
काभ्रे : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा श्री जनज्योति मा. बि. जनागाल, काभ्रेमा ‘विद्यालयमा बुसा कार्यक्रम’ सम्पन्न भएको थियो ।
संस्थाका शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक प्रकाश भुर्तेलको संयोजकत्वमा आयोजना भएको कार्यक्रमको सहजिकरण संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले गरेका थिए । कार्यक्रममा वित्तीय साक्षरता, बुडोल सामुदायिक साकोस र सहकारीको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए
कार्यक्रममा संस्थाको तर्फबाट शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक प्रकाश भुर्तेल, सञ्चालक समिति सदस्य गिता कुँवर क्षेत्री, बनेपा जनमैत्री सेवा केन्द्र प्रमुख अशोक खत्री, विद्यालयको तर्फबाट शिक्षक नवराज आचार्य र विद्यार्थीहरुसहित ३९ जनाको सहभागिता रहेको संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी दिवसमा काठमाडौं उपत्यका भित्र संयुक्त र्याली र सभा हुने
१५ चैत्र २०७९, बुधबार
केवल आश्वासनकै भरमा आन्दोलन मत्थर !
१४ चैत्र २०७९, मंगलवार
हाम्रो सहकारीका ज्येष्ठ सदस्यलाई तीर्थाटन
१४ चैत्र २०७९, मंगलवार