१५ चैत्र २०७९, बुधबार

इन्फोडेभलपर्ससँग बैकिङ्ग सफ्टवेयर पुमोरी मर्ज

११ माघ २०७९, बुधबार
इन्फोडेभलपर्ससँग बैकिङ्ग सफ्टवेयर पुमोरी मर्ज

काठमाडौं : नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रा. लि. र मर्कन्टाइल अफिस सिस्टम्स प्रा.लि.बीच रणनीतिक सहकार्य भएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न रणनीतिक सहकार्य गरिएको कम्पनीले जनाएको छ ।

सहकार्यसँगै अब मर्कन्टाइलको पुमोरी (पुमोरी शाखा) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ । मर्ज भएसँगै इन्फोडेभलपर्स एमओएस प्रा.लि. नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुने पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

रणनीतिक साझेदारी पश्चात सहकारीदेखि लघुवित्त र बैंकहरूको डिजिटल इकोसिस्टम विकासमा सहयोग गर्ने इन्फोडेभलपर्स एमओएसले विश्वास लिएको छ ।

डिजिटल जगतलाई सुहाउँदो नयाँ र भरपर्दो प्रणालीको विकास गर्ने लक्ष्य रहेको कम्पनी लिएको इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए । इन्फोडेभलपर्स एमओएसले दुवै कम्पनीको राम्रो पक्षलाई प्रयोग गरी चाँडै नयाँ प्रडक्ट तथा फिचरहरू ल्याउने तयारी गरेको समेत रघुवंशीले बताए ।

नयाँ कम्पनी इन्फोडेभलपर्स एमओएस प्रा.लि.को अध्यक्षमा सञ्जिब राजभण्डारी नियुक्त भएका छन् भने सीइओमा उमेश रघुवंशी र सह सीईओमा सुरेन्द्र बज्राचार्य नियुक्त भएका छन् ।

नेपालको आईटी तथा बैकिङ्ग क्षेत्रका लागि नयाँ आयाम सुरू गर्न पाउँदा अत्यन्तै हर्षित भएको कम्पनीका अध्यक्ष सञ्जिब राजभण्डारीले बताए । परिवर्तन चुनौतीपूर्ण भए पनि ग्राहक तथा साझेदारहरूलाई सहज बनाउने राजभण्डारीले बताए ।

सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स कम्पनीले सहकारी र लघुवित्तका लागि कोर बैकिङ्ग सोलुसन विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिन ३०० बढी कर्मचारिहरुले काम गरिरहेका छन् ।

मर्कन्टाइल अफिस सिस्टम्स प्रा.लि. नेपालको एक पुरानो तथा अग्रगामी आइटी कम्पनी हो । संस्थाले विकास गरेको फ्ल्यागशीप कोर बैकिङ्ग सोलुसन पुमोरी नेपालको शीर्ष स्थानको बैकिङ्ग सफ्टवेयर हो । यसले नेपाली बैकिङ्ग क्षेत्र, अन्तर्राष्ट्रिय बैकिङ्ग संस्था तथा वित्तिय संस्थाहरुलाई विगत ३२ वर्ष देखि टेवा पुर्याउँदै आएको छ ।

अभिलेख

लोकप्रिय