१६ चैत्र २०८०, शुक्रबार

सहकारी पत्रकार समाजको साधारणसभा माघ २९ गते

९ माघ २०७०, बिहीबार
सहकारी पत्रकार समाजको साधारणसभा माघ २९ गते

काठमाडौं ९ माघ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को वार्षिक साधारणसभा आगामी माघ २९ गते हुने भएको छ । सभाले नयाँ कार्यसमितिको पनि चयन गर्ने छ ।

सहकारी पत्रकारहरुको साझा संगठन सिजेएन कार्यसमितिको गत शनिबार बसेको बैठकले निर्वाचनसहितको साधारणसभा गर्ने घोषणा गरेको हो । सहकारीको विषयमा कलम चलाउँदै आएका पत्रकारहरूको पेशागत दक्षता वृद्धि गर्न, मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदानलाई जनसमक्ष उजारगर गर्दै सहकारी अभियानलाई प्रवद्र्धन गर्ने कार्यमा सहयोग पुर्याउन २०६८ सालमा समाजको गठन भएको थियो । हाल समाजमा यादव हुमागाई अध्यक्ष छन् ।

अभिलेख

लोकप्रिय