५ चैत २०८१, मङ्गलबार

धेवा साझेदारीले तिरेन सहकारी बैंकको कर्जा, धितो लिलामी गर्न १५ दिने सूचना

२०८१ माघ २८, सोमबार
धेवा साझेदारीले तिरेन सहकारी बैंकको कर्जा, धितो लिलामी गर्न १५ दिने सूचना

काठमाडौं : कालिमाटी स्थित श्री धेवा साझेदारी बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी बैंकबाट लिएको कर्जा नतिरेपछि धितो लिलामी गर्ने भएको छ।

बैंकले आज (माघ २८ गते) धितो लिलामी सम्बन्धी १५ दिने सूचना प्रकाशित गरेको छ । बैंकले संस्थाका सञ्चालक तथा जमानीकर्ताहरुको विवरणसहित सूचना प्रकाशन गरेको छ ।

संस्थाले बैंकबाट सुनिता तुलाधनको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता श्रेस्ता कायम रहेको कामनपा १५ को कित्ता नं ३०५ र ११४ को क्षेत्रफल क्रमश ६४.७५ ब.मी. र ५२६.६२ ब.मी. घरजग्गा राखी कर्जा लिएको थियो । संस्थाले कर्जा नतिरेपछि धितो वापत राखेको घरजग्गा लिलामी गर्न लागेको हो ।

अभिलेख

लोकप्रिय