२१ फाल्गुन २०८०, सोमबार

सिवाईसी साकोसको अध्यक्षमा पुन: चण्डिप्रसाद शर्मा

१६ मंसिर २०८०, शनिबार
सिवाईसी साकोसको अध्यक्षमा पुन: चण्डिप्रसाद शर्मा

बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा चयन भएका छन् । संस्थाको १४ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ संचालक समिति चयन भएको हाे ।

समितिको उपाध्यक्षमा संस्थाका निवर्तमान कोषाध्यक्ष सितादेवी सापकोटा कँडेल, सचिवमा ज्ञानेन्द्रराज पन्त, सह-सचिवमा पुनः सुवास आचार्य, कोषाध्यक्षमा मोहन प्रसाद उपाध्याय निवार्चित भएका छन् । त्यस्तै, सदस्यहरुमा मोतिराम गौतम, कृष्णप्रसाद रिजाल, पुतली थापा, चुडामणी कंडेल, राम बहादुर खत्री, इन्दिरा पान्डे पन्त, भोलानाथ आचार्य, गोपाल कुमार शर्मा, सिर्जना अधिकारी पौडेल र अनिता सापकोटा निर्वाचित भएका छन्।

लेखा समितिको संयोजकमा पदमपाणी शर्मा, सदस्यमा केशवप्रसाद वझा र सितादेवी सापकोटा कँडेल निर्वाचित भएका छन् ।

सिवाईसी साकोसको मंसिर ६ गतेदेखि सुरु भएको १४ औं साधारण सभा शनिबार सम्पन्न भएको हो । संस्थाको २५ वटा सेवा केन्द्रमा साधारण सभाहरु सञ्चालन भएको थियो ।

अभिलेख

लोकप्रिय