१५ चैत्र २०८०, बिहीबार

हाम्रो सहकारीका ज्येष्ठ सदस्यलाई तीर्थाटन

१४ चैत्र २०७९, मंगलवार
हाम्रो सहकारीका ज्येष्ठ सदस्यलाई तीर्थाटन

काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यलाई तीर्थाटन भ्रमण सम्पन्न गरेको छ। संस्थाले ९७ जना ज्येष्ठ सदस्यलाई लुम्बिनी त्रिवेणी धाम, शाश्वत धाम, सौरहा र देवघाट धामको तीर्थाटन गरेको हो।

संस्थाले रजत जयन्ती वर्ष मनाइरहेको छ । संस्थाले हरेक वर्ष जेष्ठ सदस्यलाई तीर्थाटन भ्रमण गराउँदै आएको छ । नियमित बचत गर्ने, असल कारोबार गर्ने र लामो समयदेखि सदस्य रहेका जेष्ठ सदस्य तीर्थाटनमा सहभागी हुन पाउँछन् । संस्थाले दोस्रो चरणमा पनि तीर्थाटन गराउने जनाएको छ।

रजत जयन्तीको अवसरमा संस्थाले यस वर्ष सदस्य केन्द्रीत २५ वटा कार्यक्रम गर्ने घोषणा गरेको थियो । जेष्ठ सदस्य तीर्थाटन ५ औं कार्यक्रम हो ।

कार्यक्रमको संयोजन कमलप्रसाद तिमल्सिनाले गरेका थिए । तिमल्सिना संस्थाका युवा उपसमितिका संयोजक समेत हुन्।

 

अभिलेख

लोकप्रिय