२३ कात्तिक २०८१, शुक्रबार

जनउत्थान साकोसको अध्यक्षमा गिरी प्रसाद पुन

२०८१ असोज १९, शनिवार
जनउत्थान साकोसको अध्यक्षमा गिरी प्रसाद पुन

रुपन्देही : जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारण सभाले गिरी प्रसाद पुनको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र खुमाकान्त अधिकारीको संयोजक्त्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।

निर्विरोध निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा सरु राना, सचिवमा अन्जु जैसी, कोषाध्यक्षमा निल प्रसाद पुन रहेका छन् । त्यस्तै सञ्चालक सदस्यहरुमा गंगा अधिकारी, विष्णुमाया कुवर, सीता बस्याल, खिम बहादुर राना, सफिउर्रहमान अन्सारी, भैर बहादुर थापा, जोग बहादुर सुर्यवंशी, पुरन बहादुर शाही र लिला कुमारी थापा छन् ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा राम बहादुर सोमरे र रुपा भण्डारी निर्वाचित भएका छन ।

अभिलेख

लोकप्रिय