२३ कात्तिक २०८१, शुक्रबार

‘३० मिनेट भित्रै खाताबन्दी सम्पन्न गर्यौं’

२०८१ साउन २८, सोमबार
‘३० मिनेट भित्रै खाताबन्दी सम्पन्न गर्यौं’

तपाईंको सहकारीले किन मिरा सफ्टवेर नै रोज्यो ? बजारमा छ्यापछ्याप्ती पाइने सफ्टवेयर र मिराबीच तात्विक भिन्नता के छन् ?
मिरा सफ्टवेयर नेफस्कुनद्वारा प्रवर्द्धित सफ्टवेयर हुनुको साथै बजारमा सहकारी व्यवस्थापनका लागि उपलब्ध भएका थुप्रै सफ्टवेयर मध्ये सुपथ मुल्यमा सबै किसिमका सुविधाहरु सेवा प्रदायक संग पाईने, कोर बैंकिङ्ग सेवा ९ऋद्यक्० अरु सेवा प्रदायक भन्दा मिरामा सस्तो भएको र सहकारीको लागि चाहिने विभिन्न सेवाको लागी फरक फरक सेवा प्रदायकबाट सेवा लिनु नपर्ने भएको कारण मिरा पहिलो रोजाईमा पर्यो ।
जहाँसम्म रुपन्देही जिल्लामा मिरा सफ्टवेयर चलाउने पहिलो प्रारम्भिक सहकारी अंकुर साकोस नै हो र मिराकै मोवाईल बैकिङ्ग प्रयोग गर्ने लुम्बिनी प्रदेशकै पहिलो संस्था हामी रहेछौं ।

मिराको प्रयोग कत्तिको सहज छ? खोजेका सबै वित्तीय विवरणहरु प्राप्त गर्न सकिन्छ ? खासगरी, नियामक निकायले खोजेका सबै विवरणहरु मिराबाट जेनेरेट हुन्छन् वा भएका छन् ?
अरु सफ्टवेयर चलाईरहेका संस्थालाई मिरा सफ्टवेयर संचालन गर्न कठिन छैन । हामीले पनि अनलाईनबाटै तालिममा सहभागी भएर सफ्टवेयर संचालन गर्न सक्षम भएका हौं । सफ्टवेयर पूर्ण रुपमा तयार नभईसकेकोले सुरुवाती दिनमा केही कठिन भने अवश्य भएको थियो । अहिले पनि सफ्टवेयरको प्रतिवेदनमा केही सामान्य गुनासाहरु छन् । नियामक निकायलाई कोपोमिस मार्फत पठाउनुपर्ने मासिक विवरण सोझै पठाउन मिल्ने व्यवस्था र अरु वित्तीय प्रतिवेदनहरु सजिलै निकाल्न पाउने व्यवस्था मिलाउन सके यो उत्कृष्ठ सफ्टवेयर हुने थियो ।

सफ्टवेयर जडान गर्नुभन्दा पनि प्राविधिक सहयोग (टेक्निकल सपोर्ट) को पाटो पनि उत्तिकै चुनौती छ भन्ने गुनासो सुनिन्छ ? मिराको हकमा सपोर्ट कस्तो पाउनुभएको छ ?
मिराको प्राविधिक सपोर्ट अलि फरक खालको छ । मिरा सफ्टवेयरबाट मागेको सपोर्ट अनलाईनबाट सजिलै पाउन सकिन्छ तर प्राविधिक ज्ञान कम भएका र साना संस्थाहरुलाई सुरुवातमा भौतिक रुपमा नै तालिम आवश्यक पर्ने हुनाले मिरामा त्यो कुराको कमी महसुस भएको पाईन्छ । तथापि भर्चुअल सपोर्टमा मिराको सेवा उत्कृष्ट छ ।

मिराको अनलाइन सेवा कत्तिको प्रभावकारी छ ? युजर म्यानुअल, गाइड र तालिम, शिक्षा कस्तो पाउनुभयो ?
अनलाईन सेवा प्रभावकारी छ । फोनमार्फत टिपाईएका समस्याहरु सिघ्र समाधान भएका छन् । हामी सुरुवातमा केही हप्ता शुक्रबार शुक्रबार संचालन हुने तालिममा सहभागी भयौं तर त्यसपछि काम गर्दै जाँदा कुनै समस्या आईलागेन । परेको समस्या तत्काल फोन मार्फत टिपाउँदा फोनबाट समाधान भएकोले काममा अवरोध भएन । युजर म्यानुअलको बरेमा खासै जानकारी समेत छैन ।

