
जयराम सिग्देल
‘सुख लुकाउन सकिन्छ, दुःख सकिँदैन’ यो यत्तिकै भनिएको होईन । यो कुनै व्यक्ति विशेषमा मात्र लागू हुने कुरा नभई, यो समग्र रुपले सामाजिक व्यवहारमा पनि लागू हुने कुरा हो । जति आदर्शका कुराहरु गरे पनि वास्तविक रुपमा जीवन जीउन र सफल जीवन बिताउन धन सम्पत्ती नभई हुँदैन । कति मात्रामा धन आर्जनले मानिसलाई सन्तुष्टी दिने हो वा कति चाहिने हो ? त्यसको कुनै मापदण्ड छैन सायद ।
मानिसले दैनिकीलाई सहज बनाउन विभिन्न कुराहरुलाई आधार बनाएर गर्ने गरे । त्यसैको फलस्वरुप समाज लेनदेनमा आधारित भयो । त्यहि लेनदेनलाई सहज बनाउन पैसा एउटा माध्यम बन्यो, अनि पैसाले नै मानिसको हैसियत बनाईदियो । यो पैसाको ठूलो लेनदेन गर्ने ‘अड्डा’को रुपमा बैंक तथा वित्तीय संस्थाहरु बने ।
बैंक
१९८९ सालमा टक्सार विभागको स्थापना भएसँगै मुद्रा (पैसा) निष्काशन गर्ने प्रथाको औपचारिक सुरुवात भयो । तेजारथ अड्डाको राणकालमा (प्रधानमन्त्री श्री ३ रणोदीप सिङ्क, १९३३–१९४२) नै स्थापना भएसँगै भारतसँग १९८० मा भएको शान्ति र मैत्री सन्धी, उद्योगको विकास, छिमेकी मुलुकहरुमा भएको विकास र प्रभाव, पूँजी परिचालनको सहज माध्यम जस्ता कारणले नेपालमा पनि बैंकको आवश्यकताको महशु १९९४ साल कात्र्तिक ३० गते नेपालको पहिलो बैंकको रुपमा नेपाल बैंक लिमिटेड स्थापना भयो ।
केन्द्रिय बैंक भन्दा अगाडि नै वाणिज्य बैक खुलेपछि नेपाल बैक कानून १९९४ अनुरुप यसको कार्य संचालन अघि बढ्दै गयो २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना भएसँगै २०१६ सालदेखि नोट निष्काशनको काम सुरु भयो । यसरी विकास भएको बैकिङ अवस्था अहिलेसम्म आईपुग्दा वाणिज्य बैंकको संख्या २८, बिकास बैंकको संख्या ३३, वित्त कम्पनीको संख्या २४ र लघुवित्त संस्थाहरुको संख्या ७२ ओटा पुगेका छन् । यसमा लघुवित्तको संख्या केही बढने देखिएको छ ।
एउटा सानो मुलुक, त्यसमाथी पनि दुईतिर अर्थतन्त्रका विशाल दुई छिमेकी देशहरुको बीचमा रहको नेपालको बैंकिङ अवस्थाको विश्लेषण गर्दा र भारत, चीन र दक्षिण एशियाकै अन्य मुलुकको तुलनात्मक अध्ययन गर्दा नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या अधिक रहेको पाईन्छ । जसलाई राष्ट्र बैंकले समेत स्विकार गरेको छ । संघीय संरचना अनुसार ७ प्रदेश, ७७ जिल्ला ७ सय ५३ स्थानीय तह छन् । जस अन्र्तगत छ महानगरपालिका ११, उपनगरपालिका २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका र ६ हजार ७ सय ४३ वडा रहेका छन् । सरकारले सबै स्थानीय तहमा बैंक पुर्याउने घोषणा समेत गरेको अवस्था पनि छ । तर, आवश्यकताको अध्ययन भने गरेको पाईँदैन ।
सहकारी
