२२ मंसिर २०८०, शुक्रबार

स्थापनाको १३औं वर्षमा ज्योतिपुञ्ज, सदस्य हितलाई केन्द्रमा राखी कार्य गर्ने प्रतिवद्धता

४ भाद्र २०८०, सोमबार
स्थापनाको १३औं वर्षमा ज्योतिपुञ्ज, सदस्य हितलाई केन्द्रमा राखी कार्य गर्ने प्रतिवद्धता

काठमाडौं : नयाँ बानेश्वर, काठमाडौंमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १३ औं वर्षमा प्रवेश गरेको छ। २०६८ बैशाख २९ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई भाद्र ०४ गतेबाट संस्थाले विधिवत रुपमा कारोबार शुभारम्भ गरेको थियो । कारोबार शुभारम्भको दिनलाई संस्थाले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

१३औं वर्षको दौरानमा संस्थाले आर्जन गरेका उपलब्धिहरू सदस्यहरूको अटुट आस्था, विश्वास र सहकारिताको परिणाम भएको संस्थाले जनाएको छ । सदस्यहरूको अविछिन्न साथ, सहयोग र हौसलाको बलमा संस्थाले दीर्घकालिन यात्रा तय गरेको संस्थाका अध्यक्ष नविन श्रेष्ठले जनाकारी दिए ।

May be an image of text

संस्थाले स्थापना दिवसको अवसरमा जारी गरेको प्रतिवद्धतामा भनिएको छ, ‘सदस्य हितलाई केन्द्रविन्दुमा राखेर संस्थाको समग्र सेवा व्यवस्थापनलाई समय र प्रविधिको गतिशिलतासँगै अझ उपयोगी, विश्वसनीय र चुस्त बनाउने प्रयासमा हामी निरन्तर लागिपरेका छौं । यस कार्यलाई थप परिभाषित र परिष्कृत गर्न सदस्यहरूको सृजनात्मक अनि रचनात्मक सल्लाह सुझावहरू आत्मसात गर्दै सञ्चालक तथा व्यवस्थापन समूहको ज्ञान, सीप र अनुभवको समिश्रण गरी दिगो संस्थागत विकासका लागि हामी सँधै दत्तचित्त छौं । आगामी दिनहरूमा पनि सदस्य महानुभावहरूको निरन्तर साथ र सहयोगको अपेक्षासहित संस्थाको हितमा सदैव निष्ठापूर्वक कार्य गर्ने पूर्ण प्रतिवद्धता व्यक्त गर्दछौं ।’

संस्थाले मुख्य कार्यालयसँगै काठमाडौंको गोठाटार, ललितपुरको कुमारीपाटी र लुभू सेवा केन्द्रबाट ३ हजार ८ सय १२ जना सदस्यलाई सेवा प्रवाह गरिरहेको छ । असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी ८ करोड ८५ लाख, बचत ८६ करोड ८ लाख, जगेडा कोष १० करोड ७५ लाख, अन्य कोष १४ लाख रहेकाे छ । त्यस्तै लगानीमा रहेको कर्जा १ अर्ब २ करोड, संस्थागत पुँजी ११ करोड ४५ लाख, तरलता रकम २१ करोड ६ लाख (२४.४६ प्रतिशत) र कुल सम्पत्ती १ अर्ब ३६ करोड रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले जानकारी दिए ।

संस्थाको १३औं वार्षिक साधारण सभा तय भएको छ । संस्थाई इकाइगत रुपमा साधारण सभा गर्दैछ । भदौ २३ गते कुमारीपाटी सेवा केन्द्र, भदौ ३० गते गोठाटार सेवा केन्द्र, असोज ३ गते लुभू सेवा केन्द्र र असोज ६ गते मुख्य कार्यालय नयाँ बानेश्वर अन्तर्गतको साधारणसभा गर्दैछ ।

May be an image of ticket stub and text

अभिलेख

लोकप्रिय