक्रान्त भएको बेला विश्व स्वास्थ्य संगठनलाई दिदै आएको सहयोग बढाउनु पर्ने बेलामा झन् बन्द गर्ने जस्तो घोषणा अमेरिका जस्तो देशले गर्नु तिनको नियत प्रष्ट भएको छ । संयुक्त राष्ट्र संघ र त्यसकै अंगको रुपमा रहेको विश्व स्वास्थ्य संगठनलाई असहयोग गर्ने निस्तेज पार्ने क्रियाकलाप अत्यन्त अमानविय हो । यो महामारीको सामना गर्न संयुक्त राष्ट्र संघ विश्व स्वास्थ्य संगठन र सारा विश्व एक भएर हल गर्नुपर्छ । यसका लागि अन्तर्राष्ट्रिय सहकारी महासंघ, आइसीए एपी, सबै क्षेत्रिय र सबै राष्ट्रिय सहकारी महासंघ तथा संघहरुले सशक्त लविङ गर्नुपर्छ ।

वास्तवमा सामाजिक न्याय र उत्पादकत्व बृद्धिका लागि सामाजिक व्यवसायका ठूलो महत्व छ । त्यस्तो व्यवसाय सहकारी नै हो । हरेक देशले राज्य, सहकारी र निजी क्षेत्र गरी तीन क्षेत्र सशक्त बनाएर मात्रै सबै खाले महामारीको सामना गर्ने सामर्थ राख्दछन् । अहिलेको समयमा विश्व संस्थालाई कमजोर बनाउन खोज्ने कुरा अमानविय कुरा हो । यस्ले गर्दा सहकार्य र सहकारीको महत्व विश्वव्यापी रुपमा बोध गराउन अन्तर्राष्ट्रिय सहकारी महासंघको भूमिका अझ शसक्त हुन जरुरी छ ।

पहिलो र दोस्रो विश्व युद्धबाट ध्वस्त युरोपलाई उठाउन, सहकारीको महत्वपूर्ण भूमिका रहेको थियो । त्यसबेलाका युरोपमा सहकारीका अग्रणी व्यक्तित्वहरुको समेत प्रयासबाट आपसमा प्रायः लडिरहने युरोपियन देशहरुलाई युरोपियन युनियनमा संगठित हुन प्रेरित गरेका थिए । सामान्यतया द्वन्द्धहरु असमानताका कारण उत्पन्न हुने गर्छ । आर्थिक, जातिय, सामाजिक, सांस्कृतिक असमानताका कारण उत्पन्न हुने द्वन्दलाई निस्तेज बनाउने सहकारी दर्शन र सिद्धान्त नै हो । जस्ले जुनसुकै जात,भाषा, धर्म, संस्कृति राष्ट्रियता, रुपरंग र आस्थाका आधारमा विभेद गर्न निषेध गर्दछ । जुनसुकै जात, भाषा, धर्म, वर्ग, लिंग भए पनि मिलेर काम गर्नु पर्छ, मिलेर बस्नु पर्छ भन्ने भावना जागृत गर्ने सामाजिक व्यवसाय भएकाले प्राकृतिक वा मानव सिर्जित महामारीको सामना गर्न सहकारीको ठूलो महत्व छ ।
अहिलेको कोरोना महामारमिा पनि नेपालका प्राय सबै सहकारीले सचेतना कार्यक्रम, राहत, पहुँचका लागि र महामारीको प्रभाव न्यून गर्ने योगदान गरेका छन् । देशका सबै सहकारीकर्मीहरुले आफ्ना कार्यक्षेत्र भित्रका पालिका बडाअध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका मेयर उपमेयरसँग सहकार्य गर्न र स्थान अनुसारका समस्या समाधानमा हातेमालो गरेर सामाजिक उत्तरदायित्व पुरा गर्न लागि परेका छन् । अहिलेको महामारीले संविधानले अंगिकार गरेको तीन खम्बे अर्थ नीतिको सान्दर्भिकतालाई अझ् प्रष्ट पारेको छ । आ–आफ्नो क्षेत्रको महत्व र भूमिका स्थापित गर्न सबै सहकारीको अगुवाहरुको क्रियासिलता समाजले अपेक्षा गरेको छ । प्रत्येक सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रका जनप्रतिनिधिहरुसँग, वस्तु र सेवाको उत्पादन क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्ति र व्यक्तित्वसँगको सहकार्यमा , सामाजिक न्याय र उत्पादनकत्व बृद्धिका लागि अनुसन्धान र विकासमा सक्रिय भूमिका निभाउनुपर्छ । सहकारीको सामाजिक उत्तरदायित्व पनि यहि हो । सामाजिक व्यवसाय जति सशक्त हुन्छ त्यहि मात्रामा सबै खाले समस्या समाधान गर्न र संकट र विपत्तिको सामना गर्ने क्षमता विकास गर्न सकिन्छ ।

महाविपत्ति पछिको विश्व व्यवस्था
कोरोना महामारीले विश्व व्यवस्थामा परिवर्तनको आवश्यकताबोध गराएको छ । नेपालको वर्तमान संविधानले तीन खम्बे अर्थनीतिलाई अंगालेको छ । अब विश्व व्यवस्थामा पनि त्यसको आवश्यकता बोध भएको छ । कोरोना महामारीले प्रष्ट गरिदिएको छ अब सबै क्षेत्रमा माग र पुर्तिको सिद्धान्तले समेट्न सक्दो रहेनछ । आवश्यकता जाहा छ आपुर्ति त्यहाँ गर्ने खालको सामाजिक व्यवसायको आवश्यकता बोध गराएको छ । त्यो अवस्था युक्त बजार अर्थ व्यवस्थाका प्रवक्ताका रुपमा रहेका अमेरिकादेखि लिएर अतिकम विकसित, विकासउन्मोख र विकसित देशमा समेत आवश्यकताकोबोध भएको छ ।

