१६ चैत्र २०८०, शुक्रबार

अब बैंकबाट सहकारीको खातामा रकम ट्रान्सफर हुने, राष्ट्रिय सहकारी बैंक ‘सेटलमेन्ट बैंक’

३० पुष २०७८, शुक्रबार
अब बैंकबाट सहकारीको खातामा रकम ट्रान्सफर हुने, राष्ट्रिय सहकारी बैंक ‘सेटलमेन्ट बैंक’

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रविधिमा आधारित थप नयाँ सुविधा सुरु गरेको छ ।

अब नेचुरल सहकारी संस्थाका सदस्यले ‘नेचुरल स्मार्ट एप’ प्रयोग गरेर बैंक खाताबाट आफ्नो सहकारीको खातामा सहजै रकम ट्रान्सफर सक्नेछन् ।

नेचुरल सहकारीले सुरु गरेको यो सेवा नेपालमै पहिलो रहेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले बताउनुभयो । संस्थाले वालेट कम्पनी वी पे (We Pay) सँगको सहकार्यमा सेवा सुरु गरेको पाठकले बताउनुभयो ।

यसरी हुने कारोबारको सेटलमेन्ट राष्ट्रिय सहकारी बैंकले गर्ने छ । बैंक तथा वित्तीय संस्थाका खाताबाट सहकारी संस्थाको खातामा रकम ट्रान्सफर गर्न नेपालमा पहिलोपटक राष्ट्रिय सहकारी बैंक ‘सेटलमेन्ट बैंक’ समेत भएको छ ।

राष्ट्रिय सहकारी बैंकले बैंक टू सहकारी रकम ट्रान्सफरको सेटलमेन्टको परिक्षण गरिरहेको छ । हाल केही सहकारीमा परिक्षण भईरहेको बैंकले जनाएको छ ।

अभिलेख

लोकप्रिय