६ बैशाख २०८१, बिहीबार

गोदावरी नगरका २७ सहकारी झोलामा

७ फाल्गुन २०७६, बुधबार
गोदावरी नगरका २७ सहकारी झोलामा

काठमाडौं, ७ फागुन

ललितपुरको गोदावरी नगरपालिकाभित्र सञ्चालन भएका एक सय २८ सहकारीमध्ये २७ सहकारी हाल झोलामा रहेका छन् ।

त्यस्ता सहकारीले महिनाको एकपटक कार्यालय खोल्ने तथा साधारणसभा गरे पनि जानकारी नदिने र सम्पर्कमा नरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र सञ्चालित एक सय २८ मध्ये एउटा सहकारीको कार्यक्षेत्र प्रदेशमा पुगेको सहकारी शाखाप्रमुख श्रीकष्ठ घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो ‘गत आर्थिक वर्ष २०७५/०७६ भित्र गोदावरीमा रहेका कूल सहकारीमध्ये ६१ बचत तथा ऋण, ४५ कृषि, १७ बहुउद्देश्यीय, एक/एकवटा दुग्ध, पर्यटन र साझा सहकारी रहेका छन् ।’

गोदावरीमा सञ्चालित यी सहकारीका सञ्चालकलाई सहकारी ऐन, सहकारी विनियमावली, सम्पत्ति शुद्धीकरण र लेखा परीक्षणका बारे कमै जानकारी भएको उहाँले बताउनुभयो ।

 

अभिलेख

लोकप्रिय