८ बैशाख २०८१, शनिबार

सहकारी आर्थिक विकासको मेरुदण्ड – अर्थमन्त्री

२७ पुष २०७०, शनिबार
सहकारी आर्थिक विकासको मेरुदण्ड – अर्थमन्त्री

काठमाडौं, २७ पुस ।अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सहकारीलाई  सहकारी आर्थिक विकासको मेरुदण्ड भएको बताएका छन । सरकारले जनक पशुपति बचत तथा ऋण सहकारी संस्थाको १३ औं वाषिर्क साधारणसभामा मन्त्री कोइरालाले सरकार, निजी क्षेत्र र सहकारी सरकारका तीन खम्बे नीति भएको स्पष्ट पारे ।

लोक कल्याणकारी काम सहकारीबाट मात्र हुन सक्नेमा आफू स्पष्ट रहेको बताउँदै मन्त्री कोइरालाले भने- जुन तथ्य मैले ल्याएको बजेटले पनि स्वीकारेको छ । सहकारी आन्दोलन प्रोत्साहित गर्न सरकारको नीति तथा कार्यक्रम प्रष्टसंग बोलेको छ ।
सहकारीको संख्या बढी भएका कारण कतिपय सहकारीले वित्तीय अपराध गरी धर्म छोडेको सन्दर्भ बाहिर आएको बताउँदै मन्त्री कोइरालाले यसतर्फ नियमनको खाँचो रहेको औंल्याए ।
कार्यक्रममा पुनरावेदन अदालतका पूर्व प्रमुख न्यायाधिश हरिराम कोइराला, नेपाल टेलिकमका पूर्व महाप्रबन्धक चेतप्रसाद भट्टराईले सहकारीमा प्रोत्साहनसँगै नियमन पनि जरुरी रहेको बताए ।

अभिलेख

लोकप्रिय