१५ चैत्र २०७९, बुधबार

६६औं राष्ट्रिय सहकारी दिवसको थिम तय

३० फाल्गुन २०७९, मंगलवार
६६औं राष्ट्रिय सहकारी दिवसको थिम तय

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले ६६औं राष्ट्रिय सहकारी दिवसको थिम (नारा) तय गरेको छ।

महासंघले यस वर्षको लागि ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ नारा तय गरेको हो । ६५ औं राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थियो ।

महासंघले सूचना जारी गर्दै थिम प्रस्तावको आव्हान गरेको थियो । सञ्चालक समितिको बैठकमा छलफल गरी यस वर्षको थिम तय गरिएको महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले जानकारी दिईन ।

नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइन्छ । हरेक सहकारी वर्षमा नारा तय गरी सहकारीलाई दिशानिर्देश गर्ने काम महासंघले गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय