६ आश्विन २०७८, बुधबार

बागमती प्रदेश सहकारी संघ दोस्रो वर्षमा प्रवेश, कार्यालय शुभारम्भ

१३ श्रावण २०७८, बुधबार
बागमती प्रदेश सहकारी संघ दोस्रो वर्षमा प्रवेश, कार्यालय शुभारम्भ

ललितपुर : बागमती प्रदेश सहकारी संघले ललितपुरको सातदोबाटो स्थित सुमेरु मार्टमा कार्यालय स्थापना गरेको छ ।

एक कार्यक्रमको बीच संघले प्रथम वार्षिक उत्सवको अवसर पारेर आज कार्यालय सुभारम्भ गरेको हो । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेंलको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव र कार्यालय शुभारम्भ गरिएको हो ।

कार्यक्रममा महासंघका पदाधिकारी, सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल लगायत सहकारीकर्मीको उपस्थिती रहेको थियो ।

संघका हाल जिल्ला संघ, विषयगत जिल्ला संघ र प्रारम्भिक सहकारी संस्था गरी करिब १ सय १५ सदस्य आवद्ध भएका छन् । संघ दर्ताको क्रममा ५६ सदस्य थिए ।

संघले जिल्ला संघ र प्रारम्भिक सहकारी संस्थाबाट सेयर समेत संकलन गर्दै आएको छ । सदस्यबाट प्राप्त सेयरलाई उत्पादनमुलक व्यवसायमा लगानी गर्ने सोंच संघले बनाएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । अन्तरलगानीको काम भने नगर्ने उहाँले प्रष्ट पार्नुभयो ।

संघले प्रदेश सरकार, संघीय सरकार, स्थानीय सरकारसँग समन्वय गरी सहकारीको प्रवद्र्धन, विकासका काम गर्ने उहाँले बताउनुभयो ।

अभिलेख

लोकप्रिय