७ वैशाख २०८२, आईतवार

अतिथि देवो भव :

२०७० फागुन ४, आईतवार
अतिथि देवो भव :

खिला दाहाल

अतिथि, यानिकि पाहुना । पाहुना भन्ने वित्तिकै आदर सत्कार गर्नुपर्छ, मिठो मसिनो खान दिनुपर्छ अनी सम्मानले राखेर आफूसँग भएका सम्झन योग्य उपहार दिनुपर्छ । किनकी पाहुना देवता समान हुन् हामीले यही सिकेका छौं । पाहुना घरका हुन या देशका । कसैले बोलाएर आउने या आफै आउने सबै पाहुना, पाहुना नै हुन । पाहुना आउने सुईको पाउने वित्तिकै हामी उसको स्वागतको लागि पूर्व तयारी त गर्छौ नै अनी तयारी गछौं उसलाई दिने उपहारको । अनि निधो गर्छौं पाहुनालाई के दिने के देखाउने र के नदेखाउनेको पनि ।
प्रसंग थालौ आउँदो चैतमा नेपालमा हुने सहकारी महासम्मेलनमा आउने पाहुनालाई गर्ने स्वागत र दिने उपहारको । नेपालमा हुन गइरहेको सहकारी महासम्मेलनको तयारीको यतिखेर राष्ट्रिय सहकारी संघले जिम्मेवारी लिएको छ । त्यसै अनुरुप विभिन्न देशका पाहुनाहरुलाई नेपालको ५७ वर्षे सहकारी अवलोकनको निम्तो पनि बाँडेको छ । अब निम्तो पाएका राष्ट्रका प्रतिनिधिहरु पक्कै अतिथि बनेर आउलान, उनीहरुलाई नेपालको ५७ वर्षे वृद्ध सहकरीबाका कथा व्यथा सुन्न मन लाग्ला उनको अवस्थाको जिज्ञासा पनि पक्कै होला, हैनत ? अब हाम्रो वृद्ध अनि जिङरिङ्ग सहकारीबाले गुनासो पोख्लान नी आफ्ना पुर्खा सँग ।
पक्कै पनि सहकारीबाले यसै भन्नलान, म उमेर नपुग्दै वृद्ध भए । मलाई आफ्नो हुदो परिभाषित गरे बेनामको भए । सबैले आफ्नै हिसाबले परिभाषित गर्न थाले । मलाई कोही राजनीतिको खोल ओडेर तर्साउछन, कोही अनियमितताको लठ्ठी बजार्छन । चेतनाको कमिले परिवार नियोजन नहँुदा सन्तान थरिथरिका अनी बग्रेल्ती भए, धेरै हुँदा “बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काधै माथि” जस्तो भए म । सबै आ–आफ्नै मस्तीमा म वेवारीसे भए । म सगरमाथाको शिर कम पाउमूनिको जमिन ज्यादा भए वा । शिक्षाको पोषण छैन मलाई संरक्षणको भर भएन । भनेर ५७ वर्षे सहकारी बाले धेरैपछि माइत गएकी छोरीले आमासँग विलौना गरेझै पूर्खासँग विलौना पोखे भने हामीसँग लाज ढाक्ने वस्त्र काहाँ छ । भएपनि एउटा दुईटा होलान जस्ले कता मात्र ढाक्ने, सहकारी बा सिङ्गै नाङ्गा भएका छन् । राजनीतिले नङ्याएको छ । गुटबन्दीको लट्टा परेको छ । समस्याहरुले सुकाएको छ । सहकारी बालाई बद्मानी गन्हाएको छ । खै बाको कुन अङ्ग सद्दे छ पाहुनालाई देखाउन । कुन कुरा बाँकी छ उपहार दिन । त्यसैले सर्वप्रथम सहकारी बाको संरक्षण गरौं । सेवा गरौं । पालन पोषण गरी हट्टा कट्टा बनाउ । तन मन र धनले हामी सक्षम बनौं हाम्रो सहकारी बा को अनुहार हसाउन अनि तन्नेरी बनाउन र सदावहार बनाउन । अनि हामीसँग देखाउने पनि हुन्छ र दिने पनि हुन्छ । ओरेन्टल जस्ता सन्तान देखाउन बोलाउने होर । कि पाँच तारेमा सम्मेलन गरेर नेपालको सहकारीको इतिवृतान्त पढाउन ? के तयारी छ सहकारी बालाई तन्नेरी बनाउने ? खै सहकारी बाले पूर्खालाई के कोसेली पठाउने ?

अभिलेख

लोकप्रिय