कोरोना भाइरसको महामारीले ठूला–ठूला मुल बजार अर्थतन्त्रका हिमायति अर्थशास्त्रिको सोचाईमा ठूलो परिवर्तन ल्याएको छ । यस्तो सोचाई परिवर्तन गर्नेमा राजनीति शास्त्री तथा १९९० पछि दी इन्ड अफ हिस्ट्री पुस्तक मार्फत मुक्त बजार अर्थतन्त्र नै सर्बेसर्वा हो भनेर समाजवादी विचारको अन्त्य भएको घोषणा गर्दै द इन्ड अफ हिस्ट्री लेखेर पुँजीवादीको हौसला बडाउन सफल फ्रासीस फुकुयामाले पनि भनेका छन्, ‘कोरोना माहामारीको दौरान राज्यले देखाएको तत्परताले त्यस राज्यको सामथ्र्य उजागर गरेको छ ।’ राज्यको हस्तक्षेप न्यून भएका पश्चिमीमुलुकले अनुशरण गरेको नवउदारवादको विषयमा बोल्दै उनले भनेका छन्, ‘१९७० यता पश्चिमी नवउदारवादले अधिकांश मुलुकको आर्थिक नीतिलाई प्रभावित तुल्याएको छ । यस पछि जब २००८ मा पश्चिमा मुलुकले आर्थिक मन्दीको सामना गर्नुप¥यो तब तिनले पनि राज्यको भूमिका बठाउँदै अर्थतन्त्र मजबुत बनाउनु पर्ने आवश्यकता महसुस गरे । यो कोरोना महामारीपछि पश्चिमी राज्यहरु पनि नवउदारवाद अन्त्य हुनुपर्ने बहस चलाउन थालेका छन् । अहिलेको कोरोनाका् महामारी पछि तिनलाई पनि राज्यको क्षमताको आवश्यकता महसुस भएको छ । कोरोना भाइरसको नियन्त्रण राज्यको क्षमतामा भरपर्ने कुरा छलङ्र्ग देखा परेको छ । चीनको कोरोना भाइरसको नियन्त्रणमा सफलता पाउनुमा त्यहाँको राज्यको क्षमता प्रमुख कारण हो भन्ने कुरा प्रष्ट भएको छ ।’ यसैगरी, भितनाम, दक्षिण कोरियालगायतका देश कोरोना नियन्त्रण गर्नमा अमेरिका भन्दा सफल छन् ।

यसै गरी फोर्थ फाउन्डेसनका अर्थशास्त्री तथा म्यासाच्युसेट इन्स्टीच्युट अफ टेक्नोलोजीका प्रोफेसर अविजित वनायक बेनर्जीको भनाई पनि अब विश्व अर्थ व्यवस्था सामाजिक न्यायमा आधारित हुनुपर्छ भन्नेमा केन्द्रीत छ । उनले नवउदारवाले विश्वका कमजोर जनताको हित गर्दैन भनेर ठोकुवा गरेका छन् ।

यसैगरी हेनरी किसिंजर, अमर्य सेन, प्रोफेसर वाङ वेनलगायतका विश्व प्रसिद्ध अर्थशास्त्रिको विश्लेषले पनि विश्व व्यवस्थामा परिवर्तनको आवश्यकता बोध गरिएको छ । यस कारण यहि समयमा अन्तर्राष्ट्रिय सहकारी महासंघ र विश्वका सम्पूर्ण सहकारीकर्मीहरुले संयुक्त राष्ट्र संघले अघि सारेको दिगो विकास लक्ष्यमा आधारित भएर सामाजिक व्यवसाय र राज्यलाई सबल बनाउने गरी तीन खम्बे अर्थनीतिलाई सवल बनाएर मात्र अघि बढ्न सकिन्छ भन्ने निस्कर्षमा पुग्नुपर्छ । नेपालको सहकारी अभियानले अझ धेरै मेहनतसाथ सामाजिक व्यवसायको पक्षमा उभिएर सहकारीलाई सशक्त र प्रभावकारी बनाउन नेपाल र बाँकी विश्वलाई पनि बाटो देखाउने गरी अघि बढ्न जरुरी छ ।

साभार : सहकारी सन्देश

सन्दर्भ ग्रन्थहरु

1. A world of Three Zeros, Muhammad Yunus

2. Development As Freedom, Amartya Sen, Winner of the Nobel Prize for Economics.

3. Cooperatives and peace Strengthening Democracy, Participation and Trust. A case Study Approach,(A thematic Research Produced by cooperatives Europe and supported by the cooperatives Europe development Platform)

4. सहकारी सिद्धान्त र प्रयोग – केशव बडाल

5. सहकारी स्वायत्तता र स्वतन्त्रता – केशव बडा

6 The hidden alternative Co-operative value, Past, present and future, Edited by Anthony Webster, Alyson Brown, David Stewart, John K. Walton and Linda Shaw युनाइटेड नेसन्स युर्निभभरसिटी

7. विभिन्न अनलाइन प्रोटलहरु

अभिलेख

लोकप्रिय