मेला, पर्म, सापटीजस्ता कार्यबाट सुरु भएको सहकारीलाई अहिले पनि अभियानको रुपमा लिने गरिन्छ । नेपालमा पनि सहकारी स्थापना भएको ६३ वर्ष प्रवेश गरेको छ । अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले गरेको परिभाषा अनुसार ‘सहकारी सामान्यतः सीमित साधन भएका व्यक्तिहरुको साझा संगठन हो । आफ्ना आर्थिक साध्य प्राप्त गर्नका लागि प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यावसायिक संगठनको माध्यमद्धारा आवश्यक पूँजी लगाएर र व्यबसायको जोखिम तथा लाभको उचित हिस्सा स्वीकार गर्छन् ।’
सहकारी स्थापनाको समयले ६ दशक काटिसकेपनि सहकारी संस्थाहरुको विकास र आम मानिसमा यसको महत्वको विषयमा अझ सचेतना वृद्धि भउको २०४८ साल पश्चात हो । एक तथ्यांकलाई आधार मान्ने हो भने हाल नेपालमा सहकारीमार्फत ५२ लाख शेयर सदस्यहरुको बचत २ सय ८ अर्ब रुपैयाँ, ८८ अर्ब रुपैयाँ निपेक्ष रकम, विभिन्न किसिमको शेयर रकम ६४ अर्ब रुपैयाँ, अनुदानदेखि सहयोगसम्मको सम्पुर्ण सहकारीमा लगानी रकम १ सय ८५ अर्ब रुपैयाँ तथा ६० हजार भन्दा बढिले सहकारीमार्फत प्रत्यक्ष रोजगारी पाइरहेका छन् । नेपालमा कूल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रको योगदान चार प्रतिशत रहेको अनुमान छ ।
हाल देशभरमा ३४ हजार ५ सय १२ सहकारी संस्थाहरु रहेको तथ्यांक छ । ती सहकारीमार्फत देशका करिव ६३ लाख जनता सहकारीसँग कुनै न कुनै रुपले आवद्ध छन् । जसमा संचालक, विभिन्न समिति तथा उप समिति, सदस्य, बचतकर्ता समेत संलग्न रहेका छन् ।
बैंक र सहकारी
वित्तीय कारोवार गर्ने भएकाले दुबैलाई एकै किसिमले बुझ्ने गरिन्छ । अझ खासगरि भन्ने हो भने फाईनान्स र सहकारीलाई एकै हो भनेर पनि बुझ्नेको संख्या धेरै छ । देशको अर्थतन्त्रसँग सिधा सम्बन्ध हुने, सरकारको सिधा नियमन र नियन्त्रण हुने हुँदा बैंकहरुका आफ्ना जटिल प्रक्रियाहरु छन् । चाहे, लगानी गर्दा होस् वा निक्षेप संकलन गर्दा । राज्य नियन्त्रित अर्थ व्यवस्थाको हिस्सा भएका कारण बैंकले हेर्ने नाफा हो । लगानीकर्तालाई दिनुपर्ने मुनाफा, राष्ट्र बैंकले तोकिदिएको मापदण्ड जस्ता कारणले बैंकको पहिलो शर्त नै मुनाफा हो भने सहकारी समुदायमा आधारित व्यवसाय हो । सदस्यहरुद्धारा नै नियन्त्रित हुने हुँदा सहकारीमा मुनाफा र भावना दुवै हुने गर्दछ र भावनाका कारण मानिसहरुको सम्बन्ध बलियो हुने हुँदा सहकारीहरु समुदायमा बलियो भएर बसेका छन् भने बैंकहरु अर्थतन्त्रमा र मुनाफामा बलियो भएका बसेका छन् ।
विपतमा प्रभावकारी
