१३ बैशाख २०८१, बिहीबार

बचत तथा ऋण सहकारी अभियान ७३ वर्षमा

४ कार्तिक २०७८, बिहीबार
बचत तथा ऋण सहकारी अभियान ७३ वर्षमा

काठमाडौं : अन्तर्राष्ट्रिय क्रेडिट युनियन (बचत तथा ऋण सहकारी) अभियान आजबाट ७३ औं वर्ष प्रवेश गरेको छ ।

सन् १९४८ देखि प्रत्येक अक्टोबर महिनाको तेस्रो बिहीबार औपचारिक रुपमा मनाउन सुरु गरिएको अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस (आइसीयू डे) सन् २०२१ मा ७२ वर्ष पूरा गरी ७३ औं वर्ष प्रवेश गरेको हो ।

विश्व क्रेडिट युनियन अभियानमा हालसम्म प्राप्त उपलब्धिहरु र यसले समुदायमा पारेको सकारात्मक प्रभावको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ । यस वर्षको आइसीयू डे को नारा ‘उज्ज्वल भविष्यका लागि वित्तीय स्वास्थ्य निर्माण’ रहेको छ ।

क्रेडिट युनियनहरु गैर नाफामूलक वित्तीय सहकारीहरु हुन् । विश्वका ६ महादेशका ११८ मुलुकमा फैलिएको यो अभियानभर हाल ८६,४५१ क्रेडिट युनियनमार्फत ३७ करोड बढी सदस्यहरु आबद्ध छन् ।

सहकारी तथा बचत ऋण सहकारीका विश्वव्यापी मुलभूत आदर्श र सिद्धान्तको कडीमा स्थापित यस्ता क्रेडिट युनियनहरुले विविध प्रकारका वित्तीय एवम् गैरवित्तीय सेवाहरुमार्फत आफ्नो कार्यक्षेत्रभित्रका सदस्यहरुलाई सेवा पु¥याइरहेका छन् । नेपालको बचत तथा ऋण सहकारी अभियानको अभिभावक निकाय नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून)ले एक शुभकामना सन्देश जारी गरेको छ । विश्व ऋण परिषद् (ओकू) ले तय गरेको नारा नेपालको परिप्रेक्ष्यमा अझ बढी सान्दर्भिक र समयसापेक्ष रहेको नेफ्स्कूनले जनाएको छ ।

नेपालको साकोस अभियानमा आबद्ध सदस्यहरुका लागि वित्तीय साक्षरता, वित्तीय समावेशीता, वित्त व्यवस्थापन एवम् आर्थिक मितव्ययीता जस्ता विषयहरु अहिलेको प्रमुख प्राथमिकता रहेको नेफ्स्कूनद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा जारी शुभकामनामा भनिएको छ, ‘साकोसका सदस्यहरुको वित्तीय स्वास्थ्य निर्माणमा नेफ्स्कून तथा यसमा आबद्ध सबै संघ संस्थाहरुले रणनीतिक दिशानिर्देश सहित शिक्षा र तालिमका कार्यक्रमहरु सञ्चालन गरिरहेको अवस्थामा तिनलाई थप महत्वका साथ सदस्यको जीवनपद्धति बन्ने गरी सञ्चालन गर्नुपर्ने आवश्यकता बोध यस वर्षको आइसीयू डे को नाराले गराएको छ ।’

अभिलेख

लोकप्रिय