१५ चैत्र २०८०, बिहीबार

सहकारीमा सेयर सदस्यको व्यक्तिगत दुर्घटना बिमा

२६ पुष २०७०, शुक्रबार
सहकारीमा सेयर सदस्यको व्यक्तिगत दुर्घटना बिमा

काठमाडौ , २६ पुस । नवआदर्श बचत तथा ऋण सहकारी संस्था लिको छैटौँ साधारणसभाले जगतबहादुर श्रेष्ठलाई तीन वर्षका लागि पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

संस्थाका उपाध्यक्षमा गौरीशहरण श्रेष्ठ, सचिवमा हरिओम श्रेष्ठ, कोषाध्यक्षमा राकेश श्रेष्ठ तथा सदस्यमा अष्टकुमार कवें, दीपेन्द्र वज्राचार्य, कपिल खड्का, सुरोजविक्रम शङ्खदेव र श्यामलक्ष्मी श्रेष्ठ रहनुभएको छ ।

प्रारम्भिक चरणमा रु ४१ हजार सेयरपुँजीबाट सुरु भएको संस्थामा हाल रु ८५ लाख ८३ हजार १०० सेयरपुँजी र रु दुई करोड ९२ लाख ५३ हजार ४५७ निक्षेप सङ्कलन गरिएकामा विभिन्न शीर्षकमा रु तीन करोड ५५ लाख ३६ हजार ऋण लगानी गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

सेयर सदस्यको व्यक्तिगत दुर्घटना बिमासमेत गरिएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले सदस्यलाई लक्ष्य गरी स्वास्थ्य शिविर, स्वास्थ्यसम्बन्धी अभिमुखीकरण, रक्तदान र आयमूलक तालिम कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । संस्थामा महिला सदस्य ३३६, पुरुष ३६१ र संस्थागत चार सदस्य छन् । गत वर्षको तुलनामा यस वर्ष सेयरपुँजीमा १६ दशमलव ६५ प्रतिशत, निक्षेपमा ५४ दशमलव २८ र ऋण लगानीमा ४१ दशमलब ६८ प्रतिशतले वृद्धि भएको छ ।

अभिलेख

लोकप्रिय