२० मंसिर २०७८, सोमबार

अनमोल बहुउद्देश्यीय सहकारीका सञ्चालक र कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

७ कार्तिक २०७८, आईतवार
अनमोल बहुउद्देश्यीय सहकारीका सञ्चालक र कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

काठमाडौं : कागेश्वरी मनोहरा –९, विरेन्द्रचोकमा प्रधान कार्यालय रहेको अनमोल बहुउद्देश्यीय सहकारी संस्थाले एक दिवसिय क्षमता विकास तालिम शनिबार सम्पन्न गरेको छ ।

संस्थाको आयोजना र इनोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा संचालन भएको तालिममा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, अन्य उपसमितिहरु र कर्मचारी गरी ४० जनाको सहभागिता रहेको थियो ।

सहकारीले संचालक एवं कर्मचारीहरुमा व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न, सहकारीमा सुशासन कायम गर्न साथै कर्मचारीहरुको कार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष सन्तोष श्रेष्ठले बताउनुभयो ।

क्षमता विकाससँगै कर्मचारी उत्प्रेरण सम्बन्धि तालिम पनि समेटिएको यस तालिममा प्रशिक्षक कृष्ण प्रसाद आचार्य र सह–प्रशिक्षक राजकुमार श्रेष्ठले प्रशिक्षण गर्नुभएको थियो ।

संस्थाले आगामी दिनहरुमा संचालक एवं आफ्ना कर्मचारीहरुको क्षमता विकास र प्रर्वद्धनका लागि यस्ता विभिन्न खाले तालिमहरु आयोजना गर्दै जाने संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अभिलेख

लोकप्रिय