मिराको मूल्य र महत्वबीच तादात्म्य पाउनुभएको छ ?
मिराको सुन्दर पक्ष भनेको बजारमा उपलब्ध अनलाईन सफ्टवेयर मध्ये दिईरहेको सेवामा यो अति सस्तो सफ्टवेयर हो । मात्र ८००० प्रति युजरमा SaaS को सेवा उपयोग गर्न पाउनु हामी जस्ता सानो पूँजी भएका संस्थाहरुको लागि बरदान नै भएको छ । अर्को महत्वपूर्ण विषय यसको सुरक्षा प्रणाली रहेको छ । युजर आफैले भौचर परिवर्तन वा सच्याउन नपाउने भएकोले संचालक र सदस्य बीचमा विश्वसनीय समेत हुन पुगेको छ । व्याकअप र सुरक्षाको लागि संस्थाले थप लगानी गर्नु पर्दैन । यस्ता विशेषताले गर्दा हालको मूल्यमा अत्यन्त राम्रो सेवा उपभोग गर्न पाएको देखिन्छ ।

सफ्टवेयरको बजार पनि बिस्तारै प्रतिस्पर्धी हुँदैछ ? यो सन्दर्भमा तपाई मिरा सफ्टवेयरको प्रयोगकर्ताको दृष्टिले यसलाई १ देखि १० भित्र रेटिङ गर्नुपर्यो भने कति नम्बर दिनुहुन्छ ?
मिराबाट पहिलो वार्षिक खाताबन्दी समेत सम्पन्न गरिसकेका छौ । केवल ३० मिनेटको समयमा हामीले गत आ.व. को वार्षिक खाताबन्दी गर्न सफल भयौं यसका साथै यसमा उपलब्ध सुविधा र मुल्यलाई तुलना गर्ने हो भने म यसलाई १० मध्ये ९ अंक प्रदान गर्छु ।

आफ्नो सहकारीका लागि सस्तो, सुरक्षित र भरपर्दो सफ्टवेयरको खोजीमा रहेकाहरुलाई तपाई मिरा रेकमेन्ड गर्नुहुन्छ त ?
अवश्य नै । मैले अघिनै जानकारी गराईसके हामी नेफस्कुनको नेकोस प्लसको अफलाईन भर्सन चलाईरहेका सहकारीले भर्खर बजार प्रवेश गरेको मिरालाई रोजेर सुरुवातदेखि प्रयोग गरेका संस्था हौं । हामीले प्रयोग गरेको देखेर अहिले सिद्धार्थनगरमा ४ वटा संस्थामा यहि सफ्टवेयर प्रयोग भएको छ र विस्तारै थपिँदै जाने क्रम बढेको छ । यो वर्षको खाताबन्दीपछि पक्कै पनि २ देखि ३ वटा नयाँ संस्थाले आफ्नो पुरानो सफ्टवेयर परिवर्तन गरेमा मिरा प्रयोग गर्न थाल्नुहुनेछ ।

मिरालाई अझै राम्रो बनाउन के कस्ता सुधारहरु आवश्यक छन् ? तपाईका सुझाव के छन् ?
कम पुँजी भएका सहकारीमा मिराले आफ्नो उपस्थिति देखाओस् । बजारमा महँगा सफ्टवेयर थुप्रै छन् । धेरै पूँजी भएका संस्था आफैले ठूलो लगानी गरेर सफ्टवेयर बनाउन दिन पनि सक्छन तर कम वा उचित मुल्यमा सबै सेवाहरु दिईरहेको मिराले आफ्नो उत्पादनको गुणस्तरमा ध्यान दिई सहुलियत दरमा नयाँ सेवा तथा सुविधाहरु थप गर्न सके यो झनै लोकप्रिय हुनेछ । यसका लागि केही कुरामा ध्यान दिनु जरुरी छ ।
जस्तै:
१) मिरा संचालन गर्ने संस्थालाई सुरुवाती दिनमा छोटो अवधिको भौतिक तालिमको व्यवस्था ।
२) कम्पनीले अगाडी सारेका सेवा तथा सुविधाहरु तत्काल प्रयोग गर्न सकिने गरी सुचारुरसंचालन ।
३) सफ्टवेयरको भाषा नेपाली र अंग्ररेजी अथवा अंग्रेजी वा नेपाली भाषामा उपलब्धता ।
४) नियामक निकायलाई दिनु पर्ने मासिक तथा वार्षिक प्रतिवेदनहरु एक क्लिकको भरमा कोपोमिस प्रणालीमा प्रविष्टि हुने ।
५) खातामा हिसाब राखिरहेका संस्थाले पनि सजिलै प्रतिवेदन बुझ्न सकिने ढाँचामा विवण उपलब्ध हुन सके अति राम्रो हुने थियो ।

अभिलेख

लोकप्रिय