८ बैशाख २०८१, शनिबार

चाइना ट्रेडको १४औं साधारण सभा सम्पन्न, ३२.६०% ले बढ्याे कुल सम्पत्ति

१७ आश्विन २०७८, आईतवार
चाइना ट्रेडको १४औं साधारण सभा सम्पन्न, ३२.६०% ले बढ्याे कुल सम्पत्ति

काठमाडौं : चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/०७८ मा कुल सम्पत्ति ३२.६० प्रतिशतले वृद्धि भई ८९ करोड २७ लाख पुगेको छ । त्यस्तै चालु आर्थिक वर्षमा संस्थाले १९ प्रतिशतले कुल सम्पत्ति बृद्धि गरी १ अर्ब ६ करोड पुयाउने लक्ष्य राखेको छ ।

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ, जिल्ला सहकारी संघ काठमाडौं, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक र एसियाली ऋण महासंघ आवद्ध यस संस्थाको सेयर पुँजी ८ करोड १६ लाख र जगेडा कोष ३ करोड ३९ लाख रहेको छ ।

संस्थाको शनिबार राजधानीमा शनिबार सम्पन्न १४औं वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार संस्थामा हाल १ हजार ३ सय ८१ जना सेयर सदस्य छन् । यो संख्या बढाएर चालू आवमा १ हजार ८ सय पुर्याउने लक्ष्य छ ।

संस्थाले विभिन्न क्षेत्रमा ६५ करोड १० लाख कर्जा प्रवाह गरेको छ । गत आ.व.मा नेपाल सरकारको राजश्वमा ३५ लाख ७० हजार योगदान गरेको छ । साधारण सभाको अवसरमा गत दुई आर्थिक वर्षमा संस्थामा उत्कृष्ट कारोबार गर्ने १० जना शेयर सदस्यलाई उत्कृष्ट शेयर सदस्य र संस्थामा आवद्ध ७५ वर्ष माथिका ५ जना शेयर सदस्यहरुलाई जेष्ठ सदस्य सम्मान प्रदान गरिएको छ ।

त्यसैगरी खेल क्षेत्रमार्फत समाजमा विशेष योगदान पुर्याए वापत नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक एवं संस्थाका शेयर सदस्य बाल गोपाल महर्जनलाई नगद पुरस्कार सहित विशेष सम्मान प्रदान गरिएको छ ।

चालु आ.व.मा संस्थाको नेतृत्व र ब्यवस्थापनको क्षमता अभिबृद्धि गर्दै संस्थाले ज्येष्ठ सदस्य, महिला सदस्य, र बाल सदस्यका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ ।

नीति, विधि र प्रविधिमा आधारित संस्था बन्नको लागि विभिन्न १६ वटा आन्तरिक कार्यविधिहरु लागु गर्नुका साथै आधुनिक डिजिटल प्रविधिको प्रयोग मार्फत शेयर सदस्यहरुलाई गुणस्तरीय वित्तीय र गैरवित्तीय सेवा पुर्याउँदै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले राष्ट्रको आर्थिक विकास र गरिबी निवारणमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङ, काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका सञ्चालक तुल्सी सापकोटा र काठमाडौं महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले कार्यक्रममा शुभकामनासहित आ–आफ्नो मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले चाइना ट्रेड सहकारीलाई मुलुककै उत्कृष्ट मध्येको एक संस्था बनाउने बताउनुभयो । २०६४ सालमा २९ जना शेयर सदस्य र ७० लाख चुक्ता पूँजीबाट महाबौद्ध, काठमाडौंमा शुरु भएको संस्थाले हाल सम्म आईपुग्दा सदस्यहरुको वित्तीय पहुच अभिबृद्धि, उद्यमशिलता विकास, रोजगारी श्रृजना, महिला सशक्तिकरण र गरिबी निवारण मार्फत समुदायको विकासको लागि निरन्तर रुपमा क्रियाशिल रहँदै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

अभिलेख

लोकप्रिय