७ बैशाख २०८१, शुक्रबार

सिवाईसीद्धारा रात्रीकालीन सेवाको सुरुवात

६ जेष्ठ २०७३, बिहीबार
सिवाईसीद्धारा रात्रीकालीन सेवाको सुरुवात

cycबागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले बुधवारदेखी रात्रीकालीन सेवाको सुरुवात गरेको छ । संस्थाले सहकारीको सात सिद्धान्त मध्येको समुदायप्रतीको चासो अन्तर्गत सदस्य तथा शुभचिन्तकहरुको माग र चाहानालाई ध्यानमा राखी यो सेवा सुरुवात गरेको हो ।

सेवाको सुरुवात भएदेखि सदस्यहरुले बेलुका ७ बजे पश्चात संस्थाको सदस्यता लिन तथा संस्थाका सदस्य तथा सदस्यको एकाघर परिवार भित्रै कुनै सम्वेदनशील अवस्था सिर्जना भई तत्काल पैसा र विरामी बोक्नका लागि स्टेचर आवश्यक परेमा संस्थाको केन्द्रिय कार्यालय तथा सेवाकेन्द्रहरु मार्फत सदस्यहरुले फोनबाट यो सुविधा लिन सक्ने संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराए ।

यो सेवाको शुभारम्भ रुपन्देही जिल्लाका सहकारीकर्मीहरुको टोली र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङका विच बुधवार राती ९ः३० बजे बागलुङ बजारको होटल समीट धौलागिरीमा भएको अन्तरकृया तथा अनुभव आदान–प्रदान कार्यक्रमवाट भएको हो ।

डिभिजन सहकारी कार्यालय रुपन्देहीका सहकारी अधिकृत नेत्रप्रसाद घिमीरेको नेतृत्वमा जिल्लामा क्रियाशिल ३२ वटा विषयगत सहकारी संघ संस्थाहरुको प्रतिनिधित्व रहेको अन्तरकृया कार्यक्रममा बोल्दै प्रमुख अतिथी सहकारी अधिकृत घिमिरेले वित्तीय कारोबारले मात्र सहकारीको भविष्य निर्धारण गर्न नसक्ने हुनाले संस्था सफल हुनका लागि सहकारीका सिद्धान्त र मुल्य मान्यतालाई आत्मसाथ गरी सदस्य तथा समुदायको अभिभावकको रुपमा सहकारीले भूमीका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए ।

अभिलेख

लोकप्रिय