१४ माघ २०७७, बुधबार

सेवाकेन्द्र स्तरीय विस्तारित बैठक गरी सिवाईसी साधारण सभा

१६ मंसिर २०७७, मंगलवार
सेवाकेन्द्र स्तरीय विस्तारित बैठक गरी सिवाईसी साधारण सभा

बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको ११ ओैं साधारणसभा सेवाकेन्द्र स्तरीय विस्तारित बैठक गरी सम्पन्न गरिने भएको छ । सदस्यहरुको राय तथा सुझाव लिँदै १० वटा सेवा केन्द्रमा छुट्टाछुट्टै साधारण सभा सम्पन्न गर्ने कार्यक्रम बनाएको सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्माले जानकारी दिनुभयो ।

साधारण सभाको पहिलो दिन (सोमबार) नवमालिका र कल्याणकारी सदस्य सेवाकेन्द्रमा छुट्टाछूट्टै विस्तारित मञ्च कार्यक्रम गरेको छ । मालिकाको कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले सहकारी संस्था ७ वटा सिद्धान्त अनुसार चल्नुपर्ने बताउनुभयो । सहकारीको शेयर सदस्य बन्दा राम्रोसँग बुझेर मात्र बन्नुपर्ने र बागलुङमा सिवाईसी सहकारीले राम्रो काम गरिरहेको कारण यसले फड्को मारिरहेकोले यसलाई अझै राम्रोसँग अगाडि बढाउन सापकोटाले सुझाव राख्नुभएको थियो। स्वास्थ सहकारी संस्थाका कोषाध्यक्ष शालिकराम सापकोटा , मुक्तिराम आचार्य लगायतका बक्ताहरूले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

त्यसैगरी सिवाईसी साकोसको कल्याणकारी सदस्य सेवाकेन्द्र अन्तरगत तित्याङमा पनि विस्तारित मञ्च सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बद्रि प्रसाद शर्मा पौडेलले सदस्यहरुको साथ सहयोग अझ बढि पाउन सके संस्थाले छिटो फड्को मार्ने धारणा राख्नुभयो । उहाँले सिवाईसी साकोसका कार्यक्रमहरु लोकप्रिय रहेकोले सदस्यहरुको विश्वास जित्न सफल भएको बताउनुभयो । कार्यक्रममा सिवाईसी साकोसका सल्लाहाकार सिता शर्मा, सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्थाका संचालक डोलेन्द्र शर्मा र सेवाकेन्द्र संचालन तथा व्यवस्थापन उपसमिति सदस्य गोपाल कुमार शर्मा र पुर्व लेखा सुपरिवेक्षण समिति सदस्य नारायण शर्माले शुभकामना मन्तव्य र कल्याणकारी सदस्य सेवाकेन्द्र तित्याङका संयोजक कुमार प्रसाद उपाध्यायले स्वागत, संचालन सचिव लक्ष्मण खड्काले गर्नुभएको थियो ।

दुबै कार्यक्रम सिवाईसी सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्माको अध्यक्षतामा भएको थियो ।

साधारणसभा प्रगति प्रतिवेदन सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपाने, आर्थिक प्रतिवेदन कोषाध्यक्ष सितादेबी सापकोटा कडेलले प्रस्तुत गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय