२२ मंसिर २०८०, शुक्रबार

शुरु भयो राष्ट्रिय सहकारी महासम्मेलन (फोटो फिचर सहित)

११ चैत्र २०७०, मंगलवार
शुरु भयो राष्ट्रिय सहकारी महासम्मेलन (फोटो फिचर सहित)

ssकाठमाडौं, ११ चैत । नेपालमा पहिलो पटक राष्ट्रिय सहकारी महासम्मेलन आजदेखि सुरु भएको छ । ‘सहकारी मार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय’ भन्ने मुल नाराका साथ शुरु भएको सम्मेलनमा कुपण्डोल, माइतिघर, रत्नपार्क र टेकुबाट र्याली निकालीएको थियो । उक्त ¥याली दशरथ रंगशालामा गएर सभामा परिणत भएको थियो । र्यालीमा काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, काभ्रे सहकारीकर्मीहरु रहेका थिए ।sahakari mahasammelan4

सम्मेलनमा अन्तराष्ट्रिय सहकारी महासंघका अध्यक्ष डेम पाउलिन ग्रिन, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी संघ, अध्यक्ष एशियाली ऋण महासंघका अध्यक्ष साइमन ए परेरा लगायत वेलायत, चिन, कोरीया, भारत, मलेसीया, श्रीलड्ढा, थाइलेण्ड, वाङलादेश, भुटानलगायतका मुलुकका सरकारी तथा सहकारी क्षेत्रका प्रतिनिधि र सभासद, विश्वविद्यालयका प्राज्ञहरू उपस्थित रहेका छन् ।

 ssssssssssssssmaha sammelan2

त्यसैगरी नेपाल सरकारका सम्वन्धित मन्त्रालयहरू, आयोग, वोर्ड, विभाग र कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, राष्ट्रिय तथा केन्द्रीय सहकारी संघहरु, सहकारी बैंक र विभिन्न जिल्लाका जिल्ला स्तरीय सहकारी संघ/संस्थाहरूका प्रतिनिधिहरु, सहकारी विज्ञहरूको उपस्थित रहेको छ । तस्बिर: उद्धव बोगटी

sahakari sundari

sammelan

mahasammelan3

अभिलेख

लोकप्रिय