३० श्रावण २०७७, शुक्रबार

बागमती प्रदेशस्तरिय तीन सहकारी संघ दर्ता

१५ श्रावण २०७७, बिहीबार
बागमती प्रदेशस्तरिय तीन सहकारी संघ दर्ता

काठमाडौं, १५ साउन

बागमती प्रदेश सहकारी संघ, बचत तथा ऋण संघ र कृषि संघलाई बुधबार प्रमाणपत्र प्रदान गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी विकास महाशाखा, बागमती प्रदेशको आयोजनामा हेटौंडामा भएको प्रदेश स्तरीय सहकारी संघहरुको दर्ता प्रमाण पत्र वितरण समारोहमा मुख्य मन्त्री डोरमणि पौडेलले उक्त प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्षमा उद्धव सापकोटा र वागमती प्रदेश कृषि सहकारी संघका अध्यक्षमा डिल्ली पाठकलाई मूख्यमन्त्री पौडेलले प्रमाणपत्र हस्तान्तण गर्नुभएको हो ।

कार्यक्रममा मुख्य मन्त्री पौडेलले बागमती प्रदेश सरकारले सहकारी सम्बन्धी कानुनहरु तयार गरिसकेकाले अब सहकारीको पुँजीलाई देश विकासमा लगानी गर्न सहज भएको भन्दै त्यसमा सहकार्य गर्न आग्रह गर्नुभयोे । उहाँले भन्नुभयो, ‘सहकारीसँग मिलेमा धेरै कार्य गर्न सकिन्छ । किसानहरुले उत्पादन गरेको कृषि उपजहरुको बजारीकरणमा सहकारी क्षेत्रको संलग्नता बृद्धि गरी प्रदेश सरकार सहभागी हुने छ,’ उहाँले भन्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले राष्ट्र निर्माण तथा रोजगारी सिर्जनामा सहकारीको भूमिका रहने बताउनुभयो ।

बागमती प्रदेशले पहिलो पटक प्रदेश संघ गठन गरेकोमा राष्ट्रिय सहकरी महासंघका अध्यक्ष मिनराज कँडेलले खुसी व्यक्त गर्दै संविधानले तिन खम्बे अर्थनीतिलाई आत्मसात गरेका र स्थानीय र प्रदेश सरकारले समेत यसलाई महत्व दिन थालेको बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले अब प्रदेश सरकारले बनाउने नीति कार्यक्रम, बजेट, कानुनलगायतका विषयमा प्रदेश सहकारी संघहरुको समेत सुझाव लिएर अगाडी बढ्न अनुरोध गर्नुभयो ।

बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका संचालक तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायाण देवकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका संचालक केवी उप्रेती, महासंघका संचालक तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौडेल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरेले अभियानको तर्फबाट सम्बोधन गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय