२२ मंसिर २०८०, शुक्रबार

ज्योतिपुञ्ज बचतद्वारा कार्तिकसम्मको वित्तीय विवरण प्रकाशित, कस्तो छ वित्तीय सूचक?

५ मंसिर २०८०, मंगलवार
ज्योतिपुञ्ज बचतद्वारा कार्तिकसम्मको वित्तीय विवरण प्रकाशित, कस्तो छ वित्तीय सूचक?

काठमाडौं : ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले कात्र्तिक मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागको निर्देशन बमोजिम संस्थाले हरेक महिना वित्तीय तथा अन्य विवरण प्र्रकाशित गर्दै आएको छ ।

संस्थाले आज प्रकाशित गरेको कात्र्तिक मसान्तसम्मको विवरण अनुसार सेयर पुँजी ८ करोड ६ लाख २८ हजार ८ सय रुपैयाँ रहेको छ । त्यस्तै कुल बचत ८० करोड ६३ लाख ४७ हजार ४ सय ७ रुपैयाँ, जगेडा कोष १० करोड ९१ लाख ८८ हजार ८ सय १० रुपैयाँ, कुल संस्थागत पुँजी ११ करोड ७४ लाख ८४ हजार २ सय रुपैयाँ, विभिन्न कोषहरुमा ३१ लाख ७५ हजार र कर्जा लगानी ९६ करोड ८० लाख रुपैयाँ रहेको छ । १ अर्ब २७ करोड ९६ लाख कुल सम्पत्ती रहेको संस्थासँग १८.६७ प्रतिशत तरलता रहेको छ ।

संस्थामा ३ हजार ९ सय ३१ जना सदस्य आवद्ध छन् ।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको संस्थाको सेवा केन्द्र काठमाडौंको गोठाटार, ललितपुरको कुमारीपाटी र लुभूमा सेवा केन्द्र रहेको छ ।

अभिलेख

लोकप्रिय