पोखरा : को-अपरेटिभ म्यानेजर्स क्लब, कास्कीको अध्यक्षमा मोहनप्रसाद अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न ७औं वार्षिक साधारणले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिकारी पृथ्वी बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत छन् । उनी यस अघि सचिव थिए ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी (सुरक्षा पालुवा साकोस), सचिवमा शंकरप्रसाद पौडेल (लेखनाथ सामुदायिक साकोस), कोषाध्यक्षमा सन्तोष रानाभाट (शुभसौगात साकोस) र सहसचिवमा प्रेमसागर अधिकारी (जनसेवा साकोस) निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा दीपक थापा (भावना सामुदायिक कृषि सहकारी), सुशिल केसी (जयलक्ष्मी साकोस), रविन्द्र तिवारी (घामपानी साकोस), श्रीराम सुवेदी (मातृभूमि साकोस), सन्तोष पौडेल (पारिजात साकोस) र महेश पौडेल (पिपल्स साकोस) रहेका छन् ।
क्लबको संस्थापक अध्यक्ष पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका मुख्य प्रबन्धक मीलन ढकाल हुन् । त्यसपछि २ कार्यकाल डम्बरसिंह बस्नेतले क्लबको नेतृत्व सम्हालेका थिए । त्यस्तै अपिल कोईरालाले पनि २ कार्यकाल क्लबको नेतृत्व सम्हालेका थिए । एक/एक वर्ष कार्यकाल रहेको क्लबको अपिल कोईरालाको दोस्रो कार्यकालबाट २ वर्षको अवधि बनाईएको थियो ।
रोयल दिदिबहिनी किचनमा भएको क्लबको साधारण सभामा मानार्थ सदस्य भोजराज घिमिरे र भीम गुरुङको पनि उपस्थिती रहेको थियो ।
सीएमसी कास्की २०७५ सालमा स्थापना भएको सहकारीमा कार्यरत व्यवस्थापक एवं कर्मचारीहरुको साझा समाजिक संस्था हो । सहकारीहरुमा कार्यरत व्यवस्थापक एवं कर्मचारीहरुको ज्ञान, शिप, अनुभव, क्षमता विकासको साझा थलोको रुपमा विकास गर्नको लागि क्वालिटी सर्कलको रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्ने गरी क्लबको स्थापना भएको हो ।