७ बैशाख २०८१, शुक्रबार

४८ सहकारी संस्थाको लगानी जोखिमपूर्ण

३१ असार २०७७, बुधबार
४८ सहकारी संस्थाको लगानी जोखिमपूर्ण

काठमाडौं, ३१ जेठ

देशभरका ४८ सहकारी संस्थामा सरकारले गरेको लगानी जोखिमपूर्ण अवस्थामा पुगेको छ ।

सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत १ हजार ७ सय ४३ सहकारीलाई लगानी गरेको छ । उक्त सहकारी मध्येमा ३५ करोड ३४ लाख ८७ हजार लगानी सरकारले गरेको छ । जसमध्ये १ सय ९२ सहकारी संस्थामा म्याद नाघेको साँवा १२ करोड ७३ लाख १२ हजार, ब्याज २ करोड १४ लाख ३९ हजार र जरिवाना ४१ लख ३० हजार रहेको छ ।

ती सहकारीबाट १५ करोड २८ लाख ८१ हजार असुल हुन बाँकी रहेको छ । उक्त असुल हुन बाँकी सहकारी संस्था मध्ये ४८ सहकारी संस्थाको लगानी जोखिमपूर्ण रहेको महालेखा परीक्षकको ५७ औं प्रतिवेदनमा उल्लेख छ । ती सहकारी संस्थालाई सम्झौता बमोजिम कारबाही गरी असुल गर्नुपर्ने निर्देशन दिईएको छ ।

अभिलेख

लोकप्रिय