१८ कात्तिक २०८१, आईतवार

आईएमई को-अपरेटिभ सर्भिस लिमिटेड : एक चिनारी

२०७९ मंसिर १८, आईतवार
आईएमई को-अपरेटिभ सर्भिस लिमिटेड : एक चिनारी

आईएमई को-अपरेटिभ सर्भिस लिमिटेड २०६७ साल पौष २३ मा २५ जना शेयर सदस्य, ३६ लाख ४० हजार सेयर पुँजी र ७ जना कर्मचारीबाट सुरु भएको हो । स्थापनाको १२ वर्षको अवधिमा निम्न अवस्थामा संस्था पुग्न सक्षम भएको छ ।

कुल शेयर पूँजी : ४१,९७,०८,८००.००
कुल निक्षेप रकम : ८,२८,३३,९०,१९१.८०
लगानीमा रहेको कुल कर्जा : ७,१९,००,१८,२७७.४९
जगेडा कोष : २९,२१,१५,६९१.५३
कुल संस्थागत पुँजी : ७८,३५,१७,४९४.३३
विभिन्न कोषहरुको जम्मा रकम : १२,७४,४६,७७८.८३
तरलता रकम : १,८५,९४,०५,१४४.९०
कुल सम्पत्ति : ९,७२,९८,३१,७५३.१९
तरलता प्रतिशत : २२.७५ प्रतिशत

कूल शेयर सदस्य संख्या : ७४३५

(२०७९ कार्तिक मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण)

 

सहकारी क्षेत्रमा यो संस्था एक उत्कृष्ट, सवल सक्षम बनाउने उद्देश्यले सहकारीका मुलभुत सिद्धान्त, पारदर्शी तथा सुशासन, नैतिकता, जवाफदेहिता, निस्वार्थता, सामुहिक सद्भाव, सहयोग, समानता, स्वावलम्बन र स्वतन्त्रतालाई आत्मसाथ गरे बाट नै संस्थाले उक्त प्रगती गर्न र सबैको मनमनमा रहन सफल रहेको छ ।

सदस्यहरुलाई अझ बढी गुणस्तरिय प्रभावकारी सेवा दिने उद्देश्यले पुमरी प्लस सफ्टवेयर Fincosys राखी विश्वसनिय सेवा दिनुका साथै विगत देखिनै E Banking, SMS Banking, Mobile Banking, ATM, IME Pay Wallet जस्ता सेवाहरु समेत प्रदान गर्दै आएको छ । कारोबार सुरक्षित गर्न Main Server, Back Server लाई कार्यालय बाहिर सुरक्षित स्थानमा Stall समेत गरिएको छ । संस्थाले राष्ट्रिय अर्थतन्त्रमा हरेक वर्ष सम्मान जनक योगदान पुर्याउँदै आएको छ ।

कारोबारमा भएको वृद्धिलाई मनन् गरी कारोबारमा कमिकमजोरी, त्रुटीहरु नआउन सम्पूर्ण कारोबार पारदर्शी बनाउने उद्देश्यले आन्तरिक लेखा परिक्षण गर्ने व्यवस्था मिलाउनुका साथै लेखा समितिबाट समय समयमा आकस्मिक एवं नियमित निरिक्षण गर्ने व्यवस्था गरेको छ । हरेक वर्ष वार्षिक कार्यक्रम तयार गरी साधरण सभाबाट निर्णय भए पश्चात कार्यान्वयन गर्ने परिपाटी रहेको छ । संस्थाको कारोबारलाई चुस्त, दुरुस्त, पारदर्शी, मितव्ययी बनाउन संचालक समिति हरदम प्रयासरत रहेको छ । कर्जा प्रवाहमा कार्यालय कर्जा उपसमिति, सञ्चालक समिति पूर्ण उत्तरदायी रहेको छ । विनाधितो कर्जा प्रवाह नहुने र प्राविधिकबाट धितो मुल्याङ्कन भए पश्चात मात्र कर्जा प्रवाह संस्थाबाट हुँदै आएको छ । कर्जा प्रवाह हुँदा एक शेयर सदस्यलाई Single Obligor भित्र रही बढीमा प्राविधिकको धितो मुल्याङकनको आधारमा ७ करोडसम्म मात्र कर्जा प्रवाह गर्ने ब्यवस्था रहेको छ ।

बैदेशिक रोजगारमा रहेका आफ्ना परिवारका सदस्यहरुले आफन्तलाई सहर बजार वा ग्रामिण क्षेत्रमा सहजरुपमा रकम पठाउँन सकुन भन्ने उद्देश्यले IME, GME को Super Agent लिई करिब ४ हजार सहकारीलाई Sub Agent दिई यस संस्थासँग आवद्ध गरेको छ ।

संस्थाले गरेको प्रगति, प्रदान गरेका सेवाहरुलाई अझ बढी पारदर्शी, गुणस्तरीय बनाउनेमा सञ्चालक समिति, व्यवस्थापन सदा सचेत र सतर्क छ । यस संस्थाले गत वर्ष काठमाडौं महानगरपालिका वडा नं. १ कान्तिपथमा घर जग्गा खरिद गरी सुविधा सम्पन्न भवनमा केन्द्रीय कार्यालय सञ्चालन गरी सेवा प्रवाह गरेको छ ।

अभिलेख

लोकप्रिय