१५ चैत्र २०७९, बुधबार

सदस्यहरुको मन जित्दै सेञ्चुरी बहुउद्देश्यीय सहकारी

११ माघ २०७९, बुधबार
सदस्यहरुको मन जित्दै सेञ्चुरी बहुउद्देश्यीय सहकारी

काठमाडौं : टोखा नगरपालिका-९, गोंगबुमा मुख्य कार्यालय रहेको सेञ्चुरी बहुउद्देश्यीय सहकारी संस्था स्थापनाको छोटो समयमै सदस्यहरुको मन जित्न सफल भएको छ । स्थापनाको पहिलो वर्षमै संस्थाले मुनाफा आर्जन गरेपछि सदस्यहरुको सहभागिता बढ्दै गएको छ ।

टोखा नगरपलिकाको सहकारी कार्यविधि ऐन, २०७५ अन्तर्गत २०७८ साल भदौ ४ गते स्थापना भएको यस संस्थाले पहिलो वर्षमै ३ लाख ६३ हजार ५ सय ७२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले २०७९ कार्तिक १२ गते प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको थियो । उक्त साधारण सभापछि सदस्यहरुको विश्वास संस्थाप्रति बढ्दै गएको संस्थाका अध्यक्ष योगेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । स्थापनाको १५ महिनाको अवधिमै सदस्यहरुको मन जित्दै समुदायमा आधारित सहकारी संस्थाको रुपमा स्थापित गर्न सफल भएको अध्यक्ष श्रेष्ठले बताए ।

‘प्रथम वार्षिक साधारण सभा सम्पन्न भएपछि संस्थामा सदस्यहरु संस्था प्रति जिम्मेवार र विश्वस्त भएका छन्’, अध्यक्ष श्रेष्ठले भने, ‘अहिलेको विषम परिस्थितीमा पनि सहकारीमा सेयर पुँजी, बचत बढ्दै गएको छ ।’ संस्थाको सेयर पुँजी १ करोड १० लाख रुपैयाँ पुगेको समेत श्रेष्ठले बताए । ३ सय ६० जना सदस्य रहेको संस्थामा नियमित बचत ७५ लाख, आवधिक बचत १ करोड ८० लाख रुपैयाँ रहेको छ । त्यस्तै संस्थाले सदस्यहरुलाई करिब साढे ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

‘संस्थामा भाखा नाघेको कर्जा र उठ्नु पर्ने ब्याज शून्य छ’, उनले भने । सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा संस्था सधै क्रियाशिल रहने समेत श्रेष्ठले बताए । सदस्यहरुको साथ र सहकार्यले आगामी दिनमा संस्थाले थप उचाई हासिल गर्ने समेत अध्यक्ष श्रेष्ठको भनाई छ । ‘हामी सदस्यहरुलाई कसरी बढीभन्दा बढी सेवा दिन सकिन्छ भन्नेतर्फ केन्द्रीत छौं । सहकारीप्रति घढ्नो जनविश्वासलाई फर्काउने गरी काम गरिरहेका छौं’, अध्यक्ष श्रेष्ठले भने ।

संस्थाका अध्यक्ष लगायत सञ्चालक समितिले संस्थाबाट कुनै पनि सेवा सुविधा समेत लिने गरेको छैन ।  संस्थाले नागार्जुन नगरपालिका सानोभर्याङमा सेवा केन्द्र समेत विस्तार गर्ने तयारी समेत गरेको छ ।

 

अभिलेख

लोकप्रिय