जिल्ला संघहरुको अवस्था बुझ्न राष्ट्रिय सहकारी महासंघको टोली दोलखामा

दोलखा : दोलखा जिल्लामा रहेका सहकारी संघहरुसँग राष्ट्रिय सहकारी महासंघका टोलीले आज अन्तरक्रिया गरेको छ । राष्ट्रिय सहकारी महासंघका संञ्चालक डि.बि. बस्नेतको संयोजकत्वमा गठित एक समितिले जिल्ला संघहरुको अवस्थाका बारेमा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा जिल्ला सहकारी संघ, दोलखाका संञ्चालक समिति, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक समिति, जिल्ला कृषि सहकारी संघका सञ्चालक समिति, जिल्ला बहुउद्देश्यीय सहकारी संघका सञ्चालक समिति, लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्लामा रहेका संघहरुको अवस्था कस्तो छ ?, कति सक्रिय रहेका छन् ?, भन्ने विषयमा प्रश्नउत्तरका साथै गुनासो, सहकारी संघहरुले भोग्नु परेको समस्याका बारेमा छलफल भएको थियो ।
डिभिजन सहकारी कार्यालय खारेज भएपछि जिल्लमा रहेका संस्थाहरुको अवस्था, सहकारीहरु विषयगत तथा जिल्ला संघहरुमा सम्पर्क नहुने र संस्थाहरुको बारेमा पनि थाहा पाउन नसकिएको जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष सन्तोष राउतले गुनासो गर्नुभयो । जिल्लामा रहेका संघहरुको विषयमा जिल्ला सहकारी संघले सक्रिय बनाउने र संघहरुलाई आवश्यता अनुसारको तालिम, गोष्ठी संघले ब्यवस्था गर्ने र संघहरु सक्रिय नभए एकीकरण गराउने जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले बताउनु भयो । सक्रिय पनि नहुने र एकिकरण पनि नभए खारेजको लागि सम्बन्धीत निकायमा सिफारिस गर्ने उहाँले बताउनुभयो ।
जिल्ला संघहरुको अवस्था बुझेर महासंघले सहजिकरण गर्ने सहकारी महासंघका सञ्चालक सदस्य डि.बि. बस्नेत बताउनु भयो । कार्यक्रममा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरणर शर्मा घिमिरे, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, नेफ्स्कूनका सञ्चालक जिवसराज खड्का, राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ, बागमती प्रदेश कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठकको उपस्थिती रहेको थियो ।
कार्यक्रमको आयोजना दोलखा जिल्ला सहकारी संघ र दोलखा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ को संयुक्त आयोजनामा भएको थियो । महासंघले बागमती प्रदेश भित्रका जिल्ला संघ र विषयगत जिल्ला संघको अवस्था बुझ्न डि.बि. बस्नेतको संयोजकत्वमा एक समिति बनाएको थियो । उक्त समिति बागमती प्रदेशका सबै जिल्ला पुगेर छलफल गरी महासंघमा प्रतिवेदन बुझाउने छ ।
उक्त समिति मकवानपुर, चितवन, धादिङ, रामेछाप र दोलखा जिल्लामा अन्तरक्रिया सम्पन्न गरेको छ । प्रदेशका सबै जिल्लाका जिल्ला संघ र विषयगतको अवस्था बुझेर प्रतिवेदन तयार गर्ने समितिका सदस्य तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले बताउनुभयो ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सरकारले माग सम्बोधन नगरे सहकारीकर्मीलाई सडकमा उतार्न हामी बाध्य हुनेछौं: मल्ल
१७ चैत्र २०७९, शुक्रबार
महाननगर प्रमुख भन्छन्, ‘सहकारीको अवस्था नसुध्रिए संघीयता धरापमा पर्छ’
१७ चैत्र २०७९, शुक्रबार
रञ्जिताकाे काँधमा सहकारी
१७ चैत्र २०७९, शुक्रबार