कुनै सामान्य व्यक्तिले एउटा बैंकबाट सहज तरिकाले ऋण लिन सक्दैन, जतिसुकै विपतमा परेको होस्, नियमले बाँधेको अर्थमा बैंकले आफु पूर्ण सुरक्षित नभई लगानी गर्दैन । वित्तीय संस्था भनेकै हुँदा राख्ने र अप्ठ्यारो पर्दा निकाल्ने संस्थाहरु हुन्, चाहे आफ्नै निक्षेप होस् वा कर्जा । बैंकहरु ती व्यक्तिका लागि काम लाग्छन्, जो पैसामा चल्न सक्छन् वा भनौं व्यवसायमा फड्को मार्न सक्छन् । तर, सहकारी समान आय भएकाहरुको संस्था भएको हुँदा आपतमा त्यही काम लाग्छ । ‘टाढाको देउता भन्दा नजिकको भूत काम लाग्छ’ भने झैं । चाहे २०७२ सालको भुकम्प होस्, त्यो नाकाबन्दी होस् वा अहिलेको कोरोना महामारी नै । यो विपतमा सहकारी संस्थाहरुले घरदैलोमा पु¥याएको सेवा, निब्र्याजी सीमित कर्जा सुविधा यसका गजबका उदाहरणहरु हुन् । तर, यो विपतमा बैंकले शाखा कार्यालयहरु पनि राम्ररी संचालन गरेका छैनन् भने सहज रुपले एटीएममा पनि पैसा हालेका छैनन् । यो सबै बैंकहरुले गर्न नसकेर नगरेका होईनन् नचाहेर हो । यस्ता विपतहरुमा बैंकहरु व्यवसायीक होईन, व्यावहारिक बन्नुपर्छ, सहकारी झैं ।
सहकारी संस्थाहरु समाजप्रति उत्तरदायी छन् भने बैंकहरु लगानीककर्ता र नियमनकारी निकायसँग । सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको रकम लिन र पुर्याउन दैलोसम्म पुगेर सेवा दिईरहेका छन् भने बैंकहरुले सीमित सदस्यहरुका बीच कारोवार गरिहेका छन् । समाजको एउटा हिस्सा बनेर सहकारीहरुले काम गरिरहेको हाम्रा आँखाले दिनहुँ देखिरहेकै छन् । सदस्यहरुको परिवारमा हुने जन्म, कुनै काराणले हुने अशक्त अवस्था र मृत्युमा समेत केहि न केहि राहत सहकारी संस्थाहरुले दिईरहेकै हुन्छन् भने बैंकहरुबाट पनि त्यो तहको केहि सुविधा होस् भन्ने चाहन्छन् तर पाउन सकिरहेका छैनन् । वित्तीय साक्षरता र बैंकिङ पहुँचमा सहकारी संस्थाहरुले खेलेको जगकै आधारमा स्तम्भ तयार आज बैंक बित्तिय संस्थाहरुलाई सहज भएको छ ।
वित्तीय कारोवार गर्ने सबैलाई एकै नजरले हेर्ने बानी सदस्य (ग्राहक) लाई हुन्छ । बैंकको नजरमा उसका सबै ग्राहक हुन् भने सहकारीका सदस्य । यी दुई ग्राहक र सदस्यले नै दुबैको व्यावसायीकता, व्यावहारिकता र पृथकता थाहा पाउन सकिन्छ । हुँदा वा सहज परिवेशमा बैंकहरुले दिने सुविधा र सहकारीले दिने सुविधा उस्तै हुन पनि सक्लान् । तर, सुखमा सानो देखिने सहकारीहरु पनि विपत् वा असहज परिवेशमा गुणका आधारमा ‘ठूला’ देखिन सक्छन् जसरी ‘सियो’ ले काम गर्छ ।
(लेखक सहकारीकर्मी तथा सामाजिक अभियान्ता हुन्)
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सरकारले माग सम्बोधन नगरे सहकारीकर्मीलाई सडकमा उतार्न हामी बाध्य हुनेछौं: मल्ल
१७ चैत्र २०७९, शुक्रबार
महाननगर प्रमुख भन्छन्, ‘सहकारीको अवस्था नसुध्रिए संघीयता धरापमा पर्छ’
१७ चैत्र २०७९, शुक्रबार
रञ्जिताकाे काँधमा सहकारी
१७ चैत्र २०७९, शुक्रबार