२२ मंसिर २०८०, शुक्रबार

स्थापनाको तेस्रो वर्षमा सेञ्चुरी बहुउद्देश्यीय सहकारी

३ भाद्र २०८०, आईतवार
स्थापनाको तेस्रो वर्षमा सेञ्चुरी बहुउद्देश्यीय सहकारी

काठमाडौं : टोखा नगरपालिका-९, गोंगबुमा मुख्य कार्यालय रहेको सेञ्चुरी बहुउद्देश्यीय सहकारी संस्था स्थापनाको तेस्रो वर्षमा प्रवेश गरेको छ । टोखा नगरपलिकाको सहकारी कार्यविधि ऐन, २०७५ अन्तर्गत २०७८ साल भदौ ४ गते स्थापना भएको थियो ।

संस्थामा हाल ८ सय ५० जना सदस्य आवद्ध छन् । समुदायमा आधारित भई सञ्चालमा रहेको सेञ्चुरी बहुउद्देश्यीय सहकारीको सेयर पुँजी १ करोड ५२ लाख रुपैयाँ पुगेको छ । संस्थाको नियमित बचतमा १ करोड ५ लाख, आवधिक बचतमा २ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थाले २ सय ५० जनालाई ४ करोड १० लाख रुपैयाँ लगानी गरेको छ । संस्थाले स्थापनाको पहिलो वर्षमै ३ लाख ६३ हजार ५ सय ७२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

संस्थाले आर्थिक संकटको बीचमा पनि लोभलाग्दो प्रगती गर्न सफल भएको छ । स्थापनाको छोटो समयमै सदस्यहरुको मन जित्दै सहकारीहरुको भिडमा आफूलाई अब्बल सावित गराएको संस्थाका अध्यक्ष ई. योगेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । संस्थाले प्रदान गर्ने सेवाका कारण सदस्यहरुको विश्वास संस्थाप्रति बढ्दै गएको संस्थाका अध्यक्ष श्रेष्ठ बताउँछन् ।

अभिलेख

लोकप्रिय